विराटनगरमा १ साउनबाट सुर्तीजन्य पदार्थ सेवन र विक्री वितरण गर्न नपाइने

 न्यूज विराट
विराटनगरमा १ साउनबाट सुर्तीजन्य पदार्थ सेवन र विक्री वितरण गर्न नपाइने

विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा थप कडाइ गरेर लैजाने भएको छ ।

साउन १ गतेदेखिबाट विराटनगरको सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरणमा थप कडाइ गरेर लैजाने विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले बताएकी हुन् ।

१ वैशाखमा महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने निर्णय गरेको थियो । सोही अनुसार महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको आएको थियो । पछिल्लो समय कार्यन्वयन प्रभावकारी नदेखिएको बताउँदै उनले साउन १ गतेबाट कडाइको साथ सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको विक्री वितरण गर्न नदिने बताइन् ।
हेल्थ आवज, आउटरिच मिडिया प्रालि काठमाण्डौ र विराटनगर ७ नं. वडाको संयुक्त आयोजनामा विराटनगरमा बुधबार भएको धप्रमान तथा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी सरोकारवालाहरुसँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न नदिने बताइन् । ‘सूतिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ कडाइको साथ लागु गरेर कार्यन्वयनमा लिएर जानेछौं,’ उनले भनिन्, ‘महानगरले विराटनगरको सार्वजानिक स्थलमा १ साउनबाट सर्तीजन्य पदार्थ विक्री वितरण र सेवनमा पूर्ण रुपमा रोक लगाएर लानेछौं ।’ हटेर गर्नेलाई ऐनमा भएको नियम अनुसार कारवाहीको दायरामा आउने उनले बताइन् । सूर्तीजन्य पदार्थको सार्वजानिक स्थलमा विक्री वितरण गर्ने महानगरको अभियानलाई सबै संघसंस्थाले साथ सहयोग गरिदिनुपर्ने उनले बताइन् ।

विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाइ गर्न सुरू गरेको हो । चुरोट, गुट्का, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोरसमेत हुने भएकाले महानगर कठोर रुपमा उत्रिएको उनले बताइन् ।

कार्यक्रममा बोल्दै कोशी अस्पतालका दन्त रोग विशेषज्ञ डाक्टर सुधिर श्रेष्ठले सुर्तीजन्य पदार्थको सेवनको कारण मुखको क्यान्सरका विरामीको संख्यामा वृद्धी आएको बताए । ‘धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोले मुखको क्यान्सर अहिले बढेको छ,’ उनले भने, ‘कोशी अस्पतालमा अहिले दैनिक २÷३ जना मुखको समस्या लिएर विरामीहरु आउने गरेका छन् । आएका विरामीहरू सुर्तीजन्य पदार्थ सेवनको कारणले समस्या लिएर आउनेहरू रहेका छन् । ’
कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साह, वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी विजय श्रेष्ठ, विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अली, विराटनगर ७ का वडाअध्यक्ष मधुवावु तिवारी, प्याब्सन मोरङका कोषाध्यक्ष विष्णु डंगोल, पब्लिक फोरमको अध्यक्ष उतम ढुङगेलले रोग निम्त्याउने सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवन अन्त्य गरेर अगाडी बढनुपर्ने बताए । त्यसको लागि सचेतना मुलक कार्यक्रम गरेर सूतिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ कडाइको साथ लागु गर्नुपर्नेमा जोड दिए ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ विक्री वितरण गर्न गराउन नपाउने व्यवस्था छ । विद्यालय, स्वास्थ्य संस्था आसपास खुलेआम रुपमा सूर्तिजन्य पदार्थको बिक्री वितरण भैरहेको र त्यसलाई पूर्ण रुपमा रोक्न महानगरपालिका लागि पर्ने भएको हो ।

सम्बन्धित समाचार

बुद्धोदय सहकारीद्धारा राहत कोषबाट एक लाख वितरण

विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाले एक जना सेयर सदस्यको परिवारलाई मृत्यु राहत कोषबाट राहत रकम एक लाख रुपैयाँ वितरण गरेको छ ।सेयर सदस्य बुढीगंगा गाउँपालिका – १ की...

प्रदेश सभा बैठक, भ्रष्टचार र अनियमितताको छानविन गरिनुपर्ने माग

विराटनगर । कोशी प्रदेशसभाको शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरुले भ्रष्टचार र अनियमिततामा छानविन गरिनुपर्ने माग राखेका छन् । शुक्रबार बसेको प्रदेशभाको बैठकको शून्य समयमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।शुन्य समयमा प्रदेश सभा सदस्य...

आज ३०० औं पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ । सर्वसाधारणका...

सरकारसँग ऋण लिएर आयल निगमले आईओसीलाई पठायो १३ अर्ब बढी भुक्तानी

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड लिएर जनवरी महिनाको...

बालिका बलात्कारपछि हत्या अभियुक्तलाई आजीवन कैद

विराटनगर, माघ १७–विराटनगरकी १० वर्षीया रुपमति दासको बलत्कारपछि हत्या गर्ने दुई जना अभियुक्तलाई अदालतले आजीवन कैदको फैसला गरेको छ । विराटनगर–८ बलुवाहीका १९ वर्षीय चन्दु महतो र सोही ठाउँका २५ वर्षीय भुट्टु भन्ने अब्बास अन्सारीलाई...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न

विराटनगर, २१ असार । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सोमबार विषेश समारोहकाबिच वर्ष २०२२–२३ का पदाधिकारी र सदस्यहरुलाई पदस्थापन गराइएको हो । रोटरी...

स्थानीय सरकारको गैरजिम्मेवारी : कोरोना सङ्कटका बेला विलासी गाडी किन्न टेन्डर

जनकपुरधाम, ४ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यून गर्ने सरकारले लकडाउन लागू गरेका बेला स्थानीय तह जनतालाई राहत दिनुका साट्टा विलासी गाडी किन्न टेण्डर निकालेका छन् । धनुषाको हंसपुर नगरपालिकाले करिब १ करोड...

नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर ६ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्