विराटनगरको शिक्षादीप कलेजलाई प्रेस्टिजियस प्लस टु अवार्ड

 न्यूज विराट
विराटनगरको शिक्षादीप कलेजलाई प्रेस्टिजियस प्लस टु अवार्ड

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज प्रेस्टिजियस प्लस टु अवार्ड आउट अफभ्याली सम्मानद्वारा सम्मानित भएको छ । आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा कलेजलाई सम्मानगरिएको हो ।

शिक्षादीप कलेजले काठमाण्डौ भ्यालीबाहिरबाट पहिलो पटक नेपाल प्रथम र तृतीय भई कीर्तिमानी कायम गरेको थियो । भ्यालीबाहिर सबैभन्दा धेरै विद्यार्र्थी भर्ना हुने मध्येको एक कलेजको रुपमा शिक्षादीप दरिएको छ । साथै यस कलेजको भौतिक पूर्वाधार, अनुशासन, पठनपाठन, कक्षा ११ र १२ को नतिजा, चिकित्सा शिक्षा र इन्जिनियरिङको प्रवेश परीक्षामा नाम निकाल्ने विद्यार्थीहरुको संख्या तथा विगत पाँच वर्षदेखिको विद्यार्थी भर्नादर र कोशी प्रदेशकै सबैभन्दा धेरै विद्यार्थीहरुको रोजाइ भएको आदिका आधारमा शिक्षादीपलाई उत्कृष्ट कलेजको रुपमा छनौट गरिएको आयोजकले जनाएको छ ।

सो सम्मान कार्यक्रममा बोल्दै सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्रमा निजि क्षेत्रको ठूलो योगदान रहेको बताए । त्यसैगरी मुख्य सचिव डाक्टर वैकुण्ठ अर्यालले विदेश जाने विद्यार्थीको लर्कोलाई रोक्नसक्ने स्वरोजगारमुखी शिक्षा आवश्यक रहेको बताए । नेपाली काँग्रसकी सहमहामन्त्री डाक्टर डिना उपाध्याय, राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्मालगायतले शिक्षा विकासमा निजी क्षेत्रको भूमिकाको विषयमा चर्चा गरे ।

सम्बन्धित समाचार

पाँचौ मिल्स गोल्डकपको सेमिफाइनलको समिकरण पूरा, आयोजकलाई हराउँदै लेटाङ्ग अन्तिम चारमा

विराटनगर । मोरङको लेटाङ्ग फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइलन खेलमा आयोजक लालि गुँरास स्पोर्टिङ...

नेपालमा पाँचौ कोरोना संक्रमित भेटिए

नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत अर्का एक जनाको नमूना परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिएको हो ।

कटहरीको सडक बनाउन माग राख्दै सडक अवरुद्ध, शुक्रबार दुई घण्टा गर्ने तयारी

विराटनगर । हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्डको निमार्ण कार्य सुस्त भएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । उक्त सडक निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै नेपाली काँग्रेस कटहरी गाउँपालिकाको अगुवाइमा यहाँका स्थानीयले एक घण्टा सडक...

कोरोनाबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १०७० पुग्यो

काठमाडौं, २१ कात्तिक-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर...

लक्षण भएका संक्रमितलाई प्रथामिकता

विराटनगर, १ भदौ–विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोनाका लक्षण देखिएका संक्रमितहरुको उपचारलाई प्राथमिकता दिईने भएको छ । पछिल्लो समय लक्षण सहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिईने...

बेलबारीमा एक मजदुर मृत फेला

विराटनगर, १० असोज । मोरङको बेलबारीमा एक जना मजदुर मृत फेला परेका छन् । बेलबारी नगरपालिका वडा नं ९ जनता माविको भवन निर्माण गर्न भारतबाट ल्याइएका एक मजदुर ओछ्यानमै मृत भेटिएका हुन् । मोरङका प्रहरी...

उद्योगीको माग : अर्थतन्त्र ‘कोमा’मा जान लाग्यो, कम्तीमा ब्याज मिनाहा गर

काठमाडौं, १ जेठ-नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र निकै कमजोर अवस्थामा पुगेको भन्दै तत्काल राहतको कार्याक्रम ल्याउनको लागि सरकारसँग माग गरेको छ । महासंघले नेपालको अर्थतन्त्र 'कोमा'मा जाने स्थितिमा पुगेको भन्दै पुनरुद्वार र पुनरउत्थानका कार्यक्रम ल्याउन...

आठौं विराट गोल्डकप : उपाधि जित्नेमा घरेलु टोली सांग्रीला र मच्छिन्द्र आत्मविश्वासी

विराटनगर | आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र एफसि काठमाण्डौ र घरेली टिम सांग्रीला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे हुने फाइनलमा मच्छिन्द्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्