एसइइ रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरू : सरस्वती, कृष्टल र युनिक स्कुल विजयी
सोमबार, ०१ साउन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरमा सुरू भएको दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा तीन वटा स्कुल विजय भएका छन् ।
विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा सोमबारबाट सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी दुहबीको सरस्वती मावि, इटहरीको कृष्टल स्कुल र बुढीगंगा गाउँपालिकाको युनिक एकेडेमी स्कुल विजयी भइ दोस्रो चरणमा पुगेको हो ।
सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा सुरू भएको प्रतियोगिताको पहिलो खेलमा मोरङको बुढीगंगा गाउँपालिकास्थित स्मृती स्कुललाई ४–१ गोलले हराउँदै सरस्वती स्कुल विजय भएका छ । सरस्वती स्कुलको तर्फबाट जितको लागि रन्जीत खत्रीले दुई गोल, मोहमम्द हुसेन मिया र भक्तराज राईले समान १–१ गोल गरे । स्मृतीको तर्फबाट हेमन्त माझीले सान्तवना गोल फर्काए । पहिलो खेलको म्यान अफ द म्याच सरस्वती स्कुलका दुई गोल गर्ने रन्जीत खत्री घोषित भए । उनले गिफट ह्याम्पर विराटनगरस्थित अर्किड कलेजले ५० हजार मुल्य बरावरको छात्रवृत्ती प्रदान गर्ने भएको छ ।
सोही दिन भएको दोस्रो खेलमा सुनसरीको कृष्टल स्कुलले मोरङको सारदा माविलाई टाइब्रेकरमा ४–३ गोलले निरास बनाउँदै कष्टल स्कुल दोस्रो चरणमा पुगेको छ । निर्धारित समयसम्म दुवै टिमको १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो ।
सोही दिन भएको तेस्रो खेलमा युनिक एकाडेमीले विराटनगरको बाल्मकी स्कुललाई ५–२ गोलले हराउँदै युनिक विजयी भएको हो । जितको लागि युनिकको तर्फबाट धिरज उराउले ४ गोल र अंकित खत्रीले एक गोल गरे । बाल्मीकिको तर्फबाट निरज मुर्मुले दुई गोल गरे । प्रतियोगिताको म्यान अफ म्याच बाल्मीकि स्कुलका सरोज साह घोषित भए ।
प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले गरेका थिए । प्रतियोगिताको मंगलबार पाँच खेल हुने खेल संयोजक बिक्की कार्कीले जानकारी दिए । साउन १३ गतेसम्म संचालन हुने प्रतियोगितामा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक कार्कीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद, प्रमाणपत्र,मेडल, शिल्ड प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीलाई स्पोर्टिङ साइकल रहेको छ । पहिलो संस्करणको एसईइ अन्तर विद्यालयस्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधी जेभियर्स ईग्लिस बोर्डिङ्ग स्कूल टंकीसिनुवारीले जितेको थियो ।
विराटनगर, जेठ ९–प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण हुने भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण...
विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संघले शनिबार मोरङको गछियामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।...
खोटाङ, २ असोज । खोटाङमा डेंगुका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेंगुका आठ जना बिरामी भेटिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले बताए । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच...
एजेन्सी, असार १९-उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना संकट रोक्न देशले चामत्कारिक सफलता हात पारेको बताएका छन् । पार्टी पोलिटब्यूरोको बैठकका क्रममा किम जोङ उनले उत्तर कोरियाले भाइरस फैलिनबाट रोकेर देशलाई हरहालतमा स्थिर बनाइराखेको...
महोत्तरी, २ असोज । महोत्तरीको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नम्बर १३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र...
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी दुर्घटना रोक्ने उद्देश्यले सचेतना मुलक बोर्ड पेट्रोल पम्पहरुमा राख्न थालेको छ ।८० प्रतिशत सवारी दुर्घटना दुई पाङग्रे सवारी साधनहरुबाट हुन थालेपछि ट्राफिक प्रहरीले सवारी दुर्घटना रोक्न पेट्रोल...
झापा । प्रदेश १ को तराइको तीन जिल्लामध्ये सबैभन्दा ठुलो सीमा नाका रहेको झापामा तस्करी धन्दा मौलाएको छ । १ सय ६३ किलोमिटर सीमा क्षेत्र रहेको झापामा प्रहरीले तस्करीको लाइन दिएको कारणले खुलेआम तस्करी हुने...
विराटनगर । विभागीय टिम नेपाल आर्मी लगातर दुई पटक जित निकाल्दै प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले अर्को विभागीय टिम एपीएफलाई खराब...