कटहरीले ल्यायो ७४ बुद्धे नीति तथा कार्यक्रम

 न्यूज विराट
कटहरीले ल्यायो ७४ बुद्धे नीति तथा कार्यक्रम

विराटनगर । कटहरी गाउँपालिकाले पूर्वाधार, कृषी र स्वास्थ्यलाई प्राथामिकता राखेर आगमी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले ७४ बुद्धे नीति तथा कार्यक्रम बिहीबार सार्वजानिक गरेका हुन् । गाउँपालिकाले स्थानीय पाठ्यक्रमको निर्माण गरी लागू गरिने अध्यक्ष चौधरीले बताए । यस्तै विद्यालय भौतीक पूर्वाधारको मर्मत सुधारलाई प्राथमिकतामा राखिने, स्वास्थ्य केन्द्रहरुलाई प्रविधिमैत्री बनाइने, भवन निर्माण गर्न बाँकी रहेका आधारभूत स्वाथ्य केन्द्रहरुको भवन निर्माण गर्नका लागि संघीय सरकार तथा प्रदेश सरकार सँग आवश्यक समन्वय गरी भवन निर्माण कार्य अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेखछ ।

यस्तैगरी १५ शैया अस्पताल निर्माणको लागि न्यूनतम १५ कठ्ठा जग्गा निःशुल्क प्राप्ति गर्ने प्रकृया सम्पन्न गरी संघीय सरकार सँगको सहकार्यमा आगामी वर्ष १५ शैया अस्पताल निर्माणको थालनी गरिने, स्वास्थ्य संस्थाहरुमा समावेशी पूर्वाधार सहित सवैका लागि सुलभ सेवा उपलव्ध गराइने बताइएको छ । यस्तै कटहरी गाउँपालिकाको भाषा, धर्म, संस्कृति, भेषभुषाहरुको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन तथा उत्थान गर्नका लागि प्राथामिकता दिइने, खेलकुद क्षेत्रको विकासका लागि खेलकुद पूर्वाधार विकासमा जोड दिइने बताइएको छ ।

कार्यक्रममा कोशी प्रदेशका सांसद भिम पराजुलीले कटहरी गाउँपालिकाको बजेट र नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यन्वयन गरेर लैजानुपर्नेमा जोड दिए । सोही अवसरमा कटहरी गाउँपालिकाका योजना शाखा प्रमुख शम्भू सापकोटा नगद ५१ हजार रुपैयाँले सम्मान गरेको छ । सम्मानित भएका सापकोटालाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।

सम्बन्धित समाचार

एनसिडिएको तीन जिल्ला भेला सकियो, स्वच्छ र मर्यादित व्यवसाय संचालन गर्न जोड

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले आयोजना गरेको तीन जिल्लाको भेला सकिएको छ ।विराटनगरमा झापा, मोरङ र सुनसरी गरी तीन जिल्लाको मंगलबार भेला आयोजना गरेको हो । उक्त भेलाले औषधी व्यवसायीहरुको हक...

पत्रकार खतिवडासहित तीन जना सम्मानित

विराटनगर । पुरुषोत्तम धनकुमारी चापागाई स्मृति प्रतिष्ठान विराटनगरले आफनो नवौं बार्षिकोत्सका अवसरमा भाषा साहित्य , धर्म संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान गर्ने तीन जनालाइ सम्मान गरेको छ । विराटनगरमा एक कार्यक्रममा आयोजना गरी तीन जनालाई...

भव्य भयो धौंखल वंशको १७ औं भेला, ७ जना सम्मानित (फोटो फिचर)

विराटनगर । झापा, मोरङ, सुनसरी र ताप्लेजुङ्गमा बसोवार गर्ने श्रेष्ठ सामुदायको धौंखल वंशको १७ औं भेला विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँस्थित पदम कुमार श्रेष्ठको घरमा विविद्य कार्यक्रम आयोजना...

कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

सिन्धुपाल्चोक, २७ कात्तिक-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले जनताको आशा र भरोसाको पार्टी कांग्रेस मात्र भएकाले जनताको विश्वासको कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस...

मनमोहनले तयार पारो पाँच बर्षे रणनीति योजना, प्राकृतिक चिकित्सातर्फको स्नातक तहको पढाइ हुने

विराटनगर । देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच बर्षे रणनीति योजना तयार गरेको छ । कोसी प्रदेश सरकारले चार बर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक बर्ष...

विराटनगरमा युवा संघ र अनेरास्ववियु कार्यकर्ताद्धारा सरकारविरुद्ध प्रदर्शन

विराटनगर, २२ माघ । नेकपा (एमाले) का कार्यकर्ताले शनिबार विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । युवा संघ र अनेरास्ववियु विराटनगर महानगर कमिटीको आयोजनामा कार्यकर्ताले राँके जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । विराटनगरस्थित संसारी माईस्थानदेखि बी...

आगामी बजेटमा सिँचाइका लागि प्रयाप्त बजेट बिनियोजन गर्न सांसद मण्डलको सुझाव

विराटनगर, बैशाख १८–पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शिवकुमार मण्डलले आगमाी बजेटमा कृषकका लागि प्रयाप्त सिँचाई सुविधा सहितको बजेट बिनियोजन गर्न सुझव दिएका छन् । उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयमा सांसदहरुबिच आगामी बजेटमा समेटिनुपर्ने विषयवस्तुका विषयमा भएको...

चोरीको झुठो सूचना दिने दुईजना पक्राउ

जनकपुरधाम । कार र नगद लुटेको भनेर झुठो सूचना दिने दुईजनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका– ७ का दीपनारायण यादव र उनका साथी आशाराम चौधरी रहेका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्