कोशी हस्पिटमा पाए राईले नयाँ जीवन : तीन महिना अगाडीको मतिष्कमा जमेको रगत शल्यक्रिया गरेर निकालियो

 न्यूज विराट
कोशी हस्पिटमा पाए राईले नयाँ जीवन : तीन महिना अगाडीको मतिष्कमा जमेको रगत शल्यक्रिया गरेर निकालियो

विराटनगर । खोटाङ्गको जन्तेढुङगा गाउँपालिका – ६ का ६९ वर्षीया प्रताव सिंह राई रूखबाट लडेर तीन महिना अगाडी टाउँको चोट लागेको थियो । उनले स्थानीय स्वास्थ्य चौकीमा प्राथामिक उपचार गरेपछि घरमै बसे । भित्री चोट लागेकोले उनलाई बिस्तारै विरामले च्याप्दै गयो । पछि हात, खुट्टै चल्न छोडेर एक ठाउँबाट अर्को ठाउँसम्म जान नसक्ने भएर राई ओछ्यानमा थला परे ।

आर्थिक अवस्था पनि नाजुक भएकाले परिवारको सल्लाह अनुसार सरकारी हस्पिटलमा उपचार गर्न लैजाने निधो गरे । सोही अनुसार परिवारका सदस्यले राईलाई विराटनगरस्थित कोशी हस्पिटलको न्यूरोको ओपीडिमा १८ वैशाखमा लिएर आए । न्यूरो सर्जन डाक्टर चन्द्रप्रकाश यादवले विरामीको सिटी स्क्यान गरेर हेरेपछि लडेर लागेको चोटको कारण मतिष्कमा पुरानो रगत जमेको देखियो ।

न्यूरो सर्जन डाक्टर यादवको नेतृत्वको टिमले विरामी राईको मतिष्कमा जमेको पुरानो रगत १९ वैशाखमा शल्यक्रिया गरेर सफल उपचार गरेका छन् । ‘लामो समयदेखि मतिष्कमा रगत जमेको थियो । जमेको रगतलाई टाउँकोमा सानो दूलो बनाएर बाहिर झिकियो । यसलाई मेडिकल भाषामा बरहोल इभाकोसन अफ सव भन्ने गरिन्छ,’ न्यूरो सर्जन डाक्टर यादवले भने, ‘झण्डै दुई हप्ताको सफल उपचार पछि डिस्चार्जको तयारी गरिएको छ । अहिले विरामी मज्जाले हिडडुल र बोल्न सक्ने भएका छन् ।’ यसरी मतिष्कमा जमेको रगत चाँडै शल्यक्रियाको माध्यमबाट चाँडै झिक्नुपर्ने उनले बताए । ‘ढिलो भए विरामीलाई असर पर्ने गर्दछ,’ उनले भने ।

राईको स्वास्थ्यमा सुधार आएपछि हस्पिटलले सोमबार डिस्चार्ज गरेको छ । डिस्चार्ज गर्नुभन्दा अगाडी संचारकर्मीसँग कुराकानीमा आफुले नयाँ जीवन पाएको बताए । ‘बाचदीन जस्तो लागेको थियो । शौच पनि बसेकै ठाउँमा हुने गरेको थियो । एक ठाउँबाट अर्को ठाउँसम्म जान नसक्ने, एक पाटोको हात र खुट्टा पनि चल्दैन थियो । अब यतिकै थला परेर मर्ने भए भनेको विरामीलाई कोशी हस्पिटलको डाक्टरको टिमले मलाई पुनः जन्म दिएको छ,’ हर्षिद मुद्रामा देखिएका राईले भने, ‘अहिले मज्जाले हिडडुल गर्न सक्ने भएको छु । एक ठाउँबाट अर्को ठाउँसम्म कसैको साहार विना जान सक्ने भएको छु ।’ उपचारमा संलग्न डाक्टरप्रति उनी प्रतज्ञ छन् ।

