कोशी अस्पतालमा चार महिनामै फेरीए सुपरिटेन्डेन्ट : चन्द्रभाल झा भए मेसु, रविराज सिंहलाई पुरानै जिम्मेवारी

 न्यूज विराट
कोशी अस्पतालमा चार महिनामै फेरीए सुपरिटेन्डेन्ट : चन्द्रभाल झा भए मेसु, रविराज सिंहलाई पुरानै जिम्मेवारी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेसु नियुक्ति भएका छन् । कोशीका निमिक्त मेसु डाक्टर रविराज सिंह चार महिनामै परिवर्तन भएका हुन् । उनका ठाउँमा कोशी अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डाक्टर चन्द्रभाल झालाई नियुक्त गरिएको हो । झा चार महिना अगडाी ११ औं तहमा बढुवा भएका चिकित्सक हुन् । उनी कोशी अस्पतालमा विगत चार वर्षदेखि कार्यरत छन् ।

कोशी अगाडी मेची अस्पतालमा थिए । समायोजन भएपछि झाले कोशी अस्पताल रोजेपछी उनी २०७६ सालदेखि कार्यरत रहेका छन् ।

सिंहले गत फागुन २ गते कोशीको निमिक्त मेसु भएर कार्यभार सम्हाल्दै आएका थिए । झा मेसुमा नियुक्ति भएसँगै सिंह पुरानै जिम्मेवारीमा फर्किएका छन् ।

संघीय सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री फेरीएसँगै अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन हुने कोशीको पुरानै रोग रहेको छ । स्वास्थ्य मन्त्री परिवर्तन भएपिच्छे मेसु र अस्पताल विकास समिति परिवर्तन हुने गरेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा काँग्रेसबाट मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा बहाल छन् । स्वास्थ्यमन्त्रीमा बहाल भएपछि मन्त्री बस्नेतले स्थानीय नेताहरूको दबाबमा अस्पतालका सर्जन डा. सिंहलाई चार महिनामै हटाएर नयाँ मेसिमा झालाई नियुक्त गरेका हुन् । आइतबार मन्त्री स्तरीय निर्णायले झालाई मेसुमा नियुक्त गरेको हो । उनले मंगलबार कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।

कोशी अस्पतालमा मेसुको ११ औं तहको दरबन्दी छ । मेसुमा नियुक्ति भएका झा ११ औं तहकै चिकित्सक हुन् । कोशीमा ११ औं तहका डा. दीपक सिग्देल र बाल रोग विशेषज्ञ डा. रामनारायण चौधरी मात्र रहेका छन् ।

यसरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री परिवर्तन भएसँगै छोटो अवधीमा मेसु परिवर्तन हुँदा हस्पिटलको काम कारवाहीमा समस्या हुने गरेको हस्पिटलका कर्मचारी बताउँछन् ।

१६ महिनामा तीन जना मेसु फेरीए
कोशीमा पछिल्लो १६ महिनामा तीन जना मेसु परिवर्तन भएका छन् । २०७८ फागुन ५ गते स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा आएसँगै हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर यज्ञदराज खरेल मेसुमा नियुक्त भए ।

खरेलले ६ महिना काम गर्दा नगर्दा खतिवडाको पद धरापमा प¥यो । खतिवडाको ठाउँमा स्वास्थ्य मन्त्रीमा भवानी खापुङ नियुक्त भए । उनै खापुङले डाक्टर लक्ष्मीनारायण यादवलाई निमित्त मेसुको जिम्मेवारी दिएका थिए । त्यसपछि खरेल २०७९ भदौ १५ गतेदेखि अस्पतालको पुरानै जिम्मेवारीमा फर्किए ।

