नेपाल फर्मास्युटिकल्स एशोसिएशन कोशी प्रदेशको निर्वाचन : शम्भु साह समूहले सार्वजनिक गर्यो १३ बुद्धे प्रतिवद्धता
बिहिबार, ०७ असार, २०८०,
न्यूज विराट
विराटनगर । असार ९ गते हुने नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशको निर्वाचनमा उठेको शम्भु साह नेतृत्वको समूहले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । साह नेतृत्वको समूहले १३ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
अध्यक्षका उम्मेद्धार साहले पेशागत हकहित, नीतिगत सुधार र प्राविधिक पक्षलाई जोड दिने मुख्य एजेण्डा रहेको बताए । उनले फार्मेसिष्टको सरकारी दरबन्दी बढाउन पहल गर्ने बताए । फार्मेसी परिषदको लाइसेन्स परिक्षा तथा नविकरण प्रदेशबाट गर्ने गराउने व्यवस्था मिलाउन पहल गर्ने उनले बताए ।
साहको समूहबाट उपाध्यक्षमा विश्वनारयण चौधरी, सचिवमा दिपेन्द्र खड्का, कोषाध्यक्षमा संजिप खड्का, सदस्यहरुमा विजय कार्की, रश्मि अधिकारी र संगीना कुमारी चौधरी रहेका छन् । अध्यक्षको उम्मेदवार साह लामो समयदेखि एनपीमा काम गर्दै आएको उनीसँग अनुभव रहेको छ । अध्यक्षका उम्मेदवार साह प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रको वरिष्ठ फार्मेशी अधिकृत रुपमा कार्यरत रहेका छन् । उनी नीति निमार्ण गरेर अगाडी बढने बताएका छन् ।
उत्ता बिवेक दाहालले अध्यक्षमा उम्मेदवारी दिएका छन् । दाहालको समूहबाट उपाध्यक्षमा प्रदिप थापा, सचिबमा कृष्ण प्रसाद बजगाइ, कोषाध्यक्ष याम प्रसाद चौलागाई, सदस्य सुरक्षा भण्डारी, सुवास गच्छदार र सरोज चौधरी रहेका छन् । अध्यक्षको उम्मेदवार दाहाल बीपी प्रतिष्ठान धरानमा फार्मास्टिको रुपमा कार्यरत रहेका छन् । एनपीएकोशी प्रदेशमा करिब सात सय मतदाता रहेका छन् ।
अध्यक्ष उम्मेदवार शम्भु साहको समूहको घोषणा पत्र
१ .फार्मेसी पेशासँग सम्बन्धित स्वदेशी विदेशी संघसंस्थासंग समन्वय गरि प्रदेशमा कार्यरत फामेर्सी जनशक्तिका लागि समय सापेक्ष क्षमता अभिवृद्धि तालिम, गोष्ठी, सेमिनार तथा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्ने ।
२. अस्पताल फार्मेसी निर्देशिका २०७२ पूर्णरुपमा कार्यन्वयन गराउन पहल गर्ने ।
३. प्रदेश तथा स्थानिय मातहतमा कार्यरत फार्मेसी जनशक्तिका पारिश्रमिक नेपाल सरकारले तोके बमोजिमको स्केलमा खुवाउन सम्बन्धित निकायमा पहल गर्ने ।
४. नेपाल फार्मेसी परिषदको लाइसेन्स परिक्षा तथा नविकरण प्रदेशबाट गर्ने गराउने व्यवस्था मिलाउन पहल गर्ने
५. संस्थाको विकबास गर्दै कार्यालय व्यवस्थित गर्ने तथा संस्थका जग्गा प्राप्तीको लागि पहल गर्ने । ६. निजी तथा सामुदायिक फार्मेसीमा कार्यरत जनशक्तिहरुको व्यवसायिक हक हितको लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गर्ने ।
७. जहाँ औषधी त्यहाँ फार्मासिष्टको नारालाई समर्थन गर्दै हरेक स्थानिय तहसम्म दरबन्धीको सुनिश्चितता गर्ने साथै लोकसेवाबाट रिक्त दरबन्दीको बिज्ञापन गर्न पहल गर्ने ।
