शिक्षादीप कलेजद्वारा उत्कृष्ट शिक्षक र कर्मचारी सम्मानित
आइतबार, १० असार, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थिति शिक्षादीप कलेजले उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ । कलेजले आइतबार एक कार्यक्रम आयोजना गरी एक जना उत्कृष्ट शिक्षक र दुई जना कर्मचारी सम्मान गरेको हो ।
यसरी सम्मानित हुने फिजिक्स विषय पढाउने शिक्षक दयानन्द सिंह दनुवार, व्यवस्थापन संकाय तर्फका कर्मचारी श्री राम पौडेल र विज्ञान संकायतर्फका कर्मचारी दिपा केसी बस्नेत रहेकी छिन् । सम्मानित भएका शिक्षक र कर्मचारीलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले अनुसाशित भएर अध्ययन गरे विद्यार्थीहरुले सफलता हात पार्ने बताए । उनले अहिलेको शिक्षा सीपसहितको रोजगारमुखी शिक्षा आजको आवश्यक भएको बताए । विद्यालयहरुले सीपसहितको रोजगारमुखी शिक्षा दिनुपर्नेमा जोड दिए । कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले शिक्षादीपमा सबै उत्कृष्ट शिक्षकहरु रहेको जानकारी गराउँदै विद्यार्थीले दिएको भोटको आधारमा एक जना उत्कृष्ट शिक्षक र कर्मचारीहरुलाई छनौट गरी सम्मान गरेको बताए । उनले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी नराखेको बताए ।
गुणस्तरीय शिक्षा प्रदानमा शिक्षादीप कलेज सधै अगाडी रहेको छ । यहाँ अध्ययरत विद्यार्थीहरुले सर्वोत्कृष्ट नतिजा ल्याउने गरेका छन् । उच्च माध्यमिक शिक्षा परीषदले लिने परीक्षामा पनि यहाँ अध्ययरत विद्यार्थीहरुले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । यसअघि शिक्षादीपमा अध्ययरत छात्रा अदिती कुमारी जैनले एमबीबीएस इन्ट्रान्समा छात्रातर्फ टप गरेकी थिइन् ।
काठमाडाैं, २९ वैशाख-साेमबार पुनः १३ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परीक्षणमा कपिलवस्तुका ६, रूपन्देही ६ र बर्दियामा १ जना गरी १३ जनामा काेभिड-१९ काे संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले...
विराटनगर जेठ १८–पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सांसद शिवकुमार मण्डलले सरकारले एमसिसि पारित गराउन छलकपट गरिरहेको आरोप लगाएका छन् । नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डले सरकारले षड्यन्त्रपूर्वक ढंगले संसदमा एमसिसि ल्याउन खोजेको आरोप...
विराटनगर । मोरङको क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले आफ्नो अग्रता बढाएका छन्। २ हजार १ सय ४४ मत खसेको मध्ये २ हजार १० मत सदर भएको मोरङ क्षेत्र नं. ४ का निर्वाचन...
काठमाडौं, माघ २१–शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजबाट दशौं चरणको अन्तिम खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो ३ बजे हुने खेलमा एनआरटी र फ्रेण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । ९ खेलबाट १५ अंक जोडेको एनआरटी अंक तालिकामा...
जनकपुरधाम, माघ २४-नेपाली कांग्रेसले प्रचण्ड–नेपाल समुहलाई अर्को झट्का दिएको छ । सयुक्त आन्दोलनका लागि पटक पटक कांग्रेसको दैलोमा पुगेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई कांग्रेसले अदालतको फैसला नआएसम्म केही हुन नसक्ने प्रतिक्रिया दिदै आएको...
विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ मा महिलाहरुलाई नेतृत्व विकास तालिम दिएको छ । कटहरी गाउँपालिका र कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा शुक्रबार उक्त तालिम भएको हो । तालिमको उदघाटन कटहरी गाउँपालिका अध्यक्ष...
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई सरकारले ल्याएका घातक अध्यादेशविरुद्ध एकजुट हुन, संसदभित्र र बाहिर रहेका दलहरू पनि जोडेर मोर्चा बनाउन अग्रसरता लिन आग्रह गरेक छन् । सरकारले ल्याएका अध्यादेशविरुद्ध...
काठमाडौं, माघ १४–कोरोना भाइरसको आशंकामा मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा थप एक जना बिरामी भर्ना भएका छन् । चीनको वुहान शहरमा अध्ययन गरी फर्किएकी २५ वर्षीया नेपाली छात्रा भर्ना भएको...