मिस्टर एण्ड मिस लिटल कोशीको भव्य तयारी, पहिलो अडिसन जेठ १३ गते हुँदै

 न्यूज विराट
मिस्टर एण्ड मिस लिटल कोशीको भव्य तयारी, पहिलो अडिसन जेठ १३ गते हुँदै

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । बालवालिकाहरुलाई सीप र संस्कारसहित नेतृत्व विकास गर्ने उद्देश्यले मिस्टर एण्ड मिस लिटर कोशी छैठौ संस्करणको हुन लागेको हो ।

जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिताको पहिलो अडिसन जेठ १३ गते हुने भएको छ । पहिलो अडिसन विराटनगर, सुनसरीको इटहरी र धरानमा हुनेछ ।

‘यस पटकको प्रतियोगिता विगतको भन्दा फरक र भव्य रुपमा हुनेछ,’ जय मिडिया मेनेजमेन्ट प्रालिका डाइरेक्टर जय राज रायले भने, ‘विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुबाट छनौट भएका बालवालिकाहरुलाई प्रशिक्षण दिनेछ । जहाँ बालवालिकाहरुको क्षमतिा अभिवृद्धी गर्नेदेखि उनीहरुलाई सीप र संस्कारको ज्ञानहरु पनि सिकाइनेछ ।’

साथै बालवालिकाहरुलाई नृत्य, सरसफाई, शिक्षाको महत्व, वाक कला जस्ता अतिआवस्यक विषयमा विज्ञहरुबाट विशेष कक्षाहरु पनि दिइने जय मिडिया मेनेजमेन्ट प्रालिका सिइओ निशा खतिवडाले बताइन् ।

प्रतियोगिताको विजेताले जनही ३०–३० हजार रुपैयाँको साथै जय मिडिया मेनेजमेन्ट प्रालिको ब्यानरमा निमार्ण हुने नेपाली चलचित्रमा बाल कलाकारको भूमिकामा पनि खेल्न पाउने भएका छन् ।

सम्बन्धित समाचार

गठबन्धनकै सरकार बन्छ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनमा पार्टीको लोकप्रिय मत घटेको विषयले कांग्रेसको साख गिरेको बताएका छन् । विराटनगरमा मंगलबार कांग्रेस नेता गुरूराज घिमिरेले लेखेको ‘बाटो विराएको राजनीति’ नामक विचार संग्रह विमोचन कार्यक्रममा पपुलर...

लकडाउनकैबीच पूर्वगुप्तचर कधिमी बने इराकका नयाँ प्रधानमन्त्री

एजेन्सी, बैशाख २७-आर्थिक संकट र कोरोना भाइरसको संक्रमणसँग जुझिरहेको इराकको संसदले एक महिनासम्म चलेको तानातानपछि नयाँ सरकारलाई आफ्नो समर्थन दिएको छ । गत बुधबार भएको मतदानपछि पूर्व गुप्तचर अधिकारी मुस्तफा अल कधिमीले नयाँ प्रधानमन्त्री पदको...

कोशी प्रदेश टी– १० क्रिकेट : विराटनगर स्पोर्टिङको लागातार तीन जित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर स्पोर्टिङ क्बलले लगातार तीन जित निकाल्दै ६ अंक जोडेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बिहीबार भएको एलिट क्रिकेट क्लबसँग ६३...

आर्मी हुँ भन्दै ठग्ने कारागार चलान

आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ । उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर...

२४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु

काठमाडौं, ६ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट ६ वर्षीया बालिकासहित ९ जनाको निधन भएको छ । शुक्रबार एकै दिन ११ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो । शनिबारको कोभिड-१९ सम्बन्धी नियमित...

अमेरिका, इटाली, स्पेन, फ्रान्स र बेलायतमा मात्र ८४ हजार २ सय २८ को मृत्यु

संसारमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार २ सय ४७ पुगेको छ भने १८ लाख ५३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । विश्वका शक्तिशाली देशहरुमा नै मृत्यु हुनेको संख्या अधिक छ...

प्रधानमन्त्री ओलीका पक्षमा इलाममा पनि प्रदर्शन    

इलाम, २४ असार -प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा इलाम बजारमा आज जनप्रदर्शन गरिएको छ । अनेरास्ववियु इलामको अगुवाइमा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो । ‘आज हैन भोलिलाई, अबको पाँच वर्ष ओलीलाई’ भन्ने नारासहित...

विराटनगरमा एसईइ फुटबल प्रतियोगिता हुँदै, मोरङ र सुनसरीका ४५ विद्यालयको सहभागी हुने

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको एसईइ अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा विराटनगरमा असार ३० गतेदेखि उक्त प्रतियोगिता सुरु हुने भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्