नर्सिङ्ग क्याम्पसको प्रशासनिक र प्रमुखको आवास गृह उद्घाटन

 न्यूज विराट
नर्सिङ्ग क्याम्पसको प्रशासनिक र प्रमुखको आवास गृह उद्घाटन

विराटनगर । विराटनगर नर्सिङ्ग क्याम्पसको शैक्षिक, प्रशासनिक एवं क्याम्पस प्रमुखको आवास गृहसहितको भवन संचालनमा आएको छ । क्याम्पसन परिसरमा तीन तलाको भवनको बुधबार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको हो ।
उक्त आवास गृहसहितको प्रशासनिक भवनको उद्घाटन त्रिभुवन विश्व विद्यालयका रजिष्ट्रार प्राडा पेशल दाहालले गरे ।
तीन तलाको भवनमा पहिलो तलामा कक्षा कोठा, दोस्रो तलामा प्रशासनिक भवन र तेस्रो तलामा क्याम्पस प्रमुखको आवसगृह रहेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्र्तगतको कोशी प्रदेशको विराटनगरमा रहेको एकमात्र नर्सिङ्ग क्याम्पस हो । यसको स्थापना २०२३ सालमा नेपाल सरकारको अनमी. तालिम केन्द्रको रुपमा भएको हो । २०२९ सालमा त्रि.बि. चिकित्सा शास्त्र अध्ययन संस्थान स्थापना भएपछि त्रि.वि.अन्तरगत कार्यक्रमहरु संचालन भए । विभिन्न समय कालखण्ड पार गर्दै यस क्याम्पसले ५७ वर्ष पुरा गरी सकेको विराटनगर नर्सिङ्ग क्याम्पस प्रमुख मेनुका भण्डारीले जानकारी दिइन् । यसमा प्रमाण पत्र तह नर्सिङ्ग ४५ जनाअध्ययन गर्छन । ‘जुन २०७६ बाट फेज आउट भएको छ । यो हाम्रो चाहना थिएन, बिश्वबिद्यालयको नम्स अनुसार भएको हो,’ उनले भनिन्, ‘किनकि यो क्याम्पस प्रमाणपत्र नर्सिङ्ग बाट बढी चर्चा पाएको क्याम्पस हो । यसै बर्षबाट क्याम्पसमा बी.एन.एस. तथा बी.एस.सी. ४०–४० कोटामा संचालन भएको छ । जुन हाम्रो लागि ऐतिहाहिक उपलब्धी पनि हो ।’ यस क्यामपसबाट उत्पादित नर्सिङ्ग जनशक्ति स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अब्बल भएर काम गरिरहेको अवस्था रहेको उनले बताए । हाल विराटनगर नर्सिङ्ग क्याम्पस अलुमनाई असोसिएसनको अध्यक्ष प्रध्यापक डा. राम शरण मेहता रहेका छन् ।
यस क्याम्पसमा पूर्व मेचीदेखी पश्चिम महाकाली सम्मका बिध्यार्थीहरु पढ्ने भएकोले उनीहरुलाई सहुलियतमा होस्टलको व्यवस्था पनि उपलब्ध गराईएको छ । करीब १५० जना विद्यार्थी होस्टलमा रहेका छन् ।
क्याम्पसले संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायानको प्रमाणपत्र पनि प्राप्त गरेको क्याम्पस प्रमुख भण्डारीले बताइन् । यो प्रमाणपत्र पाउन चार वर्ष समय लागेको उनले बताइन् ।

सम्बन्धित समाचार

रियालिटी शो ‘डान्स मास्टर’को घोषणा, तेरिया र सुशान्त पनि जज

नेपालमा डान्सिङ रियालिटी शो 'डान्स मास्टर लिल चाम्स' सुरु हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो । 'थ्रि प्रोडक्सन'ले 'नेपा प्रोडक्सन'सँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी...

कान्तिपुर कलेज र रेड स्टार कलेजले जित्यो हिसान फुटबलको उपाधि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार राती भएको फुटबल प्रतियोगिताको उपाधि विराटनगरको कान्तिपुर कलेज र पथरीको रेड स्टार कलेजले जितेको छ । विराटनगरको शहिदमैदानमा फ्लटलाईटमा भएको रात्रीकालिन छात्र...

धरान प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा

विराटनगर । स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ । निषेधाज्ञा जारी भएकोले धरान शान्त छ...

देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र...

पसल खोल्न र जोरबिजोरमा सवारीसाधन सञ्चालन गर्न दिने सरकारको निर्णय

काठमाडौं, २८ जेठ-सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सम्पन्न मन्त्रिपरिषद्को बैठकले सबै प्रकारका पसल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।  साथै, बैठकले...

झलनाथ खनालको स्वास्थ्यमा सुधार

काठमाडौं, ४ असार । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा सुधार आएको उनको सचिवालयले जनाएको छ । मिर्गौलामा समस्या भएपछि नेता खनाललाई बुधबार...

पैसा नदिएको झोंकमा मोरङमा मजदुरले गरे निर्माण व्यवसायीको हत्या

विराटनगर, २ जेठ-मोरङको लेटाङमा छुरा प्रहार गरी शुक्रबार राति एक निर्माण व्यवसायीको हत्या भएको छ। लेटाङ-३ का १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले लेटाङ नगरपालिका-३ का २२ वर्षीय रोमन राईको हत्या गरेको प्रहरीले बताएको...

पछिल्लो २४ घण्टामा २२४८ जना कोरोनामुक्त

आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा कुल १२ हजार ५ सय १६ नमूना परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सो मध्ये ९ हजार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्