लर्डबुद्ध कलेजको शिविरमा विद्यार्थीको भिड, पहिलो दिन दुई सयले गराए स्वास्थ्य जाँच
मङ्गलबार, १९ असार, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर १० मा रहेको लर्डबुद्ध कलेजले ४ दिन सम्म निः शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । लर्ड बुद्ध कलेजको आयोजना तथा न्युरो हस्पिटलको प्राविधीक सहयोगमा एसइइ दिएका विद्यार्थी र उनीहरुका अभिभावकलाई कलेजले मंगलबारबाट ४ दिन सम्म निशुल्क स्वास्थ्य शिविर सुरु गरेको हो ।
न्युरो अस्पतालकी कार्यकारी निर्देशक डां अनिशा बिष्टको स्वास्थ्य र शिक्षालाई सँगसँगै लैजाने उद्देश्यका साथ कलेजले विराटनगरमा एसइइ दिएका विद्यार्थी तथा अभिभावकहरुलाई निः शुल्क स्वास्थ्य चेकजाँच गरिएको लर्ड बुद्ध कलेजका प्रशासन प्रमुख एन्जेश कोईरालाले जानकारी दिए ।
मंगलबारबाट सुरु भएको निः शुल्क स्वास्थ्य शिविरमा पहिलो दिन १९७ जना विद्यार्थी तथा उनीहरुका अभिभावकले सेवा लिएको कलेजले जनाएको छ । स्वास्थ्य शिविरमा वरिष्ठ आपत्कालिन सेवा चिकित्सक गोल्ड मेडलिस्ट डाक्टर प्रफुल्ल कोइरालाको नेतृत्वमा डाक्टर सुभम घिमिरे लगायतको चिकित्सकिय टोलिले स्वास्थ्य सेवा प्रदान गरिहेको छ ।
४ दिन सम्म चल्ने उक्त शिविरमा प्रेसर सुगर लगायत प्रारम्भिक जाँच कलेजमै गरिएको र अन्य थप विरामीको अवस्था हेरेर न्युरो अस्पतालमा स्वास्थ्य गउपचार गरिने कलेजका प्रशासन प्रमुख कोईरालाले जानकारी दिए । शिविरमा सेवा लिनेहरुका लागी न्युरो अस्पतालमा निः शुल्क ओपीडी सेवा र ल्यावहरुमा २५ प्रतिशत सम्म छुटको व्यावस्था गरेको कलेजले जनाएको छ । स्वास्थ्य शिविर कार्यक्रमको उद्धघाटन न्युरो अस्पतालका अप्रेसनल डाईरेक्टर राजेश भट्टराईले गरेका थिए । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको लर्डबुद्ध कलेजले विद्यार्थीहरु र उनीहरुका अभिभावकहरुलाई स्वस्थ्य राख्न कलेज परिसरमै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
विराटनगर, १० असोज–नेपाल प्रेस युनियन मोरङको पद हस्तान्तरण गरिएको छ । सभापति कुमार लुइटेलले आफ्नो कार्यकाल सकिएपछि पद हस्तान्तरण गरेका हुन् । सभापति लुइटेलले एक कार्यक्रमकाबिच शनिबार मोरङको बेलबारीमा आगामी कार्यकालका लागि सभापति भोजराज बस्नेतलाई...
विराटनगर । विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटरको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा बिहान ९ः४५ बजेतिर दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको...
धनगढी, मंसिर ३०–वर्षाका कारण सुदूरपश्चिम प्रदेशका इँटा उद्योगमा करिब १५ करोड रुपैयाँबराबरको क्षति भएको छ । शुक्रबार र शनिबारको वर्षाले कैलाली र कञ्चनपुरका इँटा व्यवसायी मर्कामा परेका हुन् । वर्षातले कैलाली, कञ्चनपुरका ७० वटा इँटा...
विराटनगर । खेलकुद क्षेत्रको विकासमा तीन तहको सरकारले लगानी गरिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।विराटनगरमा रहेको मिल्स गोल्डकप फुटबल ट्रस्टको शनिबार भएको तेस्रो साधारण सभामा सहभागिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख...
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ४ का २१ वर्षीय कुशल दाहालको हत्या आरोपमा प्रहरीले जनालाई पक्राउ गरेको छ । दाहालको हत्या आरोपमा मोरङ प्रहरीले उर्लाबारी– ५ का सुवास तामाङलाई बुधबार पक्राउ गरेको हो । पक्राउ...
विराटनगर । एक लाख बढीले अवलोकन गर्दै मोरङको कटहरी गाउँपालिका १ कृषी तथा फलफूल थोक बजारमा लागेको कृषी एक्स्पो सकिएको छ । चार दिने कृषी एक्स्पो आइतबार समापन भएको हो । कोशी र मधेश प्रदेका...
काठमाडौं, १० असार-देशभरबाट पछिल्लो २४ घण्टाको अवधिमा ११४ जना कोरोना भाइरस संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न आइसोलेसन अस्पतालमा उपचार...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको आशंकामा आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । विमानस्थलमा बम जस्तै शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि सुरक्षा सतर्कताका लागि आन्तरिक उडानका...