कोशीमा गठबन्धनले दाबी गर्नुअघि नै प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण, सभामुखलाई गणना नगर्न दबाब

 न्यूज विराट
कोशीमा गठबन्धनले दाबी गर्नुअघि नै प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण, सभामुखलाई गणना नगर्न दबाब

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले सभामुख बाबुराम गौतमलाई समेत गणना गरी बहुमत सावित गर्ने प्रयत्न भएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ ।

एमाले दलको तर्फबाट हिक्मतकुमार कार्कीले आज प्रदेश प्रमुख खापुङको ध्यानाकर्षण गराउँदै संविधानको धारा १८६ मा उल्लेखित विषयबारे जानकारी दिएका हुन् ।

‘अहिले कोशी प्रदेशसभाका माननीय सभामुख बाबुराम गौतम कुनै पनि दलको सदस्य होइन र उहाँको नाम सरकार गठनका लागि संख्यामा गणना गर्न संविधान, कानून, संसदीय मूल्य, मान्यता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्त एवम् अभ्यास विपरीत हुने र स्वयम् सभामुखको गरिमामा समेत गम्भीर प्रश्न उठ्नेछ,’ कार्कीले दिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘उपरोक्त तथ्य, प्रमाण र विश्लेषणको आधारमा सभामुख पदमा आशिन व्यक्ति निष्पक्ष र तटस्थ भूमिकामा रहने हुँदा कुनै निश्चित दलको संख्यामा गणना गरी सोही आधारमा प्रदेश सरकार गठन प्रक्रियामा बहुमत पुर्‍याएको भनी संविधानको धारा १६८ ९२० बमोजिमको सरकार गठनका लागि दाबी पेश भई आएमा मुख्यमन्त्री नियुक्त नगर्नका लागि माननीय प्रदेश प्रमुखज्यू समक्ष विनम्रतापूर्वक यो ध्यानाकर्षण पत्र पेश गरेको छु ।’

सभामुख बाबुराम गौतमलाई समेत बोधार्थ दिएको एमालेले २०७९ साल पुस २८ गते प्रदेशसभाको बैठकमा सभामुखले बालेको कुरालाई पनि स्मरण गराएको छ । त्यसबेला सभामुखले ‘मैले निष्पक्षताको पदमा आशिन हुँदै गर्दा मेरो हालसम्म रहेको दलसँगको आबद्धता यो सभामुख पदको भूमिका निर्वाह गर्ने कार्यकालसम्म आजैको मितिदेखि अलग भएको समेत यस गरिमामय सभा समक्ष घोषणा गर्दछु’ भनेका थिए ।

सोही कुरालाई स्मरण गर्दै सभामुखले माओवादी केन्द्रको सदस्यता परित्याग गरिसकेको कुरा विवादरहित रहेको एमालेले उल्लेख गरेको छ ।

उता, प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आजै ५ बजेसम्मका लागि दिएको समयलाई मध्यनजर गर्दै गठबन्धन दलहरु कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले साढे ४ बजे प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न तयारी गरेका छन् । उक्त दाबीमा सभामुखसहितको गणना उल्लेख रहने उनीहरुको भनाइ छ ।

सम्बन्धित समाचार

भव्य भयो अर्किड स्कुलको वार्षिक उत्सव

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले सबैको रोजाइमा परेको विराटनगरस्थित अर्किड स्कुलले वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । शनिबार स्कुल परीसरमा दिनभरी विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।...

प्रहरी जवान सुनिल ठाकुर उत्कृष्ट प्रहरी घोषित

विराटनगर । प्रहरी जवान सुनिल कुमार ठाकुर उत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय इटहरी दरबन्दी भइ हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत ठाकुर उत्कृष्ट कार्यसम्पदान गरेको भन्दै सुनसरी प्रहरीले भदौ महिनाको उत्कृष्ट...

उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि स्थगित

काठमाडौं, ८ साउन-२६ र २७ साउनको लागि तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव फेरि सरेको छ । महासंघका पूर्वअध्यक्षहरूसहितको पदाधिकारी बैठकले सरकारले सभा, सम्मेलन गर्न दिने गरी गरेको निर्णयदेखि १५ दिनभित्र साधारणसभा गर्ने गरी निर्णय...

काठमाडौंमा रोकिएका बेलायती लिन विमान आउँदै

काठमाडौं, ५ वैशाख-लकडाउनका कारण रोकिएका नेपालमा राेकिएका बेलायती नागरिक लिन टिटान एयरको विमान आज काठमाडौं आउँदै छ । बेलायती राजदूतावासले विमान चार्टर गरेर राेकिएका नागरिक पठाउन लागेको हो । टिटान एयरको जहाज दुबईबाट काठमाडौं आउन...

अदालतको फैसला अन्तिम हुन्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, ३ माघ-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको विषय अदालतमा निर्भर रहेको भन्दै अदालतले जे फैसला गर्छ त्यही अन्तिम हुने बताएका छन् । अदालतमा विचाराधीन विषयमा अनेक टिकाटिप्पणी आएको भन्दै उनले फैसलापूर्व टिकाटिप्पणी गर्न आवश्यक...

पत्रकार निरौलालाइ सिर्जनशिल, सरदारलाई उदीयमान पुरस्कार

विराटनगर । पत्रकार कल्याण कोष मोरङले यस बर्षको सिर्जनशिल र उदीयमान पत्रकारीता पुरस्कार पाउने पत्रकार छनौट गरेको छ । हरेक दुइ बर्षमा प्रदान गरिदै आएको सिर्जनशिल पत्रकारिता पुरस्कार उदघोष दैनिकका समाचार सम्पादक एवं बीबीसी नेपाली...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण

विराटनगर, ५ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ। क्लबले एक कार्यक्रमकाबीच मानव सेवा आश्रम र सो आश्रमका दुई वटा शाखामा आश्रित २...

२४ घण्टामा देशभर ३८१ जनामा संक्रमण पुष्टि, १३० जनाले जिते कोरोना

काठमाडौं, २१ साउन-देशभर पछिल्लो २४ घण्टाको अवधिमा ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्