कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

 न्यूज विराट
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो ।

२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

तर नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए ।

सर्वोच्चले सरकार गठन हुनुपर्ने कारण देखाएर सभामुखले कसैलाई समर्गन गर्न नमिल्ने बताएको छ । सभामुखको त्यस प्रकारको अधिकार नरहेको भन्दै सर्वोच्चले सभामुखको समर्थन संविधानसम्मत नभएको उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

कतारले क्वारेन्टाइन र आइसोलेसनमा रहेका श्रमिकको पूरा तलब दिने

कतारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि क्वारेण्टाइनमा बस्नु परेका तथा आइसोलेसनमा राखिएका श्रमिकले पूरा तलव पाउने स्पष्ट गरेको छ । मन्त्रालयका सहायक उपसचिव मोहम्मद हसन अल ओर्वाइद्लीले कम्पनीहरूले श्रमिकको पूर्ण खर्च व्यवहोर्ने बताएका हुन् ।...

काठमाडौं उपत्यकामा आज ३४८ कोरोना संक्रमण

आइतबार काठमाडौं उपत्यकामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ५८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो । आज देशभर...

बाँतर समुदायले मनाए माघे संक्रान्ति

विराटनगर । मोरङको कटहरी गाउँपालिका–५ मा रहेकाबाँतर समुदायहरुले माघे संक्रान्ति पर्व मनाएका छन् । आफ्ना धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरी सोमबार माघेसंक्रान्ति पर्व मनाएका हुन् । माघेसंक्रान्तिका दिनबाँतर समुदायहरुले आफ्नो कुल...

प्रविधिविनाको ज्ञान उपयोग हुन सक्दैन : मन्त्री घिमिरे

विराटनगर, बैशाख १७–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । प्रविधि विनाको ज्ञान उपयोग हुन नसक्ने भएकाले यसको प्रयोगमा उनले जोड दिएका हुन् । सामाजिक विकास मन्त्रालयद्धारा सञ्चालित...

विराटनगरमा परिक्षा स्थगित

विराटनगर, १२ असोज–कोरोना भाइरसको संक्रमण बढिरहेको बेला विराटनगरमा असोज २५ गतेबाट सञ्चालन गर्ने तय भएको कक्षा ११ को परीक्षा स्थगित भएको छ । सरकारले विद्यालय तत्काल नखोल्न दिएको निर्देशन अवज्ञा गर्दै विराटनगर महानगरपालिकाले निजी विद्यालय...

नेपाली कांग्रेस मोरङको सभापतिमा लिम्बु विजयी

विराटनगर, १५ मंसिर । नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी भएका छन् । १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार राति सम्पन्न निर्वाचनमा लिम्बु बिजयी भएका हुन् । पौडेल–कोइराला समुहमा रहेका उनले देउवा–सिटौला समुहका दिलिप गच्छदारलाई...

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, १७ साउन-नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । हाल कच्चा तलेको मूल्य, डलरको विनिमय दर तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्य वृद्धि भएकाले पेट्रोल, डिजेल र मटितेलको मूल्य समायोजन गरेको निगमले...

बस्नेत, श्रेष्ठ र सर्वेन्द्र खनाल विरुद्धको मुद्दा तामेलीमा

काठमाडौं, जेठ ४-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल विरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरी प्रतिवेदनका आधारमा तामेलीमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्