कोशी सरकार गठन विरुद्धको रिटमा सुनुवाई  सकियो, रिट ‘हेर्दाहेर्दै’मा

 न्यूज विराट
कोशी सरकार गठन विरुद्धको रिटमा सुनुवाई  सकियो, रिट ‘हेर्दाहेर्दै’मा

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्तीका विषयमा सर्वाेच्चमा परेको रिटको  सुनुवाइ सकिएको छ । बुधबार  बहस  सकिएको हो । मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । 

दुवै पक्षको सुनुवाइ सकेपछि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखेको हो ।

लिखित जवाफ आइसकेको र मुद्दाको अंग पनि पुगेकाले सर्वोच्च अदालतले बिहीबार अन्तिम आदेश आउने सम्भावना छ । 

कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । सोही दाबीका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । असार २१ गते मुख्यमन्त्री नियुक्त  भएपछि असार २२ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुख निष्पक्ष भूमिकामा रहनुपर्ने भएकाले मुख्यमन्त्री नियुक्तिका लागि समर्थन गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 

सम्बन्धित समाचार

रिसोर्टमा युवतीको मृत्यु

डडेल्धुरा, १४ जेठ-डडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुराँस रिसोर्टमा १ युवती मृत भेटिएकी छिन् । प्रहरी जवान पदमा कार्यरत युवकसँगै रिसोर्टमा बास बसेकी उनको शंकास्पद मृत्यु भएपछि आफन्तले उनको हत्या भएको बताएका छन् । डडेल्धुराको...

जो जहाँ छौँ, त्यहिँ बसौँ : मन्त्री ढकाल

विदेशबाट आएका र संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न र सरकारले तोके भन्दा फरक काम गर्न आग्रह गरेको छ । बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भूल बस त्यस्ता काममा संलग्न रहेका व्यक्तिलाई जतिसक्दो छिटो सम्पर्कमा आउन...

प्रदेश–१ मा ६ सय ७० जनाको परीक्षण रिपोर्ट नेगेटिभ

मोरङ, २ वैशाख-प्रदेश–१ मा कोरोना भाइरसका शंकास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ ।‘थ्रोट स्वाब’ नमुना संकलन गरिएका २३३ जनाको नमुनामध्ये पीसीआर मेसिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने...

थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ७५ पुग्यो

काठमाडौं, १२ जेठ-नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, भेरी...

खाटु निशान यात्रामा सेन्ट्रल मलद्वारा जुस र पानी बितरण

विराटनगर । खाटु निशान यात्रामा सहभागी श्रदालु तथा भक्तजनहरुलाई विराटनगरमा रहेको सेन्ट्रल मलद्वारा जुस र पानी बितरण गरेको छ । होलि पर्वको अवसर पारेर विराटनगर शनिबार निस्किएको खाटु निशान यात्रामा सहभागी श्रदालु तथा भक्तजनहरुलाई सेन्ट्रल...

नेकपा सचिवालय बैठक फेरि स्थगित

काठमाडौं, २७ जेठ -सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । मंगलबार अपरान्ह ४ बजे बस्ने भनेको सचिवालयको बैठक पुनः स्थगित गरिएको  छ । आज संविधान संशोधनको प्रस्ताव संसदमा पेस हुने...

यातायातमा ६२ करोड भ्रष्टाचार प्रकरण : तत्कालीन प्रमुखसहित पाँच जना गए कारागार

विराटनगर । राजस्व रकम हिनामिनासम्बन्धी मुद्दामा दोषी ठहर भएर कैद सजाय तोकिएका यातायात कार्यालयका पाँचजना पूर्वकर्मचारी पक्राउ परेका छन्।यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालीन प्रमुख नयराज नेपाल र लेखापाल मणिराज दाहालसहित पाँचजनालाई जिल्ला प्रहरी...

महाधिवेशनको मिति सर्दैन :देउवा

काठमाडौं, पुस २४–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनको मिति अघि सार्न नसकिने बताएका छन् ।असन्तुष्ट जिल्ला सभापतिहरुलाई आफ्नै निवासमा सम्बोधन गर्दै सभापति देउवाले महाधिवेशनका लागि तोकिएको २०७७ साल फागुनको मिति सार्न नसकिने स्पष्ट पारेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्