‘हाफ म्याराथन’ प्रतियोगितामा रावल र विष्ट प्रथम

 न्यूज विराट
‘हाफ म्याराथन’ प्रतियोगितामा रावल र विष्ट प्रथम

विराटनगर । ‘विराट–बर्जु हाफ म्याराथन’ प्रतियोगितामा नेपाली सेनाका नरेन्द्र सिंह रावल प्रथम बनेका छन् ।
म्याराथन धावक सिंहले निर्धारित मोरङ विराटनगरको विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पार गर्दैं प्रथम बनेका हुन् ।

उक्त म्याराथनको दोस्रो स्थान पनि नेपाली सेनाका सुशील कुमार शाही भए । उनले १ घण्टा १८ मिनेटमा २३ किलोमिटर दूरी पार गरेका थिए भने तेस्रो स्थानमा भने वैतडीका म्याराथन धावक मोहनदेव जोशी बने । उनले उक्त दूरी १ घण्टा १८ मिनेट ३३ सेकेण्डमा पुरा गरेका थिए ।
यस्तै चौथोमा नेपाली सेनाका होमलाल श्रेष्ठले १ घण्टा १९ मिनेट ३९ सेकेण्डमा, पाँचौं स्थानमा नेपाली सेनाकै श्रीकाश राईले १ घण्टा १९ मिनेट ५१ सेकेण्डमा र छैटौं स्थानमा सशस्त्र प्रहरीका किरणसिंह बोगटीले १ घण्टा २० मिनेट ५ सेकेण्डमा पुरा गरे । प्रतियोगितामा पुरुषतर्फ प्रथम रावलले १ लाख रुपैयाँ, द्वितीय हुने शाहीले ७५ हजार रुपैयाँ, र तृतीय हुने जोशीले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । चौथो, पाँचौं र छैटौं हुनेले सान्त्वना स्वरुप जनही १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेका छन् । पुरुष तर्फको यो प्रतियोगितामा १०१ जनाले प्रतिस्पर्धा गरेका थिए ।


महिलातर्फ नेपाल प्रहरीकी रेखा विष्ट प्रथम
यसैबीच महिलातर्फको ५ किलोमिटर म्याराथनमा नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भएकी छिन् । उनले १९ मिनेट ४ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । दोस्रो स्थानमा सशस्त्र प्रहरीकीे सिमा थारु चौधरी भइएन् । उनले उक्त दूरी पार गर्न १९ मिनेट ११ सेकेण्ड लगाइन् ।
यस्तै नेपाल प्रहरीकी तिर्सना कुमालले सोही दूरी १९ मिनेट ३५ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हासिल गरिन् भने २० मिनेट १६ सेकेण्डमा उक्त दूरी पार गर्दै विराटनगरकी अंशु मण्डलले चौथो स्थान प्राप्त गरिन् । प्रतियोगिताकी प्रथम खेलाडी रेखा विष्टले २५ हजार, द्वितीय हुने चौधरीले २० हजार र तृतीय कुमालले १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेकी छिन् । कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजना गरेको प्रतियोगितामा २९ जना महिला सहभागी थिए ।
उक्त म्याराथनको कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले आज बिहान उद्घाटन गरेका थिए । खेलकुद पर्यटनको माध्यमबाट कोशी प्रदेशको राजधानी वरपरका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको हो । मन्त्रालयले ‘खेदकुद पर्यटन प्रवद्र्धन, विराट–बर्जु हाफ म्याराथन’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरेको हो ।
ऐतिहासिक विराट राजाको दरबार क्षेत्रलाई हिन्दू धर्मालम्बीहरुको महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न सकिने र त्यसबाट विशेष गरी भारतीय पर्यटकहरुलाई आकर्षित गरी नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ । बिहान विराटनगर १८ स्थित भेडियारीस्थित विराट राजाको दरबार क्षेत्रबाट सुरु भएको म्याराथन बर्जुमा पुगेर समापन भएको हो ।

सम्बन्धित समाचार

सुदूरपश्चिमका तेस्रो संक्रमित पनि कोरोनालाई जितेर घर फर्किए

धनगढी, १० वैशाख-सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भएका छन् ।सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आए पनि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो अस्पतालका प्रवक्ता...

कक्षा १२ काे परीक्षा दसैँअघि नै हुने

काठमाडाैं, १६ भदौ-कक्षा १२ काे परीक्षा दसैँअगाडि नै सञ्चालन हुने भएकाे छ । विद्यार्थीको शैक्षिक सत्रलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बाेर्डले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेकाे हाे । कक्षा ११ र १२ हेर्ने परीक्षा...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौं, १२ असार-नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार १ महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान...

फोनिज मोरङको अध्यक्षमा अनिल श्रेष्ठ निर्विरोध निर्वाचित

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको अध्यक्षमा अनिल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका २ हरियाली सामुदायिक वनमा शनिबार सम्पन्न भएको छैटौँ जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका...

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई एम्स कलेजको सम्मान

विराटनगर । विराटनगर ९ मा रहेको एम्स कलेजका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । त्रिभुवन विश्व विद्यालयले हालै प्रकाशित गरेको बि.एच.एम संकायकोे बिभिन्न सेमेष्टरको नतिजामा तीन जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका हुन् । एम्सकी विद्यार्थी...

हुम्लामा आरडीटी सुरु

हुम्ला, चैत ३०-हुम्लाको सदरमुकाम सिमकोटमा रहेको रानीवन क्वारेन्टाइनका २२ र अन्य क्वारेन्टाइनका ३ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरिएको छ । शनिबारदेखि सुरु भएको जाँचमा २५ जनाकै नेगेटिभ रिपोर्ट आएको रानीवन क्वारेन्टाइनका सूचना अधिकारी प्रजित...

लकडाउन खुकुलो भएसँगै इटलियन सिरी ए फुटबलको प्रशिक्षण सुरु हुने

एजेन्सी, बैशाख १५-कोरोना भाइरसको महामारीसँग ठप्प बनेको युरोपेली फुटबल पुनः सुरु हुने भएका छन् । कोरोना भाइरसका कारण गत फेब्रुअरीदेखि नै प्रभावित बनेको इटलियन सिरी ए का क्लबहरुले लकडाउन खुकुलो भएसँगै प्रशिक्षण सुरु गर्ने भएका...

डा. पाण्डेको ‘जीवनको अभिनन्दन’ विराटनगरमा विमोचन

विराटनगर, २९ असार । अग्रज साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्ध सङ्ग्रहको विमोचन गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । प्रदेश नम्बर १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्