विराटनगर महानगरपालिका , पदाधिकारीको सुविधा तथा बैठक भत्तामै सकियो २ करोड ६० लाख

 न्यूज विराट
विराटनगर महानगरपालिका , पदाधिकारीको सुविधा तथा बैठक भत्तामै सकियो २ करोड ६० लाख

विराटनगर । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्य अनुसार आम्दानी गर्न नसकेको पाइएको छ । आर्थिक वर्ष २०७९÷०८० मा महानगरको संशोधित बजेट ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँ थियो ।
त्यसको तुलनामा महानगरपालिकाले ९३ करोड ७५ लाख रुपैयाँ कम अर्थात् तीन अर्ब २३ करोड ३४ लाख ३६ हजार ११३ रुपैयाँ मात्रै आम्दानी गर्न सफल भएको हो । उक्त आम्दानी पनि गत वर्षको मौज्दात रकम ५७ करोड ३२ लाख ५८ हजार ४६३ रुपैयाँ जोडेर पुगेको हो ।
महानगरले आर्थिक वर्ष २०७९÷०८० मा भने २ अर्ब ७७ करोड ५१ लाख ३८ हजार ८१३ रुपैयाँ खर्च गरेको छ । उक्त आर्थिक वर्षमा महानगरले नगद मौज्दात बाहेक २ अर्ब ६६ करोड १ लाख ७७ हजार २५० रुपैयाँ मात्रै आम्दानी गरेको छ । महानगरले आम्दानीको तुलनामा ११ करोड ४९ लाख ६१ हजार ५६३ रुपैयाँ बढी खर्च गरेको हो । महानगरले यो बीचमा ३ करोड २९ लाख ४९ हजार २५ रुपैयाँ ऋण पनि लिएको छ । अघिल्लो आर्थिक वर्षको नगद मौज्दातका कारण महानगरलाई खर्चमा अतिरिक्त भार बोक्नु नपरेको हो । १ अर्ब ६४ लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको महानगरले लक्ष्यभन्दा २९ करोड ६९ लाख ३४ हजार ७२० रुपैयाँ कम अर्थात् ७० करोड ९४ लाख ६५ हजार २८० रुपैयाँ मात्रै संकलन गरेको छ ।
भत्ता, सुविधा र कार्यक्रम गोष्ठीमै बजेट झ्वाम
यस्तै महानगरपालिकाले धेरै रकम पदाधिकारी भत्ता, सुविधा, विभिन्न गोष्ठी तथा कार्यक्रम र इन्धन खर्चमा सकेको छ । उसले अन्य भत्ता शीर्षकमा मात्रै २ करोड ९ लाख ४८ हजार ७१४ रुपैयाँ सकेको छ । यस्तै पदाधिकारीको बैठक भत्तामा ७५ लाख ६९ हजार ६९६ रुपैयाँ, पदाधिकारीको अन्य सुविधा शीर्षकमा थप १ करोड ८४ लाख ४७ हजार रुपैयाँ सकेको छ ।
यस्तै पदाधिकारीको इन्धन खर्चमा ११ महिना (जेठसम्म)मा ४७ लाख ३३ हजार १६९ रुपैयाँ सकिएको भएपनि असार एक महिनामै खर्चको रेसियो बढेर थप १२ लाख ६६ हजार सकिएको छ । यसरी हेर्दा पदाधिकारीले १ वर्षमा झण्डै ६० लाख अर्थात् ५९ लाख ९९ हजार १६९ रुपैयाँ इन्धन खर्चमा सकेका छन् ।
यस्तै कार्यालय प्रयोजनका लागि महानगरले इन्धनमा १ करोड ६ लाख ९५ हजार ९२७ रुपैयाँ खर्च गरेको छ । सवारी साधन मर्मतमा ६८ लाख ६९ हजार सकेको महानगरले पुस्तक तथा सामग्रीमा मात्रै १ करोड ५४ लाख ४७ हजार ३०२ रुपैयाँ खर्चिएको छ ।
अन्य कार्यालय संचालन खर्च शीर्षकमा २ करोड ४६ लाख ९४ हजार सकेको महानगरपालिकाले कर्मचारी तालिम, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीमा मात्रै ९५ लाखभन्दा बढी रकम खर्च गरेको छ । असार महिनामा मात्रै कार्यक्रम खर्चमा ५ करोड २८ लाख १९ हजार १४९ रुपैयाँ सकेको महानगरपालिकाले जम्मा १८ करोड ८४ लाख ६६ हजार ५५८ रुपैयाँ कार्यक्रम खर्च गरेको छ । विविध कार्यक्रम खर्च शीर्षकमा महानगरपालिकाले थप ११ करोड ७३ लाख ५७ हजार ६५४ रुपैयाँ खर्च गरेको छ । उक्त शीर्षक अनुसार महानगरले असार महिनामा मात्रै २ करोड ३० लाख ६४ हजार ७०५ रुपैयाँ खर्च गरेको छ ।
यस्तै भ्रमणमा २२ लाख २५ हजार ५२४ रुपैयाँ खर्च गरेको महानगरपालिकाले विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्चमा थप ११ लाख ५९ हजार ३३३ रुपैयाँ र अन्य भ्रमणको नाममा २२ लाख २५ हजार ५२४ रुपैयाँ खर्च गरेको छ ।
आर्थिक वर्ष २०७९÷०८० मा महानगरको संशोधित बजेट ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँ थियो । जसमा पूँजीगत तर्फ २ अर्ब २७ करोड ७८ लाख २८ हजार ९ सय र चालूतर्फ १ अर्ब ८४ करोड ३१ लाख ६९ हजार १ सय रुपैयाँ अनुमान गरिएको थियो । यस्तै वित्तीय खर्चतर्फ ५ करोड अनुमान गरिएको थियो ।
यस्तै आयतर्फ १ अर्ब ६४ लाख रुपैयाँ आन्तरिक राजस्व, बाँडफाँडबाट प्राप्त राजस्व ९५ करोड ५५ लाख ५७ हजार, अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब ३५ करोड २९ लाख ६ हजार, प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण ८ करोड ४० लाख ४६ हजार, अनुदान ३ करोड ५६ लाख र नगर विकास कोषबाट ऋण सापटी वापत ८ करोड ५३ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको थियो ।
महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा ४ अर्ब २५ करोड १४ लाख ६० हजारको बजेट ल्याएको महानगरको यथार्थ आय भने २ अर्ब १८ करोड ३४ लाख मात्रै थियो । यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा संशोधित बजेट ४ अर्ब ७२ करोड ९ लाख ७९ हजार हुने अनुमान गरियो । उक्त वर्ष पनि यथार्थ आय २ अर्ब ५० करोडभन्दा बढी भएन ।
महानगरले आर्थिक वर्ष २०८०÷०८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँका बजेट ल्याएको छ । जसमा चालू खर्चतर्फ १ अर्ब ५१ करोड ८३ लाख, पूँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार तथा वित्तीय व्यवस्थातर्फ ऋणको सावा ब्याज भुक्तानी ५ करोड विनियोजन गरेको छ ।
उक्त खर्च व्यहोर्ने स्रोतमा महानगरपालिकाले संघीय सरकार अन्तरसरकारी वित्तीय हन्तान्तर मार्फत १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारबाट ४ करोड ५१ लाख ६३ हजार, राजश्व बाँडफाँडबाट ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आम्दानीबाट ९९ करोड ५० लाख, जनसहभागिताबाट १० करोड, आन्तरिक ऋणबाट १० करोड र अन्य संघ संस्थाबाट ३ करोड र नगद मौज्दातबाट २ करोड रुपैयाँ हुने अनुमान गरेको छ ।

