मनमोहनले तयार पारो पाँच बर्षे रणनीति योजना, प्राकृतिक चिकित्सातर्फको स्नातक तहको पढाइ हुने
आइतबार, ३१ असार, २०८०,
न्यूज विराट
विराटनगर । देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच बर्षे रणनीति योजना तयार गरेको छ । कोसी प्रदेश सरकारले चार बर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक बर्ष २०८० देखी २०८५ सम्मका लागि आफनो रणनीति योजना तयार गरेको हो ।
मनमोहनले पाँच बर्ष भित्र कुन कुन बिषयको के कसरी पठनपाठन गराउने , भौतिक पुर्वाधार अनि दक्ष जनशक्त्ति के कसरी र कस्तो तयार गर्ने र शिक्षक र कर्मचारीहरुलाई कुन मूल्याङकनको आधारमा पुरस्कृत गर्ने भन्नेबारे छलफल गरेर पाँच बर्षे रणनीति तयार गरेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले बताए । उपकुलपति पोखरेलका अनुसार रणनीति निर्माणमा विज्ञहरु हिक्मतबहादुर बस्नेत र भवानी सुवेदीले सहयोग गरेका थिए । शिक्षक र कर्मचारीहरुलाई पुरस्कृत गर्ने आधारबारे प्राध्यापक डिल्ली प्रसाईले जानकारी गराएका थिए ।
छलफलमा पुर्वाञ्चल विश्वविद्यालयको ईन्जिनियरिङ संकायका डिन देविप्रसाद भट्टराई ,प्राध्यापक कृष्ण पोखरेल , मदनभण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बराल , उद्योगी सोमनाथ अधिकारी , उद्योग संगठन मोरङका पुर्व अध्यक्ष मुकेश उपाध्याय लगायतले आवश्यक सुझावहरु दिएका थिए । पाँच बर्षे रणनीति छलफलमा बोल्दै उपकुलपति डा सुवासश्री पोखरेलले देशकै पहिलो प्राविधिक विश्विद्यालय मनमोहनले छोटो समयमै आफनै अनुसन्धान केन्द्र स्थापना गरेर पाँच वटा विषयमा अनुसन्धान गरिसकेको जानकारी गराए । उनले मनमोहन लोकसेवा हैन आफनै दक्षतामा रोजगार पाउने गरि दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्ने लक्ष्यलाई उच्च प्राथमिकता दिइरहेको जानकारी गराए । उनले दक्ष जनशक्त्तिहरु विदेश पलायन हुने क्रमलाई रोक्न मनमोहन सफल हुँदै जाने विश्वास व्यक्त्त गरे । देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल आधारभुत , मध्यस्तर र उच्चस्तरको प्राविधिक जनशक्त्ति उत्पादन गर्नेगरि पठनपाठन सुरु भैरहेको छ । मनमोहनमा हाल ईन्जिनियरिङतर्फ सिभिल र ईलेक्ट्रिोनिक्स अनि पारामेडिकलतर्फ विफार्मेसी स्नातकतर्फको पठनपाठन भैरहेको छ । चालु शैक्षिक सत्रदेखी प्राकृतिक चिकित्सातर्फको स्नातक तहको कक्षा पनि सुरु गर्ने तयारी भैरहेको छ ।
विराटनगर, माघ २९-पूर्वमन्त्री प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शिवकुमार मण्डलले देशमा भ्रष्टाचारको बिउ रोप्ने नेपाली कांग्रेस भएको आरोप लगाएका छन् । शिलापत्रसँगको विषेश कुराकानीमा नेता मण्डलले प्रजातान्त्रीक आन्दोलनबाट स्थापित पहिलो...
काठमाडौं, १८ साउन-पछिल्लो २४ घन्टामा नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४ घन्टामा २४६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका...
विराटनगर । नारी दिवसको अवसर पारेर ‘ गल्स अन ह्विल’ प्रतियोगितामा विराटनगरमा हुने भएको छ । विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरमा फागुन २४ गते गल्स अन ह्विल प्रतियोगिता गरिने भएको हो । आयोजकले...
श्रीमन्त भट्टराईविराटनगर । ‘अघिल्लो पटक चुनाव हार्दा पनि १६ करोडको योजना क्षेत्रमा ल्याएछन्, अब जिते पछि त काम गर्छन् होला । सडक निर्माण, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा उनले धेरै काम गरेका छन्...
विराटनगर । नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमितिको अध्यक्षमा डा. यमबहादुर रोका चयन भएका छन् । नयाँ कार्यसमितिमा प्रा.डा राजीव झा, प्रेसिडेन्ट इलेक्ट, र डा. सुदन ढकाल उपाध्यक्षमा चयन भएका हुन् । त्यस्तै गरी सचिवमा...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दूरी कायम गर्न अपिल गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशको पालना...
काठमाडौं, २६ साउन-सरकारले लामो दूरीको सार्वजनिक यातायात, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा पुनः १५ भदौसम्म रोक लगाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम उच्च भएसँगै यस्तो...
विराटनगर, साउन २३–विराटनगरस्थित कोशी अस्पतालमा आइपुग्दा शुक्रबार विहान मृत्यु भएका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको अस्पताल पुग्नसाथ मृत्यु भएको थियो...