८. औषधी उद्योग तथा जोखिमयुक्त ठाउँहरुमा कार्यरत साथीहरुलाई जोखिम भत्ता तथा हेल्थ इन्सोरेन्स गर्न रोजगारदाता पहल गर्ने ।
९. सामुदायिक फार्मेसीबाट बिमाको औषधी उपलब्ध गराउने संयन्त्र तयारीका लागि बिमा बोर्ड सँग पहल गर्ने ।
१०. सामुदायिक फार्मेसी संचालन गर्न सहजताका लागि न्यून व्याजदरमा व्यवसायिक लोनको व्यवस्था गराउन सरोकारवालासँग पहल गर्ने ।
११. विभिन्न विषयगत समिति बनाई ६– ६ महिनामा फार्मासिस्टका लेख तथा रचनाहरुलाई प्रकाशित गर्ने ।
१२. संघियताको मर्म अनुसार ७ ओटै प्रदेशमा औषधी ब्यवस्था विभाग तथा राष्ट्रिय औषधी प्रयोग शालाको शाखा जिवस्तार गर्न नेपाल सरकारसँग पहल गर्ने ।
१३. व्यवसायिक हकहितको लागि यसै प्रदेशमा क्रियाशिल अन्य स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुसँग समन्वय तथा सहकार्य गर्ने ।
काठमाडौं, ३ जेठ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले दासढुंगा हत्याकाण्डको छानविन अहिले नभए कहिल हुन्छ भन्दै प्रश्न गरेका छन् । मदन-आश्रितको २७ औँ स्मृति दिवसको अवसरमा आज ट्विट गर्दै उनले यस्तो प्रश्न...
विराटनगर । बालबालिका प्रयोग गरी तरकारी बजार र हटियामा सुनको सिक्री लुटपाट गर्न लगाउने गिरोहको सदस्य पक्राउ परेका छन् । विराटनगरको साप्ताहिक हाट बजारमा तरकारी किन्न गएका सर्वसाधारणको सुनको सिक्री लुटपाट गर्न लगाउने गिरोहका एक...
काठमाडौँ, ४ मंसिर । निकै तामझामका साथ उद्घाटन गरिएका पतञ्जलीका दुवै भारतीय टेलिभिजन च्यानल नेपालमा प्रशारणको इजाजतै नलिएका पाइएको छ । हिजोमात्र प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गर्नुभएका भारतीय योगगुरु रामदेवको पहलमा सुरु भएका दुई...
विराटनगर, २६ साउन । ग्रीन टायर्स प्रालिले कृषि क्षेत्रका लागि टायर उत्पादन गर्ने प्रकृया अघि बढाएको छ । यस उद्योगले कृषि क्षेत्रमा प्रयोग गरिने ट्याक्टर र हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डको भूमि, सारथी मोडलका ठूला...
चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का २ वाइडबडी ए–३३० जहाज काठमाडौं आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए...
सप्तरी, २० असोज-सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७...
विराटनगर । झापाको ओम साई पाथीभरा हस्पिटलले जीनोम परीक्षण सेवा सुरु गरेको छ । कोशी प्रदेशको झापा, सुनसरी र विराटनगरका प्रमुख शहरहरुबाट डीएनए संरचनाको परीक्षण गर्ने सेवा सुरु गरिएको हो । भारतको डेल्टाज्सँगको सहकार्यमा यो...
काठमाडौं, २३ साउन-स्वास्थ्यमा समस्या देखिएपछि सांसद रेशम चौधरीलाई वीर अस्पताल पुर्याइएको छ । डिल्ली बजार कारागारका जेलर गणेश आचार्यका अनुसार उनको खुट्टा सुनिएपछि वीर अस्पताल पर्याइएको हो । उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन...