अर्बौंको भुक्तानी रोकिएको भन्दै मोरङका निर्माण व्यवसायी आन्दोलित (भिडिओ)

 न्यूज विराट
अर्बौंको भुक्तानी रोकिएको भन्दै मोरङका निर्माण व्यवसायी आन्दोलित (भिडिओ)

विराटनगर । असार मसान्त भइसक्दा पनि निर्माण व्यवसायीहरूको अर्बौ भुक्तानी रोकिएको भन्दै मोरङका निमार्ण व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

नेपाल सरकारबाट म्याद थपको विषयमा भएको त्रुटीपूर्ण आदेशको विरोध गर्दै निमार्ण सम्पन्न भएको आयोजनाको भुक्तानी राज्यले दिनुपर्ने माग राख्दै आइतबार जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी निर्माण व्यवसायी संघ मोरङले एक घण्टा धर्ना दिएका हुन्।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै निमार्ण व्यवसायी संघ मोरङका अध्यक्ष महेश मिश्रले राज्यको गैरजिम्मेवारपनका कारण निमार्ण व्यवसायी बाध्य भएर आन्दोलन गर्नु परेको बताए। ‘म्याद थप, भुक्तानीका बारेमा महासंघले गत फागुन देखिनै सरकारका सबै सम्बन्धित निकायको पटक पटक ध्यानकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको हो,’ अध्यक्ष मिश्रले भने ।

भुक्तानी अभावका कारण हजारौं व्यवसायीहरू पेशाबाट पलायन भई उनीहरूमा आश्रित लाखौं श्रमीक तथा मजदुरको रोजीरोटी खोसिदा पनि राज्य मूकदर्शक बन्नु गैरजिम्मेवारीको पराकाष्ठ भएको अध्यक्ष मिश्रले बताए ।

बजेट बेगरका आयोजनाहरू हचुवाका भरमा घोषणा गरी पर्याप्त बजेट नछ्ट्याई राज्यबाट नै निर्माण परियोजना लथालिंग बनाउने काम भएको भन्दै उनले २०८० असार २१ मा प्रकाशित म्याद थपको अमूर्त सूचना व्यवसायीहरूका लागि मान्य नभएको बताए।

विगत एक वर्षमा वर्षा, चाडवाड, क्रसर बन्द, महङ्गी, निर्वाचन, भुक्तानी अभाव लगायतका कारणले काम हुन नसकेको स्पष्ट कारण भएकाले सबै आयोजनाहरूको एकमुष्ट २०८१ असार मसान्तसम्म म्याद थप हुनुपर्ने महासंघको माग रहेको छ।

धर्ना कार्यक्रमका निमार्ण व्यवसायीहरुले व्यवसायीको मागलाई राज्यले कहिल्यै पनि गम्भीर रुपमा नलिएको भन्दै अब निर्णायक आन्दोलन गर्नुपर्ने चेतवनी दिएका छन् । निमार्ण व्यवसायीहरुको माग पुरा नभए दोस्रो चरणको सशक्क्त आन्दोलनमा उत्रिन बाध्य हुने उनीहरुको भनाई छ ।

सम्बन्धित समाचार

विराटनगरको विकासका लागि एडीवीद्वारा तेस्रो चरणको काम सुरु

विराटनगर । विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीवी)ले तेस्रो चरणको कार्य सुरु गरेको छ ।एडीवीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसित भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको छ ।...

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच फोनवार्ता

काठमाडौं, १६ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सि जिनपिङबीच टेलिफोन वार्ता भएको छ ।परराष्ट्र मन्त्रालयका अनुसार टेलिफोन वार्तामा दुई नेताबीच हाल विश्वमा कायम रहेको कोरोना भाइरको संक्रमण त्यसले विश्वभर पारेको असरका बारेमा कुरा भएको...

लकडाउनकैबीच पूर्वगुप्तचर कधिमी बने इराकका नयाँ प्रधानमन्त्री

एजेन्सी, बैशाख २७-आर्थिक संकट र कोरोना भाइरसको संक्रमणसँग जुझिरहेको इराकको संसदले एक महिनासम्म चलेको तानातानपछि नयाँ सरकारलाई आफ्नो समर्थन दिएको छ । गत बुधबार भएको मतदानपछि पूर्व गुप्तचर अधिकारी मुस्तफा अल कधिमीले नयाँ प्रधानमन्त्री पदको...

चुनावलगत्तै सक्रिय राजनीतिबाट बिदा लिने गुरुराज घिमिरेकाे घाेषणा

काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने भएका छन् । सामाजिक सञ्जालमार्फत उनले सक्रिय राजनीतिक जीवनबाट बिदा लिने बताएका हुन् । उनले स्थानीय चुनावलगत्तै यसबारे निर्णय लिने जानकारी दिँदै...

कोरोनाबाट उपत्यकाका ८ सहित देशभर १५ जनाको मृत्यु

काठमाडौं, २९ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप १५ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा पाँच महिला र १० पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

अज्ञात रोगबाट मृत्यु भएका महोत्तरीका १२ जनामा देखिएन कोरोना संक्रमण

महोत्तरी, २३ वैशाख-महोत्तरीको बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । ११ वैशाखदेखि आइतबारसम्म बर्दिवास-१२ र भङ्गाहा-६ र ७ मा मृत्यु भएका १२ मध्ये ३ जनाको कोभिड–१९ जाँच...

एमसीसी मुख्यालयको बटमलाइन : सम्झौतामा संशोधन अस्वीकार्य, फागुन १६ भित्र अनुमोदन

काठमाडौं, माघ २६ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १६ गते (फेब्रुअरी २८) भित्र नै एमसीसी कम्प्याक्ट अनुमोदन हुनुपर्ने बटमलाइन दिएको छ । एमसीसीले संझौता संसोधन कुनै पनि हालतमा नहुने र सो...

प्रदेश १ मा पौडेल–कोइराला समुहबाट गुरुराज घिमिरे सभापति पदका उम्मेदवार

विराटनगर, १६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् । कांग्रेसको संस्थापन इतर समूहले घिमिरेलाई प्रदेश सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्