सीटीईभीटीले बढायो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टको शुल्क, के पढ्न कति खर्च ?

 न्यूज विराट
सीटीईभीटीले बढायो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टको शुल्क, के पढ्न कति खर्च ?

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चिकित्सा शिक्षा अन्तर्गतका विषयहरुको अध्ययनका लागि विद्यार्थीले तिर्नुपर्ने शुल्क बढाएको छ। सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा एचए र डिप्लोमा इन फार्मेसीको अध्ययन शुल्क बढाएको हो।

सीटीईभीटीले नयाँ शुल्कका विषयमा जानकारी दिन शुक्रबार सूचना प्रकाशित गरेको छ। सूचना अनुसार सीटीईभीटीले नर्सिङ तर्फ एक लाख ४९ हजार २३० रुपैँया, एचए तर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे ८६ हजार रुपैयाँ बढाएको छ।

नयाँ शुल्क अनुसार तीन वर्षे प्रमाणपत्र तह नर्सिङका लागि अब ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। यसअघि उक्त शुल्क ४ लाख ७५ हजार रुपैयाँ थियो।

एचए तर्फ अब ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ। यसअघि ४ लाख ४ हजार शुल्क थियो।

फार्मेसी असिस्टेन्टका लागि सीटीईभीटीले नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० तोकेको छ। यसअघि ३ लाख ३७ हजार शुल्क थियो।

सीटीईभीटीका अनुसार निजी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थामा २०७१र२०७२ पछि शुल्क समायोजन गरिएको हो। तोकिएको शुल्कमध्ये ५० प्रतिशत रकम पहिलो किस्ता र २५र२५ प्रतिशत रकम दोस्रो र तेस्रो किस्तामा बुझाउनु पर्ने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार

विराटनगरको फ्रेन्स होटलमा रतुवामाइका ब्यापारीको शव भेटियो, छानविन गर्न परिवारको माग

विराटनगर । विराटनगर ९ स्थित फ्रेन्स कनर रेष्टुरेन्ट एण्ड लजमा मोरङ रतुवामाइ नगरपालिकाका एक जना ब्यापारी मृत भेटिएका छन् । रतुवामाइ नपा ५ लारिकट्टा घर भई रंगेली २ बेतौनामा होलसेलको किरना पसल गर्दै आएका वर्ष...

यामाहाले ल्यायो रे जेडआर १२५ हाइब्रिड स्कुटर विराटनगरको बजारमा

विराटनगर । रे जेडआर १२५ हाइब्रिड, स्मार्ट मोटर जेनेरेटरसहितको हाइब्रिड स्कुटर विराटनगरको बजारमा आएको छ ।यामाहा नेपालका विराटनगरको लागि आधिकारीक विक्रेता तिरुपति अटो प्यालेस प्रालिले विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरी रे जेडआर १२५ हाइब्रिडस्कुटर...

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले प तथा गोपनीयताको शपथ गराएका हुन् । कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका...

एनसीडिए कोशीको आइतबार निर्वाचन : काफ्ले र बराल समूहको प्रतिस्पर्धा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको आइतबार निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनामा धनबहादुर काफ्ले र नगेन्द्र प्रसाद बरालको समूह चुनावी प्रतिस्पर्धामा रहेका छन् । उनीहरुले दुई समूह बनाएर...

मोरङको ८ स्थानीय तहका विरामीलाई निःशुल्क रगत, १७ वटै स्थानीय तहमा बितरण गर्ने रेडक्रसको तयारी  

विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङले स्थानीय तहहरुसँग सहकार्य गरेर विरामीहरूलाई निःशुल्क रगतउपलब्ध गराउँदै आएको छ । रेडक्रसले मोरङको आठ वटा स्थानीय तहहरुसँग सम्झौतागरेपछि अहिले निःशुल्क रगत विरामीलाई उपलब्ध गराउँदै आएको हो ।   स्वास्थ्य...

हिसान स्पोर्टस मिट मंगलबारदेखि

विराटनगर । ११ औं संस्करणको हिसान स्पोर्ट्स मिट मंगलबारदेखि सुरू हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा हिसान स्पोर्टस मिट हुन लागेको हो । हिसान मोरङले आइतबार...

विराटनगरमा अन्तर स्कुल क्रिकेट प्रतियोगिता शुरु, सत्यनारायण र सरस्वती स्कुल विजयी

विराटनगर । विराटनगरमा अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता सुुरु भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा विराटनगर–६ केशलिया पुल नजिक रहेको एमविजे क्रिकेट मैदानमा बिहिबारदेखि अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता शुरु भएको...

बलियामा ‘सेफ्स बर्गर’ को नयाँ रेष्टुरेन्ट सञ्चालन

सुनसरी । मोरङको स्ुन्दरहरैचा नगरपालिका स्थित बलियामा ’सेफ्स बर्गर’ ले आफनो आठौं शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौं र ललितपुरमा ७ वटा शाखा सञ्चालनमा ल्याइसकेको ‘सेफ्स बर्गर’ले पहिलो पटक उपत्यका बाहिर मोरङको सुन्दरहरैचा स्थित बलियामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्