विराटनगर । विराटनगर १३ मलायरोडमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया भएको छ । १५ शैय्याको यो हस्पिटलमा आँखाको सम्पूर्ण उपचार सेवा हुने गरेको छ । अस्पतालले विरामीहरुको आँखाको सफल शल्यक्रिया गरेको हो ।
भारतको ३० वर्षीया शैलेस साहको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा शल्यक्रियाको सफल उपचार भएको अस्पतालका संस्थापक निर्देशक जयप्रकाश रायले जानकारी दिए । अत्याधुनिक उपकरण जडान गरी संचालनमा ल्याएकोले आँखाको सम्पूर्ण उपचार सेवा सुचारु गरिएको उनले बताए । जनरल हस्पिटलमा आँखाको २४ सै घण्टा इमर्जेन्सी सेवा, मोतिविन्दुको शल्यक्रिया, अत्याधुनिक दुरबिनद्धारा शल्यक्रिया गर्नुको साथै विदेशी लेन्सको प्रयोग गरिने उनले बताए । यस्तै आँखामा मासु पाएको शल्यक्रिया, छड्के आँखालाई सिधा बनाउने, अल्छी आँखाको उपचार हुने अस्पतालका अध्यक्ष सियाराम यादवले जानकारी दिए ।
तीन कट्ठा क्षेत्रफलमा १५ करोड भन्दा बढी लगानीमा यो हस्पिटल संचालनमा आएको थियो ।