एसईइ रनिङ शिल्ड प्रतियोगिता, उपाधिको लागि बरहा राईजिङ र सत्यनारायण मावि भिड्दै

 न्यूज विराट
एसईइ रनिङ शिल्ड प्रतियोगिता, उपाधिको लागि बरहा राईजिङ र सत्यनारायण मावि भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण मावि फाइनलमा पुगेको छ ।

विराटनगरमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीको सहिद स्मृति माविलाई ३–१ गोलले पराजित गर्दै बराहा राईजिङले फाइनलमा पुगेको हो ।

जितको लागि बरहाका रोहन राईले २ गोल र आयुश रुचाल मगरले १ गोल गरेका थिए । सान्तवना गोल सहिद स्मृति स्कलका सुशील राईले फर्काए । म्यान अफ द म्याच बराहा राईजिङका रोहन राई घोषित भए ।
सोही दिन भएको दोस्रो सेमीफाइनल खेलमा मोरङको बुढीगंगाकामा रहेको जेभियर्स स्कुललाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै सत्यनारायण मावि फाइनलमा पुगेको हो । निर्धारितसम्म १–१ गोलको बराबरी भएपछि जितको निर्णायक टाइब्रेकरबाट भएको हो । म्यान अफ द म्याच सत्यनारायण माविका हेमन्त राजबंशी घोषित भए ।

उपाधिको लागि शनिबार दिउँसो १ बजे सत्यनारयण र बरहा राइजिङ्ग प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित समाचार

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

विराटनगर, ३ असोज–विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृति भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार विरतण गरेको हो । पुरस्कार कान्तिपुर दैनिक प्रदेश १...

स्वर्गीय कृष्ण देवानको स्मृतीमा छात्रवृत्ती स्थापना

विराटनगर । विराटनगर – ९ मा रहेको इडेनवर्ग कलेजले विराटनगरका सक्रिय पत्रकार प्रेम देवानका स्वर्गीय बुवा कृष्ण देवानको नाममा जहेन्दार विद्यार्थीलाई छात्रवृद्धी प्रदान गर्ने भएको छ । प्रत्येक वर्ष स्वर्गीय कृष्ण देवानको स्मृतीमा इडेनवर्ग कलेजले...

संभावित १८ रोग थाहा पाउने ल्याब परीक्षण सेवा सुरू, ४० दिन भित्रमा रिपोर्ट दिने

विराटनगर । झापाको ओम साई पाथीभरा हस्पिटलले जीनोम परीक्षण सेवा सुरु गरेको छ । कोशी प्रदेशको झापा, सुनसरी र विराटनगरका प्रमुख शहरहरुबाट डीएनए संरचनाको परीक्षण गर्ने सेवा सुरु गरिएको हो । भारतको डेल्टाज्सँगको सहकार्यमा यो...

बक्राहा नदीले बगाएर महिलाको मृत्यु

विराटनगर, असार १२–मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको बक्राहा नदीले बगाएर मृत्यु भएको छ । बिहिवार अपरान्ह बक्राहा नदी नजिकै चौपाया चराईरहेकी शाह अचानक नदीले बताएर वेपत्ता भएकी थिइन् । नदीले बगाएर...

आज १९१३ संक्रमित थपिए, २३४९ जना डिस्चार्ज

काठमाडौं, २७ कात्तिक-गत २४ घन्टामा नेपालमा १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको कुल संख्या २ लाख ४२ सय ४२ पुगेको छ । त्यस्तै, बिहीबार २ हजार ३...

झापामा तीन जना मृत फेला प्रकरण: विदेश पठाउने भन्दै उठाएको पैसा फिर्ता गर्न नसक्दा सामूहिक आत्महत्या

विराटनगर, ७ भदौ । झापामा एकै परिवारका तीन जना मृत फेला परेकाको मुचुल्का प्रहरीले अझै उठाउन सकेको छैन । सोमबार बिहान कनकाई नगरपालिका–१ सिर्जना टोलमा आठ महिने बालिकासहित एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला...

जिल्ला प्रशासनले बाँडेका सबै सवारी पास खारेज

काठमाडौं, १ वैशाख-देशभर कोरोना भाइरस संक्रमित बढेपछि सरकारले सवारी पासमा पनि कडाइ गरेको छ । गृह मन्त्रालयले ७७ जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको सवारी पास खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले...

मुलुकको ढुकुटीमा माओवादीको ब्रम्हलुट : युद्ध पर्यटन भन्दै कार्यकर्ता पोस्‍न सिध्याइयो ५० करोड

माओवादी केन्द्रको अगुवाइमा रोल्पाकेन्द्रित ‘युद्ध पर्यटन’को फूर्को जोडिएका कार्यक्रमहरुमा राज्यकोषबाट झण्डै रु. ५० करोड– मूलतः कार्यकर्ता पोस्नमा खर्च गरिएको छ। तिनै मृतक र बेपत्ताहरूको सम्मानमा र द्वन्द्वकालीन सामरिक क्षेत्रको संरक्षण गरी ‘युद्ध पर्यटन’को विकास गर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्