विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिकाका १५ बुद्धे राय सुझावहरु दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बुधबार १५ बुद्धे सुझाब दिएका हुन् ।
मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने नीति अबलोकन गर्नेपर्ने आजको आवश्यकता रहेको अध्यक्ष राउतले बताए । जसबाट नीजि क्षेत्रले चाहेको एकल विन्दुको व्याजदर र बैंकहरुले लगानीको अवसर हुने बाटो खुल्ने उनले बताए । महासंघले एक करोड माथीको व्यक्तिगत कर्जा र मार्जिन प्रकृतिको कर्जामा १५० प्रतिशत जोखिम भर्ति सम्पत्ती गणना गर्नुपर्ने व्यवस्थालाई १०० प्रतिशतमा झारिनु पर्ने सुझाब दिएको छ । यस्तै चालु पुंजी कर्जा मार्ग दर्शनको कारण बजारमा मन्दी आएको हुँदा उक्त मार्ग दर्शनलाई समय सापेक्ष गरिनु पर्ने, हाल टिआर कर्जा ९० दिनको हुने व्यवस्थालाई १२० दिन गरिनु पर्ने, चालु पुँजी कर्जा मार्ग दर्शनका आधारमा वर्षको १ पटक ७ दिन सम्म कर्जा शुन्यमा झारिनु पर्ने व्यवस्थालाई खारेज गरिनु पर्ने महासंघले सुझाब दिएको छ । यसैगरी संस्थागत निक्षेपकर्ताको मुद्धती निक्षेपको अधिकतम ब्याजदर आधारदर भन्दा २ प्रतिशत कम हुनुपर्ने, साना तथा मझौला उत्पादनमुलक उद्योगहरुलाई लगाइने ऋणको ब्याजदर आधारदरमा अधिकतम २ प्रतिशत जोखिम प्रिमियर हुनुपर्नेलगायतको सुझाब दिएको छ ।