रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन

 न्यूज विराट

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न भएको छ । विराटनगरमा आयोजित भव्य समारोहकाबिच वर्ष २०२३–२४ का पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको हो ।

सो अवसरमा वर्ष २०२२–२३ का पदाधिकारीहरुले वर्ष २०२३–२४ का प्रेसिडेन्ट कुशुम अग्रवाल र सेक्रेटरी संगीता सिंघानियासतिहका पदाधिकारीहरुको पदस्थापन गराएका थिए ।

रोटरी क्लबका डिस्ट्रीक्ट गभर्नर राजेन्द्रप्रसाद ढाजुको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा गेष्ट अफ अनरका रुपमा जोनल कोअर्डीनेटर तथा पास्ट डिस्ट्रीक्ट गभर्नर वासुदेव गोल्यान, एआरसी, पास्ट डिस्ट्रीक्ट गभर्नर संजय गिरी, पास्ट डिस्ट्रीक्ट गभर्नर सन्तोष रिजाल, पास्ट डिस्ट्रीक्ट गभर्नर इलेक्ट राजेन्द्रमान शेरचनको उपस्थिती रहेको थियो ।

सो अवसरमा क्लबकी नवनिर्वाचित अध्यक्ष कुशुम अग्रवालले आफुहरुले यस वर्ष बालबालिको शिक्षा, स्वास्थ्य, वातावरण तथा महिला शसक्तिकरणमा विशेषरुपमा कार्य गर्ने प्रतिवद्धता जनाइन्।

उनले आफ्नो कार्यकालमा स्वास्थ्य परिक्षण, आँखा परिक्षण, मानसिक स्वास्थ्य, बृक्षारोपणलगायतका कार्यहरु गरिने बताइन् । अध्यक्ष अग्रवालले विद्यालयलाई छानेर ‘ह्प्पी स्कुल’ मा परिणत गरिने समेत जानकारी दिइन् ।

पदस्थापन कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिनुका साथै, प्रमुख अतिथी, विशिष्ट अतिथी र अतिथीहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार

ज्योती आधारभूत विद्यालयलाई ‘वाटर स्टेशन’ हस्तान्तरण

विराटनगर, १३ वैशाख । विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयलाई ‘वाटर स्टेशन’ हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निर्माण गरेको ‘वाटर स्टेशन’ विद्यालयलाई हस्तान्तरण गरेको हो । सो विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था...

विराटनगरको एभरेष्ट स्कुलमा अन्तर एभरेष्ट पौडि प्रतियोगिता सुरु

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट स्कुलमा अन्तर एभरेष्ट पौडि प्रतियोगिता सुरु भएको छ । आज प्रतियोगिताको उद्घाटन विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले रिबन काटेर गरे । एभरेष्ट कलेज परिसरमा रहेको स्वीमिङ पुलमा शुरु भएको प्रतियोगिता शनिवार...

मातृ तथा किशोरी शिक्षा सम्बन्धी सचेतना

विराटनगर, ३० असोज । विराटनगरस्थित खार्जीमा मातृ तथा बाल स्वास्थ्य शिक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । आइतबार रोटरी क्लब अफ विराटनगरको आयोजनामा खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा...

दमक–लखनपुर भेट्रान क्लब फाइनलमा

विराटनगर । ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब फाइनलमा पुगेको छ । विराटनगरको रंगशालामा जारी प्रतियोगितामा दमकले विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो...

श्रीकृष्ण गौ सेवा सदनमा म्याट वितरण

बढ्दो जाडोबाट बच्न विराटनगरको श्रीकृष्ण गौ सेवा सदनमा म्याट वितरण गरिएको छ । जतुवास्थित श्रीकृष्ण गौ सेवा सदन जतुवा र पंचाली मन्दिर गौशालामा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ११५ गाईलाई पुग्नेगरी म्याट वितरण गरेको हो...

महानगरस्तरीय तेक्वाण्डो प्रतियोगिता सुरु

विराटनगर / विराटनगर आइटीएफ तेक्वाण्डो डोजाङको आयोजनाको आयोजनामा विराटनगर महानगर स्तरीय प्रथम जुनियर तथा सिनियर तेक्वाण्डो प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । तेक्वाण्डो खेलको विकास...

‘ब्याक टु स्कूल’ अभियान

विराटनगर, ६ असोज । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन ले ‘विद्यालय फर्क’ अभियान सञ्चालन गरेको छ । विभिन्न समस्या र अभिभावकहरुमा जनचेतनाका कारण विद्यालय छाडेका बालबालिकाहरुका लागि क्लबले विद्यालय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्