विराटनगरका रोहितलाई गोली हानी हत्यामा संलग्न पाँचै जना प्रहरी फन्दामा, पेस्तोल बेच्नेसहित थप तीन जना पक्राउ

 न्यूज विराट
विराटनगरका रोहितलाई गोली हानी हत्यामा संलग्न पाँचै जना प्रहरी फन्दामा, पेस्तोल बेच्नेसहित थप तीन जना पक्राउ

विराटनगर ।  विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।

रोहितको हत्या गर्न पेस्तोल उपलब्ध गराउने अवैध हतियार कारोबारी र खुकुरी देखाएर लुटपाट गर्ने थप तीन जना पक्राउ परेका हुन् ।

प्रहरीले विराटनगर १५ का ४१ वर्षीय अजय कुमार शर्मा, भद्रपुर नगरपालिका १ घर भई धरान उपमहानगरपालिका ८ मा बस्दै आएका प्रकाश लिम्बु र धरानका ३१ वर्षीय सुजन तामाङलाई शुक्रवार पक्राउ गरेको सङ्घीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले जानकारी दिए । पक्राउ परेका मध्ये अजय अवैध हतियार कारोबारी रहेको एसपी दाहालले बताए ।
अजयले पेस्तोल ४० हजारमा लुटपाट गर्ने समूहलाई बिक्री गरेको खुलेको छ । प्रकाश र सुजनले रोहितसँग गएका किशोरीलाई  खुकुरी देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । 

साउन ५ गते बेलुका ५ः१५ बजेतिर इटहरी उपमहानगरपालिका २० सेउती पुल नजिकको जङ्गलमा रोहित चौधरी र उनीसँगै रहेकी युवतीलाई लुटपाट गरेका थिए । लुटपाट गर्ने क्रममा रोहितले प्रतिकार गरेपछि लुटेरा समूहले उनलाई गोली हानेका थिए । घाइते भएका रोहितको सोही दिन बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

प्रहरीले रोहितको हत्या भएको १२ दिनेपछि गिरोहका मुख्य नाइके दिपकसहित तीन जनालाई पक्राउ गरी बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । यसअघि प्रहरीले लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीय दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेको दुई दिनपछि थप तीन जना पक्राउ परेको हो । यस घटनामा पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको छ । यो घटना अनुसन्धान तथा प्रतिवाधि पक्राउका लागि कोशी प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त टोली परिचालन गरिएको छ ।

सम्बन्धित समाचार

लुम्बिनीमा प्रदेश सभा सदस्यहरु बन्धक

काठमाडौं, साउन २६ । अरुलाई लोकतन्त्र र संसदीय व्यवस्थाको पाठ सिकाउने नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा सांसद् पदकै उपहास गरेको छ । माओवादी, जसपा र जनमोर्चासँग मिलेर कांग्रेसले आफ्नै सांसद्लाई रिसोर्टमा बन्धक बनाएर राखेको छ । शंकर...

जुवाखालबाट ६ लाख रुपैयाँसहित कांग्रेस जिल्ला सभापति पक्राउ

काठमाडौं । बौद्धस्थित एक जुवाखालबाट दोलखाका कांग्रेस जिल्ला सभापति वर्मा लामासहितका जुवाडे पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा बिहीबार राति जुवाघरमा छापा मार्दा कांग्रेस नेता समातिएका हुन्। जुवाखालबाट ६ लाख रुपैयाँ पनि बरामद...

धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २ भदौ-काभ्रेको धुलिखेल अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाका अनुसार धुलिखेलका ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि...

आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १३ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीमा देखिएका विवाद समाधानका लागि आज पनि स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपामा देखिएको आन्तरिक...

सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित युवक २५ दिनमा कोरोनालाई जितेर घर फर्किए

सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित धनढीका ३४ वर्षीय अमृत शाही सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन् । धनगढी उप–महानगरपालिका-५ का शाहीकोको लगातार २ पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले मंगलबार डिस्चार्ज गरेको छ। उनी २५...

सरकारद्वारा विज्ञापन बोर्ड गठन, पाँच सदस्य नियुक्त

काठमाडौं, १५ मंसिर-नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार...

समान पहुँचका लागि अनुसन्धान आवश्यक : मन्त्री ढकाल

काठमाडौं, २२ असार-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैटाैँ...

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्