मेयर राजवंशीले गरे केचना डेरीलाई ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण
बुधबार, २० असार, २०८०,
न्यूज विराट
विराटनगर, २० असार । सुनवर्षी–१ स्थित केचना सहकारी संस्थाले सञ्चालन गरेको दुध चिस्यान उपकरण हस्तान्तरण गरिएको छ ।
सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण गरेका हुन् । मेयर राजवंशीले एक कार्यक्रमकाबिच बुधबार केचना डेरीमै पुगेर उक्त उपकरण हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै मेयर राजवंशीले सुनवर्षी नगरपालिकाको चौतर्फी विकासका लागि नगरपालिका लागि परेको बताए । उनले कृषकको समृद्धि र विकासले मात्र सिंगो नगरको विकास सम्भव हुने बताए ।
मेयर राजवंशीले सो डेरी मार्फत स्थानीय कृषकको समृद्धि र विकासका लागि शुभकामना व्यक्त गरे । सो चिस्यान उपकरण सुनवर्षी नगरपालिकाको लागनीमा स्थानीय कृषकहरुको सहजताका लागि हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा सुनवर्षी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्रप्रसाद दुलालको पनि उपस्थिती रहेको थियो ।
सुनवर्षी नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्रथामिकतामा राख्दै आएको छ । मेयर राजवंशीले निर्वाचित भएर आउँदा पहिलो निर्णयनै कृषकले सिँचाईका लागि तिर्ने विद्युत महशुल निःशुल्क गर्ने निर्णय गरेका थिए ।
काठमाडौं, २४ जेठ-नेपाल प्रहरीका ७३ प्रहरी नायव निरीक्षक प्रहरी निरीक्षक पदमा बढुवा भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७३ जनलाई प्रहरी निरीक्षकमा बढुवा गरेको हो । बढुवा सूचीको पहिलो स्थानमा...
विराटनगर, ७ असोज–प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधि सम्वन्धि तालिम दिने भएको छ । ६ वटा स्थानीय तहका एक÷एक सय शिक्षकलाई पहिलो चरणमा तालिम दिनेगरि सामाजिक विकास मन्त्रालयले कार्यक्रम अघि बढाएको...
काठमाडौं, २७ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउद्योग राज्यमन्त्री मेघराज निसाधको निधनमा दुःख व्यक्त गरेका छन् । सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका...
विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...
काठमाडौं, ७ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवादको आज टुंगो लगाउने भएको छ । आयोगको इजलासमा बहसपछि सकेसम्म आजै आदेश आदेश आउन सक्ने निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले बताए । जसपाको...
विराटनगर । नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ बिराटनगर ईकाईले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा पहिलोपटक संघले आफ्ना सदस्यहरुको लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । संघले औषधि प्रतिनिधि एमआर पेशासंग...
विराटनगर । विराटनगर–३ स्थित सेल्फी रोड निकै तामझामका साथ बनाइयो । जति चर्चा हुनुपर्ने हो, यो रोडको त्यो भन्दा निकै चर्चा चलाइयो । तर, सेल्फी रोड बनेको केही वर्षमा उत्त सडकमा बाक्लो झार उम्रिएको छ...
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणीचोकमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल कुकुरलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकलमा...