बहुमतसहित मुख्यमन्त्रीको दावी पेश गर्न कोशी प्रदेशका सभामुखले राजिनामा दिने तयारी

 न्यूज विराट
बहुमतसहित मुख्यमन्त्रीको दावी पेश गर्न कोशी प्रदेशका सभामुखले राजिनामा दिने तयारी

विराटनग । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि बहुमत पु¥याउनको लागि सभामुख बाबुराम गौतमको राजीनामा दिने भएका छन् । राप्रपाले आफू तत्काल कुनैपनि सरकार गठनमा सहभागी नहुने जवाफ दिएपछि गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकारको दावी गर्ने भएको हो ।

सभामुखको हस्ताक्षरसहित गणना गरेर यसअघि मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाको नियुक्ति बदर गर्दै सर्वोच्च अदालतले नयाँ सरकार बनाउन गठबन्धनले सभामुखलाई राजीनामा गराउन लागेको हो ।

सभामुखले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयमै आज मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी भइरहेको छ । गठबन्धनले भने प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको आज साउन १६ गते बेलुका ५ः०० बजेसम्मको समयमा बहुमतसहित सरकार गठनको दाबी प्रस्तुत गर्ने तयारी गरेको छ ।

राप्रपाले सहयोग गर्न नमानेपछि गठबन्धनमा सभामुखलाई राजीनामा गराउने सहमति भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कोशी प्रदेशका नेताहरूको बैठकमा राप्रपाले नमाने सभामुखलाई राजीनामा गराउने सहमति बनेको थियो ।

यहाँ कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद हुन्छन् । त्यसैले सभामुखलाई राजीनामा गराएर मात्रै सरकार गठनको लागि आवश्यक ४७ सांसद पुग्छ । यहाँ विपक्षी एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद् छन् ।

सम्बन्धित समाचार

आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

काठमाडौं, ९ असार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातबाट लागू हुनेगरी निगमले पेट्रोल र डिजेल/मटितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को बिक्री मूल्यमा २ रुपैयाँ बढाएको हो । निगमले मूल्य बढाएसँगै पेट्रोलको खुद्रा बिक्रीमूल्य...

देशभर १६७४ संक्रमित थपिए, २३२३ जना डिस्चार्ज

काठमाडौं, ६ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा  ८ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा...

‘कैची’ प्रहार गरेर मोरङ कटहरीका करण यादवको हत्या, चार जना पक्राउ

विराटनगर । मोरङ कटहरी गाउँपालिका – १ जमटोकी घर भएका २२ वर्षीय करण कामत हत्या भएको छ । चार जना युवाले कैची प्रहार गरेर उनको सोमबार राती हत्या गरेका हुन् । हत्या आरोपमा विराटनगर–११ घर...

कोशी प्रदेशका मन्त्री मेन्याङ्बोमाथि दुर्व्यवहार

विराटनगर । कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थमन्त्री तिलककुमार मेन्याङ्बोलाई पहिचान पक्षधरले बिहीबार कालो झन्डा देखाएका छन् । जिल्ला अस्पताल खोटाङको निरीक्षण तथा अनुगमन गरेर फर्कने क्रममा दिक्तेलको हस्पिटल चौकमा कालो झन्डा देखाएका हुन्...

करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर, २४ माघ । ताप्लेजुङको फुङलिङ नगरपालिका-५ मा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-४ का ४८ बर्षिय सुर्य प्रकाश लिम्बुको मृत्यु भएको छ । आज बिहान साँढे ११ बजेको समयमा उक्त स्थानमा रहेको...

तेस्रो मिल्स टि– २० क्रिकेट : अभिषेकको सतकले वाइआरसीसी सेमिमा

विराटनगर । अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै सतक कटाएपछि विराटनगरको वाइआरसिसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज विहान भएको पहिलो खेलमा अभिषेकले ६२ बलमा...

वीरगञ्जमा २ चिकित्सकसहित ४४ जनामा कोरोना संक्रमण

वीरगञ्ज, साउन १६-वीरगञ्जमा २ चिकित्सकसहित थप ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।नारायणी अस्पतालको प्रयोगशालामा गएराति परीक्षण गर्दा २ जना चिकित्सकसहित थप ४४ जनामा कोरोना पोजिटिभ देखिएको हो । नारायणी अस्पततालका प्रमुख मेडिकल...

मधेस प्रदेशको खुसीयालीमा आज सार्वजनिक बिदा

जनकपुर, ३ माघ । मधेस प्रदेशमा आज (मंगलबार) सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्