कोशी प्रदेश विरुद्ध आन्दोलन : किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष पनि पक्राउ, पक्राउ पर्नेको संख्या २६ पुग्यो
आइतबार, १४ जेठ, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हताजु राई पनि पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई विराटनगरको देबकोटा चौकमा रहेको एक होटलमा चिया खाएर बाहिर निस्किएपछि आज पक्राउ गरेको हो ।
राई पक्राउ परेसँगे पक्राउ पर्नेको संख्या २६ पुगेको पहिचानवादीहरुले जानकारी दिएको छ ।
कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि यसअघि विहान आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् । १२÷ १५ जना एलभी लेखिएको हेल्मेट लगाएको समूहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत पुस १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।
उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनकोे घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरुले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् ।
सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने जनाएको छ ।
विराटनगर । विराटनगरस्थित मोर्डन एरा स्कुलका प्रिन्सिपल इन्द्र राईले लेखन गरेको ‘ कस्ले सुन्ने ?’ नामक नाटक मन्चन गरेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा मंगलबार उक्त नाटक मन्चन गरेको हो ।सुरज माझीले निर्देशन गरेको कस्ले...
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्दै आएको विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजले आफ्नो २१ औँ वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । कलेज परिसरमा शुक्रबार एक...
विराटनगर, ३१ भदौ-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा बुधबार बिहान थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बीपीको कोभिड अस्पतालमा सप्तरीको खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु...
विराटनगर, साउन १९–प्रदेश १ का एक उच्च पादधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर–५ घर भएका प्रदेशका एक उच्च पदाधिकारी सहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो । उनीसहित उनकी श्रीमती र छोरालाई...
आषिका लम्सालविराटनगर । प्रदेश १ का सांसद जीवन अचार्यले देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।विहिवार बधाई कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नम्बर ६ (१) बाट प्रदेश सभामा प्रत्यक्षतर्फ...
काठमाडौं, १ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को सामना गर्न नेपाली युवा एवं विद्यार्थीलाई आह्वान गरेका छन् । ३१औँ युवा दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट समृद्धितिर, गरिबीबाट सम्पन्नतातिर...
काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरूप सत्तागठबन्धनको निर्णायक भनिएको आजको बैठक पनि बिनानिष्कर्ष सकिएको छ । एक घण्टा पनि नबसी आइतबार पुन: बैठक बस्ने गरी नेताहरू उठेका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार फागुन गते...
विराटनगर, १२ भदौ-नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा शुक्रबार सँझ बिष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो...