
थप २२९ मा कोरोना सङ्क्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४ जनाले पीसीआर र दुई हजार ६८ जनाको...
विराटनगर । कोशी प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । विराटनगरस्थित प्रदेश सभा भवनमा बुधबार दिउँसो १ बजे प्रदेश प्रमुख पर्शुराम खापुङ्गले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका थिए । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले नीति तथा कार्यक्रम चालु अधिवेशन बुधबार १ बजे सम्बोधन गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको सरकार प्रवक्ता भक्ति सिटौलाले जानकारी दिए । प्रदेश प्रमुखले प्रदेश सभामा सम्बोधन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन पनि प्रदेश सभा सचिवालयलाई दिर्नेशन दिएको उनले बताए । प्रदेश सरकारले यसअघि नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको थियो ।
जेठ २४ गते नीति तथा कार्यक्रम सदनमा पेश गर्ने तयारी गरिएको बेलामा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता जेठ २३ फिर्ता लिएको थियो । माओवादीले समर्थन फिर्ता लिएसँगै अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा स्थगित भएको थियो ।
बुधबार आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गरेर प्रदेशसभाको बैठक अन्त्य गर्ने तयारी गरिएको छ । कार्की नेतृत्वको सरकार अल्पमतमा परेकोले सदन स्थगित भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४ जनाले पीसीआर र दुई हजार ६८ जनाको...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्रथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् । खाद्य सुरक्षाको लागि देशकै प्रमुख अन्नबालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गर्नु पर्ने आवश्यक्ता रहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले...
विराटनगर । भारतदेखि तस्करी गरी सुनसरीको सानापुरमा रहेको बाबा उद्योगमा क्या रिङ गरेर मैदा तस्करी गर्ने गिरोहका मुख्य नाइकेसहित पाँच जना सवारी चालक धरौटी रकम बुझाएर रिहा भएका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद...
जनकपुर, ३१ वैशाख-वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन कक्षबाट २ जना कोरोना संक्रमित भागेका छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले नारायणी अस्पतालबाट २ जना संक्रमित भागेको खबर आएको र...
विराटनगर । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक – शिक्षक नै मुख्य रुपमा कुनै पनि शैक्षिक संस्था सफल हुन चाहिने पूर्व सर्त हुन् । यही व्यवस्थापकीय विज्ञान र कला अनि यसका...
विराटनगर । विश्व वातावरण महिना २०२४ को अवसरमा विराटनगर महानगरपलिका अन्तरगत वातावरण र जलवायु न्यायका विषयमा विभिन्न अभियान, सचेतनामूलक कार्यक्रम तथा पहल कदमिहरुलाई पछ्याउँदै ग्रिन सिटी भलुन्टर र दिगो विकास इन्स्टिच्युटले विराटनगर महानगरपालिका सँगको सहकार्यमा...
विराटनगर, बैशाख १०–पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शिवकुमार मण्डलले पार्टी र सरकारलाई मजबुद बनाउन सवै नेता कार्यकर्ता एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका सांसद मण्डलले सरकारले अध्यादेश...
काठमाडौं, २६ वैशाख-मलेसिया सरकारले अवैध रुपमा लुकेर काम गर्दै आएका आप्रवासी कामदारलाई देश छाड्न अपिल गरेको छ । कडा प्रवन्धबीच औद्योगिक क्षेत्र र मलहरू खुला गरेको मलेसियामा संक्रमितहरूको बृद्धिदर अहिलेकै अवस्थामा रहे त्यसलाई नियन्त्रण गर्न...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.