बेलबारी उद्योग वाणिज्य संघमा श्रेष्ठको प्यानलै विजयी

 न्यूज विराट
बेलबारी उद्योग वाणिज्य संघमा श्रेष्ठको प्यानलै विजयी

विराटनगर । बेलबारी उद्योग वाणिज्य संघमा सत्ता गठबन्धनको प्यानल नै विजयी बनेको छ । नयाँ नेतृत्व चयन गर्नका लागि शनिवार मतदान भएको थियो । आइतावार बिहान सम्पन्न मतगणना अनुसार भेष कुमार श्रेष्ठले ४८५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माधवराज थापाले ३८५ मत मात्रै प्राप्त गरेका छन् । थापा एमालेका हुन भने श्रेष्ठ काग्रेसका हुन् ।

वरिष्ठ उपाध्यक्षमा सन्दीप राई निर्वाचित भएका छन् । राईले ५०१ मत प्राप्त गर्दा धर्मराज गुरुङले ३२३ मत प्राप्त गरेका छन् । वाणिज्य उपाध्यक्षमा केश थापामगरले ४२२ मत प्राप्त गरी विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पाटीका सुवास श्रेष्ठले भने ३७९ मत मात्रै प्राप्त गरेका छन् ।

उद्योग उपाध्यक्षमा राजन गोर्खाली दर्नालले ४३० मत ल्याएर विजयी बनेका छन् भने मोहन प्रसाद पोख्रेलले ३७९ मत मात्रै प्राप्त गरेका छन् । महासचिवमा विवेक मिश्र दोहोरीका छन् । यस अघि पनि मिश्र महासचिव नै थिए । मिश्रले ४४३ मत पाउँदा राजु बस्नेतले भने ३७९ मत प्राप्त गरेका थिए । मिश्र र बस्नेत दुवै जना काँग्रेस निकटका हुन । महासचिवमा मिश्रलाई दोर्हयाउने निर्णय गरेपछि बस्नेत थापाको टिममा गएर महासचिवमा उठेका थिए । उनलाई काँग्रेसले कारबाही समेत गरेको छ ।

वाणिज्य सचिवमा टिकाराम श्रेष्ठ रुपेस निर्वाचित भएका छन् । नगेन्द्र राईलाई २२४ मतले हराउँदै उनी निर्वाचित भएका हुन । श्रेष्ठले ५२४ मत प्राप्त गर्दा ३ सय मत मात्रै पाएका थिए ।

उद्योग सचिवमा सुरेश कुमार श्रेष्ठ निर्वाचित भएका छन् । सन्तोष प्रसाईँलाई हराउँदै श्रेष्ठ निर्वाचित भएका हुन । श्रेष्ठले ४३३ मत पाएका थिए भने प्रसाईँले ३८१ मत पाएका थिए । कोषाध्यक्षमा अर्जुन कुमार कार्कीले४३६ मत ल्याएर निर्वाचित हुँदा सुरेन्द्र तामाङले ३८१ मत मात्रै पाएका थिए । सह कोषाध्यक्षमा वसन्त नेपाल निर्वाचित भएका छन् । नेपालले४५० मत प्राप्त गर्दा मन्दिरा खत्रीले ३५३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक रमेश निरौलाले बताए ।

सम्बन्धित समाचार

पढाईप्रति अभिरूची बढाउन शिक्षादीप कलेजद्धारा विद्यार्थीलाई ‘मोटिभेसन’

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले विद्यार्थीहरूलाई मोटिभेसन तालिम दिएको छ । एसईई दिएर बसेका विद्यार्थीहरूको लागि कलेजले आइतबार मोटिभेसन कार्यक्रम आयोजना गरिएको हो । एइइको परीक्षा दिएर बसेका करिब पाँच सय बढी विद्यार्थीहरूलाई दुई समूह...

नेपाल बन्द प्रभावहीन बनाउन गृह मन्त्रालयको निर्देशन, भोली विराटनगरका स्कुल/कलेज बन्द

विराटनगर, ३ फागुन । विभिन्न ६ वटा पार्टीले भोली गरेको नेपाल बन्दलाई प्रभावहीन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । एमसीसीको विरोधमा बन्दको आह्वान गरेपछि गृह मन्त्रालयले शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई सर्कुलर गरेको...

संघीय संसदका पदाधिकारीलाई नयाँ लोगो हस्तान्तरण

काठमाडौं, ३२ साउन|संघिय संसदबाट पारित भएको नेपालको नयाँ अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) संघीय संसदका पदाधिकारीहरूलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख...

लकडाउन र निषेधज्ञाको विकल्प खोज्दै प्रदेश १ सरकार

विराटनगर, १८ भदौ–प्रदेश १ सरकारले लकडान र निषेधज्ञाको विकल्प खोज्ने तयारी गरेको छ । प्रदेश १ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले लकडाउन र निषेधज्ञाको बिलप खोजिने बताएका हुन् । उनले सुरक्षा...

ग्रामथानमा चौतारा निर्माण गरि समुदायलाई हस्तान्तरण

विराटनगर, १५ माघ । मोरङको ग्रामथानका एक समाजसेवीले निजी खर्चमा चौतारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन् । ग्रामथान–५ का नेमनारायण चौधरीले स्थानिय मशानचोकमा चौतारा निर्माण गरेका हुन् । विराटनगर–विराटचोक फोरलेन सडक किनारमा चौधरीले १...

खानेकुरा एउटै मस्जिदमा मरे १ हजारभन्दा बढी सेतो परेवा

एजेन्सी, जेठ २८-अफगानिस्तानको चर्चित मजार ए शरीफ मस्जिदमा पालिएका करिब एक हजार सेतो परेवा मरेका छन् । लकडाउनका कारण मस्जिदमा खानेकुरा नपाउँदा सो मस्जिदमा पालिएका ति परेवाको मृत्यु भएको हो । लकडाउनका कारण लामो समयसम्म...

म्याद सकिएको औषधी बेच्ने साईकृष्ण मेडिकल हलमा शिलबन्दी

विराटनगर । म्याद सकिएको औषधी विक्री वितरण गरेको पाइएपछि औषधी व्यवस्था विभाग विराटनगरले एउटा फार्मेशी शिलबन्दी गरेको छ ।अमित कुमार चौधरीले संचालन गरेको विराटनगर १२ नहरचोक रानीपथमा रहेको साईकृष्ण मेडिकल हलले म्याद सकिएको औषधी विक्री...

प्रथम रविदानन्द चौधरी कप : फाइलनमा विराट र रंगशाला भेट्रान भिड्ने

विराटनगर । प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको उपाधिको लागि विराटनगरको विराट युनाइटेड भेट्रान र रंगशाला भेट्रानबीच प्रतिस्पर्धा हुने भएको छ । मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा आइतबार सम्पन्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्