नवीन सिलवाललाई कोशी प्रदेश ब्याडमिन्टनको उपाधि

 न्यूज विराट
नवीन सिलवाललाई कोशी प्रदेश ब्याडमिन्टनको उपाधि

विराटनगर । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाका नवीन सिलवालले जितेका छन् । विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा विराटनगरमा भएको प्रतियोगिताको उपाधि नवीनले उदयपुरका विनय चौधरीलाई २२–२०, २०–२२ र २१–८ ले पराजित गर्दै उपाधि जितेका हुन् ।

प्रतियोगिताअन्तर्गत मेन्स डबल्सतर्फ झापाका प्रकाश राई र नवीन सिलवालको जोडीले उदयपुरका विनय चौधरी र हिमाल श्रेष्ठको जोडीलाई २१–१८, २०–२२ र २१–११ ले पराजित गर्दै उपाधि जितेका छन् ।
त्यस्तै, मास्टर डबल्स ४५ वर्षमाथि विराटनगरका जीवन बोगटी र शिखर श्रेष्ठको जोडीले सागर फिड्सका श्याम लामा र राम तामाङको जोडीलाई २१–८, १८–२१ र २१–१८ ले पराजित गर्दै उपाधि जितेका छन् । मास्टर डबल्स ६० वर्षमाथि विराटनगर ब्याडमिन्टन क्लबका किरणसिंह बस्नेत र मनोज लाखेको जोडीले विराटनगरकै केशव कार्की र श्याम लामाको जोडीलाई २१–१३ र २१–५ ले पराजित गर्दै उपाधि जितेका छन् ।

प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल्सका प्रथमले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार, मास्टर ४५ र ६० वर्षमाथिका प्रथमले १५ हजार, द्वितीयले १० र तृतीयले ६ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरेका छन् । विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्ले, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य लवभक्त श्रेष्ठ, विराटनगर ब्याडमिन्टन क्लबका अध्यक्ष किरणसिंह बस्नेतलगायतले पुरस्कार वितरण गरे ।

सम्बन्धित समाचार

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं, ३ जेठ-नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालका कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको गरिएको परीक्षणमा ३ जनामा कोरोना...

कटहरीले ल्यायो ७४ बुद्धे नीति तथा कार्यक्रम

विराटनगर । कटहरी गाउँपालिकाले पूर्वाधार, कृषी र स्वास्थ्यलाई प्राथामिकता राखेर आगमी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले ७४ बुद्धे नीति तथा कार्यक्रम बिहीबार सार्वजानिक गरेका हुन् ।...

विद्यालय शिक्षाको आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं ६ असोज-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरेर कार्ययोजना सार्वजनिक गरेका हुन् । बसाइँ स्थानान्तरण भएका विद्यार्थीको तथ्यांक...

मनमोहन विश्वविद्यालयको शिक्षालयमा ‘स्पोर्ट्स मिट’ सुरु

विराटनगर । मनमोहनप्राविधिकविश्वविद्यालयको आंगिकशिक्षालयमनमोहन स्मृतिपोलिटेक्निकमातीनदिने ‘स्र्पोट मिट’ सुरुभएको छ ।मोरङको बुढीगंगा गाउँपालिका १ हात्तीमुढा स्थित विश्विद्यालय परिसरमाआइतवारदेखीमनमोहन स्मृति‘स्र्पोट मिट’ २०८१ सुरु भएको हो ।आइतवार मनमोहनप्राविधिकविश्वविद्यालय संरक्षण समिति सदस्य सत्यनारायण चौधरीले उक्त्त‘स्र्पोट मिट’ को उदघाटन गरे...

मध्यराती लुटेरा र प्रहरीबीच गोली हानाहान

बारा, भदौ १९ । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो ।...

पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी

काठमाडौं, १२ साउन-अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै नेपाल आयल निगमले मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा मूल्य बढाउने तयारी भएको...

मोडेर्नाको कोरोनाविरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी

एजेन्सी, मंसिर १-मोडेर्नाले आफूले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी भएको घोषणा गरेको छ । सोमबार सो कम्पनीले तत्काल प्राप्त तथ्यांकको विश्लेषणबाट खोप प्रभावकारी रहेको पाइएको जनाएको छ । फाइजर कम्पनीले बनाएको खोप...

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा पूर्वकप्तान हरि खड्का दोषी ठहर

काठमाडौं, ५ फागुन ।नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ । बिहीबार विशेष अदालतका न्यायाधीशद्वय अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले नक्कली शैक्षिक प्रमाणपत्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्