उद्योग संगठन मोरङको नवनिर्वाचि कार्यसमितिको पदस्थपान

 न्यूज विराट
उद्योग संगठन मोरङको नवनिर्वाचि कार्यसमितिको पदस्थपान

विराटनगर । उद्योग सङ्गठन मोरङको नवनिर्वाचित कार्यसमितिहरूको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । ५० औँ साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूको शनिबार पदस्थापना भएको हो ।

सो क्रममा निर्वाचन समितिका संयोजक सूर्य विमलीले अध्यक्षलाई तथा अध्यक्षले अन्य पदाधिकारी र सदस्यहरूलाई पद तथा गोपनियताको शपथ गराएका थिए । संगठनको अध्यक्षमा राकेश सुराना निर्विरोध निर्वाचित भएका छन् ।

२६ औँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा नन्द किशोर राठी, वित्तीय उपसभापतिमा राजकुमार गोल्छा, कृषि, ऊर्जा र जलश्रोत उपसभापतिमा भोलेश्वर दुलाल र रोजगार उपाध्यक्षमा विपिन कावरा पनि निर्विरोध चुनिएका छन् । त्यसै गरी कोषाध्यक्षमा सुबोध कोइरालासहित आठ जना सदस्य पनि निर्विरोध छानिएका छन् ।
त्यसै गरी सदस्यमा पारस लुनिया, इन्द्र खत्री, सौरभ सारडा, सुरेन्द्र गोल्छा, सुजन प्याकुरेल, दीपककुमार अग्रवाल र वीरेन्द्र राठी चुनिएका छन् । कार्यसमिति थप तीन जना सदस्य अध्यक्षले मनोनीत गरेका छन् । जसमा प्रतिभा रिजाल, जयन्त शर्मा र सिद्धार्थ काभरा रहेका छन् ।
सङ्गठनमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने परम्परा भए पनि निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका सुपारी कारोबारमा विवादमा मुछिएपछि उनले उम्मेदवारी नदिँदा कार्यसमितिका सबै पदाधिकारी र सदस्य निर्विरोध चुनिएको थियो ।
२०२४ सालमा स्थापना भएको यो संस्थाको संस्थापक अध्यक्ष जुद्धबहादुर श्रेष्ठ हुन् । यो सङ्गठनमा सुनसरी मोरङ औद्योगिक क्षेत्रका २ सय ३५ उद्योग तथा प्रतिष्ठान आबद्ध छन् ।

सम्बन्धित समाचार

बुढानीलकण्ठ स्कुलमा आर्ट एन्ड क्राफ्ट प्रदर्शनी

विराटनगर । विराटनगर २ स्थित बुढानीलकण्ठ माध्यमिक विद्यालयमा सोमबार शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षाफल वितरणको अवसरमा चित्रकला तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । विगत ४१ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले...

दक्षिण कोरियाले दियो किमको अवस्थाबारे जानकारी

एजेन्सी, बैशाख १५-दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनका वरिष्ठ सुरक्षा सल्लाहकारले उत्तर कोरियाका नेता किम जोङ उन स्वस्थ र जीवित रहेका जानकारी दिएका छन् । नेता किमको स्वास्थ्यका बारेमा अनेक अट्कलबाजी भइरहेका बेला दक्षिण कोरियाले...

ताप्लेजुङको सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो नियन्त्रणमा आएन

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ स्थित कात्तिके सातपाखा सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । क्रमशः आगो फैलिँदै गएपछि मानव बस्तीहरू जोखिममा परेको उक्त सामुदायिक वनका अध्यक्ष श्रीप्रसाद घिमिरेले जानकारी दिए । 'अचानक आइतबारदेखि...

कोरोनाबाट उपत्यकाका ६ सहित एकै दिन १६ जनाको मृत्यु

काठमाडौं, ५ असोज-पछिल्लो २४ घण्टाको अवधिमा १६ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ महिला र १३ पुरुष गरी थप १६ संक्रमितको निधन भएको...

हत्या आरोपमा श्रीमती र उनका प्रेमी पक्राउ

धनुषाको शहीदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमतीसहित उनका एक पुरुष मित्रलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–३ का ६० वर्षीय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र सोही नगरपालिका वडा नम्बर ७ बस्ने...

तेली समाजको संगठन विस्तार, विराटनगरमा युवा कमिटि र बेलबारीमा समाज गठन

विराटनगर । तेली समुदायका युवाहरुले तेली युवा कल्याण समाज मोरङ गठन गरेका छन् । विराटनगरमा शनिबार बसेको तेली युवाहरुको भेलाले समाज गठन गरेको हो । यसअघि तेली कल्याण समाज रहेको थियो । उक्त समाज अन्र्तगत...

’फरार’ सिद्धबाबाले गरे आत्मसमर्पण

काठमाडौं, फागुन २०–उच्च अदालत, बिराटनगरले आफूलाई थुनामा पठाउने आदेश दिने छनक पाएपछि फरार भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । आफ्नै अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका गिरीले जिल्ला अदालत, सुनसरीमा मंगलबार आत्मसमर्पण...

अग्नी नियन्त्रक र चालक सम्मानित

विराटनगर । पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अग्नी नियन्त्रक र चालकलाई सम्मान गरेको छ । विराटनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा अग्नी नियन्त्रक रमेश मेहता, प्रकाश कोइराला र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्