विराटनगर । ‘भोलीदेखि कार्यालय बन्द गर्छु म कारबाहीमा जान्छु जे सुकै गर्नुहुन्छ गर्नु लु,’ सहकारीका वचतकर्ताले दबाब दिएपछि अध्यक्ष रामबहादुर घिमिरेले वचतकर्तालाई उल्टै धम्की दिए । विराटनगर–९ स्थित ट्राफिक चोकमा मुख्य कार्यालय रहेको धरणीधर बहुमुखी सहकारी संस्थामा केही महिनायता वचत फिर्ता माग्ने वचतकर्ताको भीड थियो । आज दिन्छु, भोली दिन्छु भन्दै थुमथुमाएका अध्यक्ष घिमिरेलाई बुधबार भने निक्कै सकस पर्यो । ‘वचत माग्न आएका तीन जनाले सामान उठाएर लगेको सुुनेको छु,’ अध्यक्ष घिमिरेले भने ।
उक्त सहकारीमा ३ हजार ५ सयबढी बचतकर्ता छन् । उनीहरुले २ करोड ५० लाख बचत गरेको अध्यक्ष घिमिरेले बताए । ‘सहकारीमा ३ हजार ५ सय वचतकर्ताको २ करोड ५० लाख वचत फिर्ता दिनुपर्नेछ,’ घिमिरेले भने, ‘ऋण लगानीमा साढे ५ करोड छ । अहिले व्यवस्थापक नभएको कारणले अरु हिसावको एकिन गर्न सकिएन ।’ वचतकर्ताले घेरिएपछि अध्यक्ष घिमिरे र सहकारीका एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नुअघि संचारकर्मीसँग कुरा गर्दै घिमिरेले सहकारीका मेनेजर तीन महिनादेखि कार्यालय छोडेर हिंडेको कारण समस्या भएको बताए । ‘हिसाव फरफारक गर्नका लागि रजिष्टार कार्यालयबाट समिति निर्माण भएको छ र हिसाव हेर्ने काम भइरहेको छ । पहिले हिसाव छानविन नगरिकन राष्ट्रिय सहकारी बैंकले पैसा रिलिज नदिएको कारणले पनि वचत फिर्ता दिन समस्या भयो । रिसाएर, जंगिएर र तातिएर हुने केही होइन,’ उनले भने, ‘मुलुकमा आर्थिक तरलता छ । यस्तो अवस्थामा पनि हामीले वचतकर्तालाई केही रकम फिर्ता गरिरहेका थियौं । पाउनु पर्ने भुक्तानी पनि बैंकबाट रोक्का भएको कारणले फिर्ता दिन नसकेको हो ।’
उनले सहकारीका मेनेजर लोचन राईले ३५ लाख भन्दा बढी पैसा हिनामिना गरेको र घर बेचेर दिन्छु भनेको पनि सुनाए । ‘हामीले समयमै बचत फिर्ता दिन नसक्दा दुःख लागेको छ,’ उनी भन्छन्, ‘भोलीको कुरा के हुन्छ हेरौं ।’ सहकारीका वचतकर्ता विराटनगरका भागवत नेपालले सहकारी परिवारले चलाएको कारण समस्या भएको बताए । ‘यो सहकारी अध्यक्षको एकलौटी हो । उहाँका छोरा, बुहारी राखेर चलाएका थिए । सहकारीमा २५ जना मान्छे फरकफरक चाहिन्छ । तर, यहाँ कागज मात्रै भेला गरिएर सहकारी गोजीको बनाइयो,’ उनले भने, ‘हामीले वचत संकलनमा गएका वचतकर्तालाई तुरुन्ता–तुरुन्तै दिएको पैसा फिर्ता पाउन किन ढिलो भयो । व्यवस्थापक लोचन राईलाई देखाएर संचालक समिति पन्छिन पाउँदैन । वचतकर्ताको पैसा जरी पनि संचालक समितिले अध्यक्षले दिनुपर्छ ।’
सहकारीमा वचत लिन आएका केही व्यक्तिले भने कप्युटर, प्रिन्टर र बस्ने टुलहरु लिएर हिंडेका छन् । ‘सर्वसाधरणले सहीछाप गरेर कम्प्युटर, प्रिन्टर तथा केही टुल्सहरु लिएर हिंडेका छन्,’ वचतकर्ता अनिल श्रेष्ठले भने । उक्त सहकारीको संचालक समितिका उपाध्यक्ष सूर्यबहादुर कार्की, सचिव लालसुन्दर राई, सदस्यहरु राजेन्द्र थापा, शुभद्रा कुमारी भट्टराई, विक्रम कार्की र नीरा सुवेदी हुन् । गत जेठ ५ गते सोमबार बसेको सहकारीको संचालक समितिको बैठकले वचतकर्ताको रकम फिर्ता गर्न सबैले सहयोग गर्ने निर्णय गरेको थियो । यस्तै उक्त सहकारीको शाखाहरु बेलबारी र नेताचोकमा समेत रहेको छ ।
विराटनगर । भ्रष्टचारीलाई कारवाहीको माग राख्दै विराटनगरमा प्रर्दशन गरिएको छ । भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था विराटनगर मोरङले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी प्रदर्शन गरेका हुन् । भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन गरी दोषीलाई...
एजेन्सी, जेठ २८-अफ्रिकी राष्ट्र बुरुन्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण राष्ट्रपति कुरुन्जिजाको सोमबार निधन भएको जनाइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका उनको सुरुमा स्वास्थ्यमा...
पोखरा, १९ जेठ-पोखरामा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । स्याङ्जा फेदीखोला गाउँपालिका खहरेका खड्कबहादुर कार्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भारतबाट आएर फेदीखोला गाउँपालिकाले बनाएको...
सर्लाही, ७ असोज-कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदुरी गर्न फेरि भारत जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरू भारततर्फ जान लागेका हुन् । खुला सीमा...
म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका ६ सयभन्दा मानिसलाई बुधबार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । ‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौँ,’...
विराटनगर, २९ कात्तिक । ओखलढुङगामा बोरोले दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । ओखलढुङगाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा सोमबार बिहान दुर्घटना हुँदा सद्धिचरण नगरपालिका–१० की ३५ बर्षीया मिठुमाया मगर,...
विराटनगर, ४ वैशाख-प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शैक्षिक कार्यक्रम सञ्चालनमा संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गर्न आवश्यक रहेको बताएका छन् । संघीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा काममा दोहोरोपना आउने गरेको उनले...
विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षतामा पुन : जीवन काफ्ले निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको सहकारीको २६ औँ बार्षिक साधारणसभाले काफ्ले निर्विरोध रुपमा दोस्रो कार्यकालको लागि अध्यक्षमा...