यात्रुबहाक बसमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ

 न्यूज विराट
यात्रुबहाक बसमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । दुर्घटनापछि यात्रुबहाक बसमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका – ३ नयाँ मंगलबारे सडक खण्डमा यात्रुबाहक बसमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई शनिबार पक्राउ गरेको हो ।

जेठ २५ गते साढे ३ बजे यात्रुवहाक बसले ठक्कर दिएर एक जना स्कुटल चालकको मृत्यु भएको थियो । सवारी दुर्घटनामा परी मृत्यु भएपछि आक्रोशित भिडले मे १ ख ३०७३ नम्बरको यात्रुबहाक बस आगजनी गरिदिएका थिए । सोही बसमा आगजनी गरेको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीले पाँच जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.१ का १८ वर्षीया प्रज्वल भन्ने गोकुल भण्डारी, पथरी शनिश्चरे नगरपालिका वडा नं.४ सम्झना चोक बस्ने बर्ष २८ का जिबन थापा, पथरी शनिश्चरे नगरपालिका वडा नं.९ गिरिटोल बस्ने बर्ष २० को मानव भन्ने अनमोल राई, पथरी शनिश्चरे नगरपालिका वडा नं.२ नवज्योती बस्ने बर्ष २० को आयुस रिजाल र पथरी शनिश्चरे नगरपालिका वडा नं.२ देविगन्ज बस्ने बर्ष २० को गोरे भन्ने मोहन कुमार मगर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनीहरूलाई आपराधिक उपद्र्र कसूरमा मोरङ जिल्ला अदालतबाट आइतबार ७ दिनको म्याद थप भई थप अनुसन्धानको कार्य भई रहेको डिएसपी दाहालले बताए ।


उर्लाबारीको मंगलबारे स्थित सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबाहक बसले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश नं.०१–०१–०१३ प २९० नं.को स्कुटरलाई अगाडीबाट ठक्कर दिंदा स्कुटर चालक झापा कमल गाउँपालिका वडा नं–२ बस्ने बर्ष ३३ का पवन सुबेदीको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे मृत्यु भएको थियो । प्रहरीले बस चालक झापा कन्काई नगरपालिका वडा नं.–३ बस्ने बर्ष ३२ का टंक प्रसाद सुबेदीलाई नियन्त्रणमा लिएर सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्दै आएको छ ।

सम्बन्धित समाचार

दिल्लीस्थित जामिया विश्वविद्यालय बाहिर गोली चल्यो

एजेन्स, माघ २०–भारतको राजधानी नयाँ दिल्लीस्थित जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयल बाहिर गोली चलेको छ । बीबीसीका अनुसार विश्वविद्यालयको गेट नम्बर पाँचमा गोली चलेको हो । जामियाका छात्र जोएब अहमदले भने, ‘अचानक मानिसहरु चिच्याएको आवाज आउन...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १० संक्रमितको मृत्यु

विराटनगर, २९ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाईरसको संक्रमणबाट १० जनाको मृत्यु भएको छ । झापामा ५ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र चार पुरुष रहेका छन् । त्यस्तै...

अब आयस्रोत नखुलाई लगानी गर्न पाउने सुविधा, अन्तर्राष्ट्रिय निकायले नेपाललाई कालोसूचीमा राख्ने जोखिम

काठमाडौं, ३ असोज । सरकारले आयस्रोत नखुलाई लगानी गर्न पाइने व्यवस्था गरेपछि सम्पत्ति शुद्धीकरणविरुद्धको मामिलामा काम गर्ने सरकारी निकायका अधिकारीले नै विरोध गरेका छन् । तीन वर्षअघि नै विरोधपछि फिर्ता भएको यस्तो व्यवस्था नयाँ अर्थमन्त्री जनार्दन...

मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरीले चाइनिज पेस्तोल र सिक्सर पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल  बिओपी सिक्टीले मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारीबाट पेस्तोलसहित दुई जनालाई आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

कोशीको आकस्मिक कक्षमा २८ शैय्या थपिएपछि उपचारमा सहज

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा शैय्या थप गरेपछि विरामीको उपचारमा सहज बनाएको छ । रामीको चापको कारण शैय्या अभावले झ्यालमा बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले २८ वटा बेड थप गरेको...

पोखरीया स्कुलमा भर्ना लिन प्रवेश परीक्षा, ६४५ जनाको कोटामा २४३१ विद्यार्थी

विराटनगर । विराटनगर ३ स्थित पोखरीया माविले नयाँ विद्यार्थी भर्नाको लागि सोमबार प्रवेश परीक्षा लिएको छ । कक्षा १ देखि ९ सम्म ६४५ जना विद्यार्थीको कोठामा २ हजार ४३१ जना विद्यार्थीहरुले आवेदन दिएका छन् ।...

एभरेष्ट स्कुलमा ‘एभरेष्ट कार्निभल’ शनिबारदेखि सुरु हुने

विराटनगर । विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुलले यस वर्ष पनि ‘एभरेष्ट कार्निभल २.०’ गर्ने भएको छ । एभरेष्ट कलेजको खेलमैदानमा शनिबारदेखि एभरेष्ट कार्निभल हुने तयारी गरिएको छ । स्कुलले शुक्रबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि...

प्रदेश १ मा दैनिक संक्रमणको नयाँ रेकर्डः आज १०३९ संक्रमित थपिए

विराटनगर, ३० वैशाख । प्रदेश १ मा आज १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्