औषधी व्यसायीको सप्ताहव्यापी कार्यक्रम सकियो, अन्तिम दिन भव्य कार्यक्रम

 न्यूज विराट
औषधी व्यसायीको सप्ताहव्यापी कार्यक्रम सकियो, अन्तिम दिन भव्य कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले सुरू गरेको सप्ताहव्यापी कार्यक्रम सकिएको छ । संघले विराटनगरमा आइतबार एक भव्य कार्यक्रम आयोजना गरी सप्ताहव्यापी कार्यक्रम समापन भएको हो ।

संघले असार ६ गतेदेखि १० गतेसम्म विभिन्न सामाजिक कामहरू गरेको थियो । सप्ताहव्यापी रुपमा गरेको कार्यक्रम अग्रज औषधी व्यवसायीलाई सम्मान गरेर सकेको हो । संघको स्थापना दिवसको अवसर पारेर अग्रज औषधी व्यवसायी बेलबारीस्थित भण्डारी मेडिकल हलका ८० वर्षीया नारद भण्डारीलाई सम्मान गरिएको छ । सम्मानित भएका अग्रज व्यवसायी भण्डारी २०४८ सालदेखि औषधी व्यवसायी क्षेत्रमा आवद्ध भएर मर्यादित र स्वच्छ तरिकाले व्यापर व्यवसाय गर्दै आएका छन् । भण्डारीलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद भिम पराजुलीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सोही दिन संघको भवनमा झण्डोतोलन कार्यक्रम पनि गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद पराजुलीले औषधी व्यवसायी सम्मानित पेशा भएकाले मर्यादित र स्वच्छ रुपमा व्यवसाय गरिनुपर्नेमा जोड दिए । व्यवसायीहरुको हकहितमा प्रदेश सभामा जहिले पनि आवज बुलन्द गरेर अगाडी बढने उनले बताए ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ कोशी प्रदेशका सहकोषाध्यक्ष प्रदीप दास, एनसीडिए सुनसरीका अध्यक्ष रविन्द्र घिमिरे, मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, नेपाल औषधी तथा विक्री प्रतिनधी संघ केन्द्रीय कोषाध्यक्ष राम लुईटेल, नेपाल औषधी थोक व्यवसायी सघंका कोशी प्रदेश अध्यक्ष श्रीपतिलाल दास, मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिल श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमको स्वागत मन्तब्य संघका सदस्य प्रकाश धिमालले गरेका थिए भने कार्यक्रम संचालन उपाध्यक्ष देशबन्धु ढकालले गरे ।

यसअघि संघले स्थापना दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर, खुल्ला रक्तदान कार्यक्रम, कोशी अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण र मोरङ ट्राफिक प्रहरीलाई स्वास्थ्य समाग्री वितरण गरीसकेको छ ।

सम्बन्धित समाचार

पूर्वमन्त्री पण्डितको पहलमा मोरङ–६ मा करोडौँको योजना बजेटमा समावेस

विराटनगर, जेठ २८–निर्वाचनका समयमा आफु निर्वाचित भएपछी कहिल्यै निरास नबनाउने जनतामाझ प्रतिवद्धता जनाएका पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का सांसद लालबाबु पण्डितको पहलमा करोडौँको योजना बजेटमा समावेस भएको छ । सांसद पण्डितको निर्वाचन क्षेत्रमा...

सूर्यराज र मुमारामद्वारा साझा पार्टी परित्यागको तयारी

काठमाडौं, २८ असार-साझा पार्टीका सचिवालय सदस्य डा. सूर्यराज आचार्य र मुमाराम खनाल पार्टी परित्याग गर्ने तयारीमा पुगेको छन् । स्रोतका अनुसार साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेपछि त्यसमा असहमति जनाउँदै...

हत्याको १९ वर्षपछि भारतीय ‘बाबा’ रामरहिमलाई जन्मकैदको सजाय

एजेन्सी, १ कात्तिक ।सन्यासीको भेषमा अपराध लुकाउँदै आएका भारतीय 'बाबा' रामसहित सिंहलाई जन्मकैदको सजाय भएको छ । सोमबार भारतको पञ्चकुल विशेष अदालतले उनीसहित पाँच जनालाई जन्मकैदको सजाय सुनाएको हो । यी पाँचजनाले रञ्जित सिंहको हत्याको गरेको...

तेली समाजद्धारा निःशुल्क लोक सेवा तयारी कक्षा

विराटनगर । तेली कल्याण समाज नेपाल मोरङ्ग र नापी पेशाकर्मी समाज मोरङ्गको संयुक्त आयोजनामा निःशुल्क लोक सेवा तयारी कक्षा गर्ने भएको छ । अमिन, सर्वेयर तथा नापी अधिकृतहरूका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको...

२४ घण्टामै २३ सयभन्दा बढीको पीसीआर परीक्षण

काठमाडौं, ३१- वैशाखएकै दिनमा २३ सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ हजार ३ सय ५७  जनाको स्वाब परीक्षण गरिएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणको कुल संख्या...

सीमावर्ती सवै वडा सिल गर्ने रतुवामाईको निर्णय

विराटनगर, जेठ १०–भारतबाट आएका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछी भारतसँग सीमा जोडिएका रतुवामाई नगरपालिकाका सवै वडा सिल गरिएको छ । रतुवामाई नगरपालिकामा शनिबार स्थानीय सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलपछि नगर क्षेत्रमा कोरोना संक्रमण रोक थाम...

तेली समाजद्धारा एक सय बढीलाई सम्मान

विराटनगर । तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्यसमितिले समाजका एक सय बढी ब्यक्तीलाई सम्मान गरेको छ ।विराटनगरमा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो । समाजले समुदाय भित्रका मेधावी विद्यार्थी, चिकित्सक, स्वास्थ शिक्षा, शिक्षा...

प्रहरीमा एक एआईजी र पाँच डीआईजीकाे दरबन्दी थप

काठमाडौं, ४ मंसिर-नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पद थप भएको छ । गृह मन्त्रालयले पाँच डीआईजी थप्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरेको भए पनि मन्त्रिपरिषद्‌ले एक एआईजीसमेत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्