सम्बन्धित समाचार

फेरी बढ्यो पेट्रोलिम पदार्थको मूल्य, पेट्रोल अब १२५ रुपैयाँ प्रतिलिटर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल/मट्टितेल र हवाई ईन्धन (आन्तरिक उडान) को साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो । मृल्यवृद्धिसँगै काठमाडौंका लागि...

विराटनगर नजिकै नेपाल—भारत सीमाको दशगजा क्षेत्रमा भारतले बनाएको सुरक्षा पोष्ट हटाइयो

विराटनगर, ११ माघ । विराटनगरस्थित दशगजा क्षेत्रमा भारतले सीमा मिचेर बनाएको सुरक्षा पोष्ट हटाइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अन्तराष्ट्रिय नियम विपरित सुरक्षा पोष्ट खडा गरेपछि स्थानीय प्रशासन र नेपालका सुरक्षा निकायको...

वीरेन्द्रनगरमा पाहुना प्रवेशमा रोक

वीरेन्द्रनगर, ४ बैशाख-सुर्खेतको वीरेन्द्रनगरमा बन्दाबन्दी (लकडाउन) अवधिभर बाहिरबाट आउने पाहुना तथा नातेदारलाई प्रवेशमा रोक लगाइने भएको छ ।नगरपालिकामा आउने विदेश, अन्य जिल्ला वा पालिका बाहिरबाट आउने पाहुना तथा नातेदार व्यक्तिलाई घरमा प्रवेश गर्न नदिइने भएको...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा सफाई कर्मचारीलाई लत्ता कपडा र मिठाई वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सडक सरसफाई गर्ने महिला कर्मचारीहरुलाई लत्ता कपडा र मिठाई वितरण गरेको छ । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको उपस्थितीमा क्लबले सडक सफाई गर्ने ५० जना महिला कर्मचारीहरुलाई...

संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, ४ असार-नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ राष्ट्रिपतबाट प्रमाणीकरण भएको छ । दुवै सदनबाट पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि बिहीबार विधेयक पेस गरिएको थियो । राष्ट्रपति भण्डारीले दुवै सदनबाट पारित भएर आएको...

नेकपा (एमाले) मोरङको एकै पटक १५८ वडामा आज वडा अधिवेशन हुँदै

विराटनगर, ६ कात्तिक । नेकपा एमाले मोरङको शनिबार जिल्लाका १५८ वटै वडामा एकैपटक वडा अधिवेशन हुदैछ । सुनवर्षी नगरपालिका ६ मा बाहेक जिल्लाका सबै वडामा शनिबार अधिवेशन भइरहेको नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी...

पहिरोले अरुण नदी थुनियो

विराटनगर, ७ असार-संखुवासभाको मकालु गाउँपालिका–२ ओयाङ्गमा गएको पहिरोले आशिंक रुपमा अरुण नदी थुनिएको छ । मकालु गाउँपालिकाको २ र ५ को सीमानामा आज बिहान करिब ६ सय मिटर माथिबाट खसेको पहिरोले अरुण नदी थुनिँदा ताल...

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि भिआइए तालिम सुरु

विराटनगर । पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि तीन दिने भिआइए तालिम सुरू भएको छ । करुणा फाउन्डेसन नेपाल र पूर्वाञ्चल हेल्थ टे«निङ सेन्टरको आयोजनामा धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगबलारदेखि सुरु भएको छ ।तालिममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्