काठमाडौंमा भाइले गरे दाइको हत्या

 न्यूज विराट
काठमाडौंमा भाइले गरे दाइको हत्या

विराटनगर । काठमाडौंमा हतौडा प्रहार गरी भाइले दाइको हत्या गरेका छन्। सोमबार राति १२ बजे काठमाडौं महानगरपालिका(२३ ओमबहाल माथेमा चोकमा भाइले दाइको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

घरायसी विवाद हुँदा २५ वर्षीय सुरज शाक्यले हतौडा प्रहार गरी ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको आरोप छ।

आमालाई दाइले गाली गरेको झोंकमा भाइले हतौडा प्रहार गरी हत्या गरेको एसपी रिजालले बताए।

‘दाजुभाइबीच पहिला पनि पटक पटक झगडा हुने गरेको र हिजो बुढी आमालाई गाली गरेपछि झोंकमा उनले हतौडाले हानेका रहेछन्’, उनले भने।

उक्त खबर पाएपछि प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो। घटनापछि भागेका भाइ सुरजलाई प्रहरीले काठमाडौं(२५ सिगलबाट मंगलबार बिहान पौने ९ बजे पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

लिदी पहिरो : मृत्यु हुनेको संख्या १६ पुग्यो, २३ जना अझै बेपत्ता

सिन्धुपाल्चोक, ३१ साउन-बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित घटनास्थलको अवलोकन गरेका छन् । मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर...

उच्च सतर्कताका साथ विराटनगरबाट हवाई उडान सुरु, पहिलो दिन ६ उडान

विराटनगर, ५ असोज–कोरोना भाइरस महामारी नियन्त्रण गर्न गरिएको लकडाउनपछि गत चैत ११ गतेबाट बन्द हवाइसेवा सोमबारबाट सुरु भएको छ । लामो समयको बन्दपछि सोमबारदेखि सुरु भएको हवाइसेवामा पहिलो दिननै विराटनगर विमानस्थलबाट ६ उडान भएका छन्...

गुल्मीका संक्रमितको भेन्टिलेटरमा उपचार जारी, भ्रामक खबरप्रति विश्वास नगर्न अस्पतालको आग्रह

काठमाडौं, ६ जेठ-सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मीका संक्रमितको अहिले क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार मदाने गाउँपालिका-६ निवासी ४१ वर्षीय संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको हो । उनको स्वास्थ्य अवस्था गम्भीर भए...

हरेक वर्ष ५ प्रतिशतले लागूऔषध प्रयोगकर्तामा वृद्धि, दण्ड हैन उपचारको विकल्प खोजौँ

काठमाडौं । हरेक वर्ष ५ प्रतिशतका दरले नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्यामा वृद्धि आएको सरकारी तथ्यांकले देखाएको छ । लागूऔषध प्रयोगकर्तामा कमी आउनुको अलवा प्रत्येक वर्ष ५ दशमलब ६ प्रतिशतले बढ्नुमा गरिबी मुख्य कारक रहेको अधिकारीहरुले...

विराटनगरको मेरील्याण्ड कलेज देशभरीको उत्कृष्ट ८ मा पर्न सफल

विराटनगर । व्यवस्थापन शिक्षाका लागि नम्बर एक कलेजको सूचीमा पर्दै आएको विराटनगरस्थित मेरील्याण्ड कलेज देशभरीको उत्कृष्ट २० कलेज भित्र पर्न सफल भएको छ । केन्द्रविन्दु अनलाइनले देशभरीको प्लस टुको नतिजा, शैक्षिक गुणस्तर, व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी,...

थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं, ४ जेठ-नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा थप १० जनाा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित सबै रौतहटबासी रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं,  २५ भदौ-बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ वृद्धि भएको छ । बुधबार ९६ हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी...

भक्तपुरका २ महिला र काठमाडौंका १ पुरुषसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३० वैशाख-नेपालमा थप २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका आज परीक्षण गर्दा थप २६ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरुमा पर्साका १८, महोत्तरी, धनुषा, भत्तपुरका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्