२०७९ भदौ १६ गते डाक्टर यादवले मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएका थिए । यादवले जिम्मेवारी पाएको छ महिना नबित्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले एमालेका स्थानीय नेताको दबावले उनको जिम्मेवारी खोस्यो । मन्त्रालयले २०७९ फागुन २ निमित्त मेसुको जिम्मेवारी डाक्टर रविनराज सिंहलाई दिएको थियो । सिंहले जिम्मेवारी सम्हालेको ४ महिनापछि नयाँ मेसुमा चन्द्रभाल झा आएका छन् । कोसी अस्पतालमा हालसम्ममा ३३ जना मेसु परिवर्तन भएका छन् । अस्पतालको रेकर्ड अनुसार कार्यालय प्रमुखको रूपमा २०१८ साल पुसमा डाक्टर भरतराज वैद्य नियुक्त भएका थिए । उनले झन्डै १० वर्ष अस्पताल प्रमुखको रूपमा काम गरेको रेकर्ड छ । पछिल्लो समय भने अस्पतालमा हुने राजनीतिकरण र अदृश्य ढङ्गले हुने चलखेलका कारण अस्पताल प्रमुख १ वर्ष टिक्न पनि मुस्किल देखिएको छ । अस्पताल प्रशासनका अनुसार पछिल्लो पटक डाक्टर चुमनलाल दासले मात्रै एक वर्ष काम गर्न पाएका थिए । २०७७ असार १ गते मेसुको जिम्मेवारी पाएका दास २०७८ फागुन ४ गतेसम्म जिम्मेवारीमा थिए ।
साढे ३ सय शय्याको कोशी अस्पतालमा दैनिक ओपीडिमा १ हजार देखि १ हजार पाँच सय विरामीले स्वास्थ्य उपचार गर्ने गरेको अस्पतालको अभिलेखमा देखिन्छ ।

सम्बन्धित समाचार

पत्रकार किशोर बुढाथोकीलाई १ लाख राशिको पुरस्कार

विराटनगर । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।मुलुकी खबर अनलाइनको सम्पादक रहेका बुढाथोकी अन्नपूर्ण पोस्टको कोशी प्रदेश ब्युरो प्रमुख हुन् । नेपाल पत्रकार महासंघ मोरङ...

दुर्गा प्रसाईंले गरे दुबईमा मेडिकल कलेज खोल्ने घोषणा

झापा । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईँले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५...

लेखा अधिकृतको मागलाई कर्मचारी संगठनको साथ

विराटनगर । कोशी प्रदेशको निजामती सेवा ऐन संशोधनको मागसहित चार दिनदेखि आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरूको आन्दोलनमा दल निकट कर्मचारी संगठनहरू पनिले साथ दिएका छन् ।आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पाँच कर्मचारी संगठनले आन्दोलनमा एक्येबद्धता जनाएका...

एमसीसी टेबलप्रति सत्ता पक्षकै आपत्ति : झलनाथ पनि विरोधमा उभिए

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी टेबल भएकोप्रति सत्ता गठबन्धनमै आवद्ध दलले विरोध गरेका छन् । बैठकको प्रारम्भमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बोल्नका लागि समय लिएका थिए । उनले कार्यसूचीमा एमसीसी उल्लेख...

विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्ने दुई जनालाई ३०/३० हजार जरिवाना

विराटनगर, १९ जेठ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्ने दुई जनालाई जरिवाना तिराएको छ । प्रशासनले बुधबार निषेधाज्ञा उल्लंघन गर्ने विराटनगर महानगरपालिका–१२ का दुई व्यक्तिहरुलाई जनही तीस/तीस हजार रुपैयाँ जरिवाना तिराएको हो...

चाडबाडमा सस्तो मूल्यमा सहजै खाद्यान्न उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौं, १२ असोज । संसदीय समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरूलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले...

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

काठमाडौं, असोज २३ । नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता । प्रसादां तनुते मह्यं चन्द्रघण्टेति विश्रुता...

भारतीय न्युज च्यानल प्रसारण रोक्ने निर्णय

काठमाडौं, २५ असार-विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्