मोरङमा ‘लापसे’ अभियान तिव्र , लापसे गरेर सवारी चलाउने ९ जना पक्राउ

 न्यूज विराट
मोरङमा ‘लापसे’ अभियान तिव्र , लापसे गरेर सवारी चलाउने ९ जना पक्राउ

विराटनगर । सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान तिव्र रुपमा अगाडी बढाएको छ । अभियानको क्रममा लापेसे गरी सवारी साधान चलाउने ९ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ, ईलाका प्रहरी कार्यलय रानी र लागु औषध व्युरोको टोलीले शुक्रबार लापसे चेकजाँचको क्रममा ९ जनालाई नियन्त्रणमा लिएको हो ।

लागुऔषध ओसारपसार तथा नियन्त्रणको लागी प्रहरीले चालेको अभियान अन्तर्गत विराटनगर १६ स्थित दक्षिणगेटमा सवारी साधन चलाउनेहरुलाई चेकजाँच गर्ने क्रममा ९ जनाको लापसे पोजेटिभ देखा परेपछि नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिल कुमार श्रेष्ठले जानकारी दिए । यसरी परीक्षणको क्रममा लापेश गरेर सवारी साधन चलाएको पत्ता लगेपछि कारवाहीको दायरामा उने उनले बताए । शुक्रबार मापसे सेवन गरेर सवारी चलाउन ९ जनालाई ईलाका प्रहरी कार्यालय रानीमा पठाईएको छ । यस अघि रानी नाकामा मोरङ प्रहरीले लागुपदार्थ सेवन नियन्त्रण अभियान सञ्चालन गर्दै आएको इप्रका रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।


ट्राफिक प्रहरीले लामो समयदेखि मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई निरन्तरता दिँदै आएको छ । ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे÷नगरेको पत्ता लाग्छ । ट्राफिक प्रमुख श्रेष्ठले मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको बताए । तर मापसे छाडेर सवारीका चालक तथा सहचालक लापसेतिर लागेको सूचना आएपछि चेकजाँच अभियान सुरु गरिएको उनको भनाइ छ ।
‘चालकले लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको सूचना र गुनासा आइरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय दुर्घटना वृद्धि हुँदै जानुका कारण एउटा यो पनि हुनसक्छ ।’

उनका अनुसार लागूऔषधको सेवनका कारण दुर्घटना बढ्नुका साथै समाजमा विभिन्न प्रकृतिका अपराध पनि बढेको पाइन्छ । एक प्रकारको विशेष किटको प्रयोग गरेर लागूऔषध सेवन सम्बन्धी चेकजाँच गर्ने गरिएको उनले बताए । यातायात क्षेत्रलाई लागूऔषधमुक्त बनाएर सुधार गर्दै लागू पदार्थ सेवनलाई निरुत्साहित गराउने उदेश्य रहेको जानकारी श्रेष्ठले दिए । चेकजाँचलाई तीव्र पार्दै विस्तार गरेर लगिने उनको भनाइ छ ।

किटमा मानिसको पिसाब मिसाएर चेकजाँच गर्दा लागूऔषध सेवन गरे÷नगरेको पत्ता लाग्ने प्रहरीले जनाएको छ । उनका अनुसार मानिसको पिसाबलाई किटमा मिसाएपछि रातो धर्का देखिन्छ । ‘एउटा मात्रै धर्का देखियो भने लागूऔषध सेवन गरेको यकिन हुन्छ । अर्थात रिपोर्ट पोजिटिभ आयो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘दुईवटा राता धर्का देखियो भने लागूऔषध सेवन गरेको छैन भन्ने प्रष्ट हुन्छ । त्यस्तो रिपोर्ट नेगेटिभ हो ।’

लापसे अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख श्रेष्ठ, इप्रका रानीका प्रमुख प्रहरी निरिक्षक प्रकाश रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायव निरिक्षक सुन्दर श्याम पोखरेल र विराटनगर भन्सार कार्यालय ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरिक्षक प्रेम साहले लापसे सेवन कर्तालाई लापसे सेवन गर्दा फाइदा र बेफाइदाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । त्यसैगरी शुक्रबार नै लापसे सेवन गरेका ५० भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएर प्रशिक्षण पश्चात छोडेको थियो ।

सम्बन्धित समाचार

कोरोना नियन्त्रणका काममा भ्रष्टाचार भएको कांग्रेस सांसदको आरोप

विराटनगर, जेठ १८–प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसले कोरोना संक्रमण नियन्त्रणको काममा भ्रष्टाचार भएको आरोप लगाउँदै छानबिनको माग गरेको छ । आज प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका तर्फबाट संसदको विशेष सममा बोल्दै प्रमुख सचेतक केदार कार्कीले कोरोना...

२४ घण्टामा १३५१ संक्रमित थपिए, ७४२ डिस्चार्ज

काठमाडौं, १२ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

लकडाउन उल्लंघन गरेकाे आरोपमा ज्ञानेन्द्र शाही पक्राउ

आफूलाई सामाजिक अभियान्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) पक्राउ परेका छन् ।लकडाउन उल्लंघन तथा अभद्र व्यवहारसम्बन्धी आरोपमा ललितपुर प्रहरीले शाहीलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरेकाे हाे ।  उनीमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा पेस...

विराटनगरको जनरल हस्पिटलमा आँखाको उपचार सुरू

विराटनगर । विराटनगर १३ मलायरोडमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा आँखाको सम्पूर्ण उपचार गर्ने आँखा विभाग संचालनमा आएको छ । १५ शैय्याको यो हस्पिटलमा आइतबारदेखि आँखाको सम्पूर्ण उपचार सेवा सुरु हुने भएको...

प्रदेश १ः आज पनि माओवादी केन्द्रद्वारा संसद अवरुद्ध

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले आइतबार पनि प्रदेश १ संसद् बैठक पनि अवरुद्ध पारेको छ । विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले माओवादी...

सप्तरङ्गी टीका लगाएर भाइटीका मनाइँदै

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल...

जीपी कोइराला फाउण्डेशनमा ई–लाइब्रेरी

विराटनगर, चैत ७–विराटनगरस्थित जीपी कोइराला फाउण्डेशनमा ई–लाइब्रेरी स्थापना गरिएको छ । गिरिजाप्रसाद कोइरालाको १० औं स्मृतिको दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा फाउण्डेशनकी केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले इलाइब्रेरीको उद्घाटन गरिन् । लाइब्रेरीमा शिक्षा, स्वास्थ्य,...

देवानगञ्ज गाउँपालिकामा स्यालको आतंक

सुनसरी, १२ असोज । सुनसरीको देवानगंज गाउँपालिकामा स्यालको आतंक बढेको छ । पछिल्लो समय स्यालको आक्रमणबाट दर्जनौँ व्यक्ति र घर पालुवा जनावर घाइते भएका छन् । पालिकाका विभिन्न स्थानमा एकासी स्यालले खेतमा काम गरिरहेका किसान,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्