संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : गगन थापा

 न्यूज विराट
संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका साथीहरूको साथ र संख्या पुगेमा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पारे। उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्ने स्थान दिएको बताए। पार्टीभित्र यसको पटकपटक प्रयोग भएको र नेता परिवर्तन समेत भएको उदाहरण रहेको विचार व्यक्त गरे।

देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ थियो।

कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने उनले बताए। केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएको उल्लेख गर्दै उनले यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित पारेको धारणा राखे।

महामन्त्री थापाले केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति तय गर्ने‍ र नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरूबीच गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्ने नयाँ बाटो खोज्ने बताए। वर्तमान गठबन्धन सरकार परिवर्तन नहुने जिकिर गर्दै उनले सरकारले जनताप्रति दत्तचित्त भई कार्य गर्नुपर्नेमा जोड दिए।

रासस

सम्बन्धित समाचार

सकियो मोर्डन एराको अभिभावक दिवस, चार विद्यार्थी भए ‘मोर्डन एरा लिटल च्याम्स’

विराटनगर । विराटनगर – ३ आयल निगम पुर्व रहेको मोर्डन ऐरा स्कुलले भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । स्कुलले...

रौतहटमा रोड ढलानको विषयमा झडप हुँदा आधा दर्जन घाइते

रौतहट, २६ असोज । रौतहटमा रोड ढलानको विषयमा झडप हुँदा आधा दर्जन भन्दा बढी व्यक्ती घाइते भएका छन् । घाइते हुनेमा जग्गा धनी सन्दीप झा ,रौशन झा ,राजन झा रहेका छन् भने निजि जग्गामा रोड...

शंख फुकेर कोरोनाविरुद्धको संघर्षमा सीके राउतको ऐक्यबद्धता

जनकपुरधाम, २ वैशाख-कोरोना भाइरसविरुद्धको संघर्षमा ऐक्यबद्धता प्रदर्शन गर्न भन्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आज शंख बजाएका छन् । उनले जनकपुरधामस्थित आफ्नै निवासमा शंख र घण्टी बजाएका छन् । शंख र घण्टी बजाएको दृश्य...

हामीले छिटै नै खोपको सुरुवात गर्ने मौका पायौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छिटै नै कोरोना भाइरसविरुद्धको खोप लगाउन पाएको भन्दै खुसी व्यक्त गरेका छन् । बुधबार बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भारत...

राष्ट्रपतिद्वारा उच्चस्तरीय भेटघाट

काठमाडौं, १० असार-राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गरेकी छिन् । राष्ट्रपतिको कार्यालयका अनुसार शीतल निवासमा आज भएको भेटघाटमा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

विराटनगर, ११ मंसिर–प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना...

प्रदेश १ मा कोरोना परिक्षण व्यवस्थित बनाइने

विराटनगर, १ भदौ–प्रदेश १ मा कोरोना परीक्षणलाई व्यवस्थित बनाईने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आईतबार बसेको बैठकले कोरोना संक्रमणको दर बढेसँगै सिमित क्षमतालाई ध्यान दिँदै पीसीआर परीक्षणलाई व्यवस्थित र वैज्ञानिक बनाउने...

प्रहरीमा घट्यो शान्ति मिसन आकर्षण

काठमाडौं, फागुन २६–नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जान २०४८ फागुन २९ बाट सुरु ग¥यो। तत्कालीन युगोस्लाभियाबाट सुरु भएको यो क्रम अहिले पनि छ। प्रहरीमा जागिर खाएपछि कम्तिमा एकपटक शान्ति मिसन गएर आर्थिक जोहो टार्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्