कोशीको ओपीडिमा हप्ताको तीन दिन न्यूरो सर्जरीको सेवाहरु हुने गरेको छ । सोमबार, बुधबार र बिहीबार ओपीडिमा चिकत्सक यादव बस्ने गरेका छन् भने शल्यक्रिया हप्ताको दुई दिन हुने गरेको छ । शल्यक्रिया आइतबा र मंगलबार हुने गरेको अस्पतालले जनाएको छ ।

कोशी अस्पतालका निमिक्त मेसु डा रविराज सिंहले न्यूरो सर्जरीको सेवाहरु कोशीमा सफल उपचार भइरहेको बताए । सिमित दरबन्दी अनुसार चिकित्सकहरुले गुणस्तरीय सेवा प्रदान गरेको उनले बताए । २० वर्ष अगाडीदेखिको दरबन्दी अनुसार अहिले काम भइरहेको बताए । ‘त्यो बेला विरामीको चाप एकदमै कम थियो । त्यसबेलामा ओपीडमा ५ देखि ६ सय विरामी हुने गरेको थियो । अहिले दैनिक ओपीडिमा १५ सय देखि २ हजारसम्म विरामी आउने गरेका छन् । पुरानो दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरुले काम गरिरहेका छन् । अहिले ओएनम सर्वे भएको छ । यो सदर भएर आएपछि जनशक्ति थप हुनेछ । यसको लागि हामीले पहलकदमी गरिरहेका छौं,’ मेसु सिंहले भने ।

सम्बन्धित समाचार

सूर्य थापा भन्छन्, ‘स्वीस बैंकमा प्रधानमन्त्री ओलीको खाता छैन’

काठमाडौं, ३१ असार-प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर रहेको समाचारप्रति कुनै सत्यता नरहेकाे प्रधानमन्त्री सचिवालले जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बदनियतका साथ अत्यन्त भ्रामक,...

अपडेट : आगलागीमा परी थप एक जनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ...

कोशीको सत्ता राजनीति : मुख्यमन्त्री पाए मात्रै राप्रपा नयाँ गठबन्धनमा जाने

काठमाडौँ — कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायकमध्ये एक मानिएको राप्रपासँग कांग्रेस र माओवादीका नेताहरूले चरणबद्ध छलफल गरिरहेका छन् । तर प्रदेशसभामा ६ सिट भएको राप्रपाले कांग्रेस(माओवादीको गठबन्धनसँग मुख्यमन्त्री आफूले पाउनुपर्ने सर्त अगाडि सार्न...

आज २ हजार ८ सय १७ जनामा कोरोना, मृतकको संख्या ११ सय नाघ्यो

काठमाडौं, २३ कात्तिक-गत २४ घण्टामा नेपालमा २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।  त्यस्तै, आज २...

प्याब्सन स्पोर्टस् मिट : भलिबल जुनियरको उपाधि मोरङ पब्लिकलाई

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्टस् मिट अन्र्तगत जुनियर छात्रातर्फको भलिवलको उपाधि मोरङ पब्लिक स्कुलले जितेको छ । सहिद मैदानमा आइतबार सम्पन्न भएको जुनियर भलिवल प्रतियोगिताको फाइनलमा सुन्दरहरैँचाको इन्द्रपुर नमुना स्कुललाई २५–२१ र २५–१७...

बिहान ७ देखि ९ र दिउँसो ३ देखि ७ बजेसम्म पसल खोल्न पाइने

सरकारले लकडाउनको बेला दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन पसल खोल्ने समय तोक्ने भएको छ ।नागरिक आवश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध चामल, दाल, तेल, दुध, पानी, तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २ पटक...

कोशी अस्पतालबाट एक जना कैदी फरार

विराटनगर । जिल्ला कारागार मोरङमा कैद भुक्तान गर्दै आएका एक जना कैदी उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका छन् । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय आर्यन मोहमद अहमद खान...

डाँका मुद्दामा १ वर्ष कैद सजाय पाएका व्यक्ति एकै दिनमा मुक्त

धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दिपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर १ वर्ष कैद सजाय भुक्तानका लागि २०७६ चैत्र ११ गते महोत्तरीको जलेश्वर कारागार पुगेका थिए । अदालतको फैसलाअनुसार यादव आगामी २०७७ चैत्र ११...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्