विविएस तेस्रो वर्षको नतिजा प्रकाशित : मेरिल्याण्डकी कृति बोहरा प्रदेश प्रथम भएको दावी

 न्यूज विराट
विविएस तेस्रो वर्षको नतिजा प्रकाशित : मेरिल्याण्डकी कृति बोहरा प्रदेश प्रथम भएको दावी

विराटनगर । त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको विविएस तेस्रो वर्षको नतिजा अनुसार विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजले उत्कृष्ट नतिजा ल्याएको छ ।

मेरिल्याण्डकी छात्रा कृति बोहराले ७७.८ प्रतिशत (डिस्टीङ्सन) अंक प्राप्त गरी प्रदेश प्रथम भएको कलेजले दाबी गरेको छ ।
त्यस्तै अर्की छात्रा सिम्रन कर्णले ७५.५ प्रतिशत (डिस्टीङसन) अंक ल्याई प्रदेशमा दोस्रो पोजीशन ल्याएको कलेजको भनाई छ । २ जना डिस्टीङ्सनसहित १९ जना प्रथम श्रेणी, २६ जना द्वितिय श्रेणी सहित मरील्याण्डका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।

मेरिल्याण्डकी छात्रा राजलक्ष्मी अग्रवालले पनि २०७७ सालको विविएस दोस्रो वर्षको परीक्षामा ७५.४० (डिस्टीङ्सन) प्रतिशत अंक ल्याई प्रदेश प्रथम भएकी थिइन । त्यसैगरि मेरिल्याण्डकी छात्रा सिम्रन अग्रवालले २०७८ सालको विविएस तेस्रो वर्षको परीक्षामा नेपालमै सर्वाधिक ८२.२ प्रतिशत अंक ल्याई नेपाल प्रथम हुन सफल भएकी थिइन् । त्यस्तै २०७४ सालमा रोहित कार्कीले विविएस चौथो वर्षमा ८४.३ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएका थिए । त्यस्तै २०६७ सालमा किन्जल पोखेलले त्रिभुवन विश्वविद्यालय टप गरि तत्कालिन प्रधानमन्त्रि डा. बाबुराम भट्टराईबाट गोल्डमेडल प्राप्त गरेका थिए । मेरिल्याण्ड प्लस टु, बीबीएस र सिए तिनै तहमा नेपाल प्रथम हुने कोशी प्रदेशको एक मात्र शैशिक संस्था हो ।

व्यवस्थापन शिक्षामा मेरिल्याण्ड उत्कृष्ट संस्था भएकाले विद्यार्थीहरुको पहिलो रोजाई पनि मेरिल्याण्ड नै पर्दछ । उत्कृष्ट अंक प्राप्त गर्ने कृति र सिम्रनले यहाँको शैक्षिक वातावरण र सहयोगि शिक्षकहरु हुनु नै हाम्रो सफलताको कारण बताएको बताए ।
व्यवस्थापन शिक्षामा २० वर्षको सफल इतिहास रचेको मेरिल्याण्ड कलेज कोशी प्रदेश र राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित रहेको छ ।

सम्बन्धित समाचार

मोरङका २ सय बढी पत्रकारको कोरोना बिमा

विराटनगर, जेठ ९–मोरङमा कार्यक्षेंत्र बनाएर काम गरिरहेका पत्रकारको परिवारसहित २ सय ५ जनाको कोरोना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखा र विराटनगरको सञ्चारकर्र्मी सञ्चार सहकारी संस्था र स्वयं बिमित व्यक्तिको सहकार्यमा १...

अज्ञात रोगबाट मृत्यु भएका महोत्तरीका १२ जनामा देखिएन कोरोना संक्रमण

महोत्तरी, २३ वैशाख-महोत्तरीको बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । ११ वैशाखदेखि आइतबारसम्म बर्दिवास-१२ र भङ्गाहा-६ र ७ मा मृत्यु भएका १२ मध्ये ३ जनाको कोभिड–१९ जाँच...

कोरोनाभाइरसको संक्रमणबाट १७ प्रहरीको मृत्यु

काठमाडाैं, १४ वैशाख-कोरोनाभाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन् । अधिकारीहरूले यस हप्ताको सुरुमा नै...

नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल

काठमाडौं, ७ साउन । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार परिसंघको १८औं वार्षिक साधारणभामार्फत उनी अध्यक्ष बनेका हुन् । अग्रवालले परिसंघमा परिष्ठ उपाध्यक्ष हुँदा इन्टरप्रेनर...

संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं, १७ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कमिटीको बैठकले सरकारले जारी गरेको नेपालको राजनैतिक नक्सालाई संविधानको अंग बनाउने प्रस्तावका...

वडा सदस्यकै अगाडी असईद्धारा निर्घात कुटिए चौलागाइ, खुट्टामा गम्भिर चोट

विराटनगर, बैशाख ९–मोरङको रतुवामाई नगरपालिका–५ मा वडा सदस्यकै आग्रहमा गोविन्दुर प्रहरी चौकीका इन्चार्जले एक व्यक्तिलाई निर्घात कुटपिट गरेका छन् । रतुवामाई नगरपालिका–५ स्थित रतिलाल टोलका ३६ वर्षिय टिकाप्रसाद चौलागाईलाई वडा सदस्य मोहनलाल दासकै अगाडी गोविन्दपुर...

२४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना पुष्टि

काठमाडौं, १६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजासर ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

भारतमा भुकम्पको झट्का

एजेन्सी, ६ साउन । भारतका अलग–अलग क्षेत्रमा बुधबार बिहान शक्तिशाली भुकम्पको झट्का महसूस गरिएको छ । राजस्थान, मेघालय तथा लद्दाखमा भूकम्प गएको हो । यी मध्ये राजस्थानको बीकानेरमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प मापन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्