नेपाल मेडिकल कलेज तोडफोड प्रकरण : छानविन गरी दोषीलाई कारवाही गर्न प्राइभेट मेडिकल कलेजको माग
बिहिबार, ३२ जेठ, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा अस्पताल तोडफोड गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गालीगलौज गरि अभद्र व्यवहार गरिएको घटनाको निन्दा गर्दै प्रशासनले घटनाको अनुसन्धान गरी दाषीलाई कारवाही गर्न एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले माग राखेको छ ।
मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्र्कीले बिहीबार एक विज्ञाप्ती जारी गर्दै यस्तो माग राखेका हुन् ।
२७ जेठमा नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा एक जना विरामी भर्ना भएका थिए । ती विरामीको सोही दिन ल्याप्रोस्कोपिकलाई ओपन कोलेसिस्टेक्टोमीमा रूपान्तरण सर्जरी गरी उपचार हुदै गरेको विरामीको अकस्मात ग्लोबल हाइपोक्सिक इस्केमिक एन्सेफैलोपैथी भई हाल आईसीयूमा उपचाररत रहेका छन् ।
सो घटना सम्बन्धमा जेठ ३० गते बिरामीका आफन्तहरुले अस्पताल तोडफोड गर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गालीगलौज गरि अभद्र व्यवहार गरिएको घटना अत्यन्तै निन्दनिय र भर्त्सना योग्य रहेको विज्ञाप्तीमा उल्लेख छ । ‘उपचारत विरामीको गम्भीर्यतालाई नबुझी अस्वभाविक रुपमा उत्तेजनामा आई अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पुऱ्याई विरामीहरुको उपचारमा खटिने चिकित्सक, तथा स्वास्थ्यकर्मी लगायतलाई मानसिक तनाव सिर्जना गरिनु गैर मानविय कार्य हो । उपचार प्रक्रियामा चित्त नबुझेको अवस्थामा कानुनी बाटो अवलम्वन गर्ने प्रावधान हुँदा हुदै पनि अस्पताल नै तोडफोड गर्ने जस्तो अपराधिक गतिविधि संलग्न हुनु अत्यन्तै दुःखद कार्य भएको छ,’ डा. कार्कीले हस्ताक्षर गरिएको विज्ञाप्तीमा भनिएको छ, ‘ स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा यस प्रकारको अमानविय घटना घटाई स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबललाई नै निरुत्साहित पार्ने कार्यमा संलग्न दोषीमाथी छानविन गरी कानुनी कारवाही गर्न यस संघ नेपाल सरकार तथा स्थानीय सुरक्षा निकाय समक्ष जोडदार माग गर्दछ ।’
काठमाडौं, जेठ ४-सरकारले भारतसँग अन्य देशबाट कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार गर्ने भएको छ । विदेशमा रहेका नेपाली नागरिक उद्धार गर्ने विषयमा कोभिड- १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा छलफल भएको...
मोरङ –प्रदेश नं. १ का ३ शहरमा विपन्न बालबालिकाका लागी खेलकुद नेपाल (पिडिसिएन) ले ‘थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ । पिडिसिएनको आयोजनमा विराटनगर लगायत धरान र विर्तामोडमा गर्ने भएको छ । प्रतियोगिता...
बुटवल, ८ असार-बुटवलबाट रिडितर्फ जाँदै गरेका ४ वटा सवारीसाधन तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिँदा ३ जनाको मृत्यु भएको छ । घटनास्थलमै २ र १ जनाको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक...
काठमाडौँ, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । तीन राप्रपा एक भएपछि यो एकता महाधिवेशन हुन लागेको हो । काठमाण्डौको भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे उद्घाटन समारोह रहेको...
कैलाली, ३० वैशाख-नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय डोटीको दिपायल राजपुरबाट कैलाली सरेको छ । वि.सं २०६० सालमा तत्कालिन सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा उक्त सेनाको पृतना स्थापना भएको थियो । स्थापना भएको १७ वर्षमा उक्त...
विराटनगर, चैत ३–नेपाल औषधी व्यवसायी संघ मोरङको सोमवार बसेको बैठकले औषधी व्यवसायी वेदबहादुर थापा (गणेश थापा) लाई कार्य समिति सदस्यमा मनोनित गरेको छ । विराटनगर स्थित संघको कार्यालयमा बसेको बैठकले विराटनगर अस्पताल चौक स्थित कलश...
विराटनगर, ३० माघ । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिय पहिचान सुचिकृतगर्न मागगर्दै मोटरसाईकल ¥याली सहित खबरदारी सभा गरेको छ । समितिले बिराटनगरमा मोटरसाईकल ¥यालीसहित खबरदारी सभा गरेको हो । समितिको अगुवाईमा विराटनगरको राजवंशीचोकबाट...