
अब फेरी त्यो असार १५ कहिले आउँछ होला ?
आमा– ए नानी हो आज स्कुलवाट न अल्मलिकन सरासर घर आउनु । हामि– किन ? आमा– असार १५ आयो, थापा दाईलाई ढिकि कुट्ने वन्दोवस्त गरेकी छु । चिउरा भिजाउनु पर्छ, खोलेको भाँडो माझेर पानि तताउनु...
विराटनगर । लामो समयसम्म मोरङको कटहरी गाउँपलिका १ स्थित तरकारी तथा फलफूलको थोक तथा खुद्रा बजार सञ्चालन गर्न नसकेर प्रयोगविहीन भएको संरचनामा कटहरी गाउँपालिकाले साप्ताहिक हटिया लगाउने बाटो उच्च अदालत विराटनगरले खुल्ला गरिदिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने र मिलन कुमार राईको संयुक्त इजालशले विपक्षीलाई अन्तरीम आदेश दिन अस्विकार गर्दै गाउँपालिको पक्षमा नियम अनुसार काम कारवाही अगाडी बढाउन आदेश गरेको हो ।
कटहरी गाउँपालिकाले उक्त संरचनामा बुध हटिया लगाउने निर्णय गरेको थियो । तर, विवादको कारणले रोकिएको थियो । त्यसपछि विराटनगर ९ की ६३ वर्षीया रीता कोइरालाले निजी जग्गा मिचेर हटिया लगाएको भन्दै कटहरी गाउँपालिका, प्रमुख देवराज चौधरी, कटहरी १ का वडाअध्यक्ष हरीराज राजवंशीलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएको थियो । अदालतले निवेदकको पक्षमा अन्तरीम आदेश दिन अस्वीकार गरेसँगै कटहरी गाउँपालिकालाई हटिया लगाउने बाटो खुलेको हो ।
‘स्थानी सरकार संचालन ऐन २०७४ को दफा ११(२) ले गाउँपालिकालाई बजार तथा हाट बजार व्यवस्थापन गर्ने अधिकार प्रदान गरेको देखिंदा विपक्षी कटहरी गाउँपालिकाको कार्यालयले निवेदकको दाबीको जग्गामा व्यवस्थापन भई आएको हाट बजार अन्यत्र सारी सोलाई व्यवस्थित गर्ने र प्रभावकारी बनाउने सम्बन्धमा गर्ने कार्यबाट निवेदकको आफ्नो जग्गा उपभोग गर्न पाउने अधिकारमा असर पर्ने स्थिति नदेखिंदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता देखिएन । कानुन बमोजिम गर्नु,’ आदेशमा उल्लेख छ ।
चार वर्ष अघि २०७६ चैत्र ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरस्थित कटहरी फलफूल तथा तरकारी थोक बजारको उद्घाटन गरेका थिए । नेपाल सरकारले १५ करोड रुपैयाँ खर्च गरेर तरकारी तथा फलफूलको थोक तथा खुद्रा बजार बनाएको थियो । चार वर्ष बितिसक्दा पनि बजार प्रयोगमा नआएपछि कटहरी गाउँपालिकाले हटिया संचालनमा ल्याउने तयारी गरेको हो ।
आमा– ए नानी हो आज स्कुलवाट न अल्मलिकन सरासर घर आउनु । हामि– किन ? आमा– असार १५ आयो, थापा दाईलाई ढिकि कुट्ने वन्दोवस्त गरेकी छु । चिउरा भिजाउनु पर्छ, खोलेको भाँडो माझेर पानि तताउनु...
विराटनगर । बेलबारी गोल्डकप फुटबल प्रतियोगितमको छैटौँ संस्करण आज आइतबारदेखि सुरु हुने भएको छ । मोरङको लक्ष्मीमार्ग खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र भोजपुर जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुने भएको...
काठमाडौं, १७ कात्तिक-नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही...
विराटनगर । विराटनगरस्थित सेन्टर मलले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर महा उत्सव योजना अन्तर्गत छुट योजना लिएर आएको छ । ‘अब जानु पर्देन पारी, जव विराटनगरमै छ छुट भारी’ नारा लिएर सेन्टर मलले...
काठमाडौं, १२ वैशाख-सरकारले विवादित दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।वैशाख ८ गते जारी गरेको दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेको हो । सरकारले...
विराटनगर, १० भदौ–झापाको झापा गाँउपालिका–३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लारेर एक जनाको मृत्यु भएको छ । सुरक्षाकर्मी माथि स्थानीय आक्रमणमा उत्रिएपछि प्रतिरक्षाका लागि शसस्त्र प्रहरीले चलाएको गोलि लागेर स्थानीय ३८ वर्षिय रमिकुल आलमको मृत्यु भएको...
विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. मा चित्रकला तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । स्कुल परिसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।विद्यालयको वार्षिक गतिविधिका तस्विरहरु तथा कक्षा नर्सरीदेखि कक्षा नौसम्मका...
गृहमन्त्री रामबहादुर थापा बादलले जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्दै सृजनात्मक ढंगले कामकारबाही अघि बढाउन नवनियुक्त डिआइजीहरूलाई निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा राज्यले विश्वास गरेर बढुवा र जिम्मेवारी प्रदान गरेको स्मरण गराउँदै इमान्दारीपूर्वक कर्तव्य...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.