प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि बूढानिलकण्ठ र सनराइज स्कुललाई
शुक्रबार, ०८ असार, २०८०,
न्यूज विराट
विराटनगर । प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको बूढानिलकण्ठ अ. मा. वि.का सिरिन भट्टराई र रंगेलीको सनराइज नेशनल स्कुलका रामसुन्दर साहले जितेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले विराटचोकमा शुक्रबार सम्पन्न गरेको चित्रकला प्रतियोगिताको फाइनलमा सिनियरतर्फ बूढानिलकण्ठ र जुनियरमा सनराइज स्कुलले उपाधि जितेको हो ।
सिनियरतर्फको द्धितीय उर्लाबारीस्थित सप्तकोशी स्कुलका संकल्प ढकाल, तृतीय विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलकी कृतिका यादव र चौथो बेलबारीस्थित भानुभक्त स्कुलका रासिक विक घोषित भए ।
यसैगरी जुनियरतर्फको द्धितीय सुन्दरहरैचास्थित जुपिटर स्कुलका हेलिना राई, तृतीय उर्लाबारीस्थित नेवुला स्कुलका प्रेभिस बराल र चौथो पथरीस्थित ग्रेटग्रेस स्कुलकी प्रशना तामाङ्ग घोषित भइन् ।
प्रतियोगिताको निर्णायकहरुमा दिल बहादुर राई, विष्णु चौधरी र नर कुमार श्रेष्ठ रहेका थिए । प्रतियोगिताको फाइनलमा मोरङको १७ वटा स्थानीय तहबाट छनौट भएर आएको ६६ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्याब्सन मोरङका सचिब जगत बस्नेतले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र चौथो हुने विद्यालयका विद्यार्थीहरूले क्रमश ः पाँच, चार, तीन र दुई हजार रुपैयाँको साथै ट्रफि र प्रमाणपत्र पाए । उनीहरूलाई कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाई, उपप्रमुख अकली चौधरी, शिक्षा शाखा प्रमुख लिलादेवी ओझा, प्याब्सन केन्द्रीय सचिब हेमन्त कार्की, केन्द्रीय सदस्य तथा प्राज्ञिक परिषद सदस्य डा. उद्धव पोखरेल, सल्लाहकार सुनिल पौडेल, अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थी, प्याब्सन पुर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई, रमेश कुमार मिश्र, प्याब्सन मोरङका प्रमुख सल्लाहकार शितला सुब्बा, टीका प्रसाद दंगाल, प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाललगायतले वितरण गरेका थिए ।
प्याब्सन मोरङले प्रत्येक वर्ष विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले जिल्ला स्तरीय चित्रकला प्रतियोगिता गर्दै आएको छ ।
पोखरा, २ भदौ-पोखरामा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुने संक्रमित तनहुँकी महिला हुन् । उनको आज बिहान कास्की सेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । तनहुँ ब्यास-१ अम्रेनीकी...
काठमाडौं, २ माघ । सरकारले सबै प्रकारका भेला, जुलुस तथा आमसभा गर्न रोक लगाएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै माघ मसान्तसम्म उक्त कार्य गर्न रोक लगाएको हो । 'सबै प्रकारका आमसभा, जुलुस,...
एजेन्सी, साउन १२-अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा २ सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त...
विराटनगर । विराटनगरको वाइआरसिसि क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको जुट मिल खेलमैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सिराहा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै...
चितवन, ३० वैशाख-कोरोना संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाले पनि कोरोना जितेकी छिन् । २ पटकसम्म गरिएको स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । पूर्वी...
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र वागमती प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा लुम्विनीले लगातार ५ खेलमा जित हात पार्दै एक...
विराटनगर, बैशाख १२-झापाका १ व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएकाे छ । सुनसरीकाे धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा झापाका ६२ वर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे हाे । याेसँगै...
रसुवा, १२ असार-कोभिड-१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोवार पुनःसञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका छन् । नेपाल र चीन २ देशका अधिकारीबीच बुधबार अपराह्न रसुवागढीस्थित मितेरी पुलमा सम्पन्न वार्तामा स्वास्थ्य परीक्षण, सीमा...