मोरङ कारागारका कैदी बन्दी आन्दोलित

 न्यूज विराट
मोरङ कारागारका कैदी बन्दी आन्दोलित

विराटनगर ।  मोरङ कारागारका जेलर धुब्रप्रसाद कोइरालाको सरुवाको माग राख्दै यहाँका  कैदी बन्दी आन्दोलित भएका छन् । जेलर कोइरालाले  कैदी बन्दीहरुलाई  अनावश्यक दुःख दिने गरेको भन्दै उनीहरू सोमबारदेखि आन्दोलित भएका हुन् ।

बिरामी भएर उपचारमा जान खोज्दा जेलर कोइरालाले रकम माग्ने गरेको यहाँका कैदीबन्दीहरुको आरोप छ । उपचारका लागि जान समेत नदिने गरेकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरूको गुनासो छ । उनीहरूले  टाउकोमा कालो पट्टी बाँधेर कोइरालाविरुद्ध आन्दोलनमा उत्रिएका छन् । 

उनीहरूले ‘घुस खोर, भ्रष्ट्राचारी, कमिसन खोर जेलर चाहिँदैन, उपभोग्य बस्तु खरिद गर्न चौकीदारलाई बाहिर जान दिनपर्छ, मोरङ कारागारबाट भ्रष्ट्राचार जेलरको तत्काल सरुवा गर, कारागारभित्र आउने र कारागारबाट जाने उपभोग्य बस्तुमा जेलरले कमिसन माग्न पाइँदैन, उपचार गर्न जाँदा रकम माग्न पाइँदैन, लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका छन् । 

केही दिन अगाडी १२ जना कैदीबन्दीहरूले उपचारको लागि सहजीकरण गरिदिन माग राख्दै मानव अधिकार आयोग, नेपाल पत्रकार महासङ्घ कोसी प्रदेश सहित आधा दर्जन बढी निकायमा पनि पत्र पठाएका थिए ।  

यता मोरङ कारागारका जेलर कोइरालाले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए ।  उनले कारागार व्यवस्था ऐन २०७९ को दफा २२ अनुसार कैदी बन्दीलाई उपचारमा लग्ने गरेको बताए । उनले कैदी बन्दीलाई स्वास्थ्यमा समस्या देखिएको खण्डमा कोसी अस्पतालमा चेकजाँच हुने बताए । कैदी बन्दीको आफूखुसी जुनमा मन लागो त्यही जाने व्यवस्था नभएको उनले बताए ।  मोरङ कारागारमा सोमबारसम्म १ हजार ६३ कैदी बन्दी छन् । 

सम्बन्धित समाचार

अर्किड कलेजले गर्यो कक्षा १२ को विद्याथीलाई विदाई

विराटनगर । विराटनगर – १० मा रहेको अर्किड कलेजले कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई विदाई गरेको छ ।शनिबार एक गरी १६ औं ब्याचको विद्यार्थीहरुलाई विदाई गरेको हो । कलेजमा होटेल मेनेजमेन्ट, विज्ञान र व्यवस्थापक संकायका...

युवा उद्यमशीलता तालिममा महिलाको बाहुल्यता

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेका उद्यमशील वन्न चाहने युवा पुस्ताका लागि राष्ट्रिय लघु तथा घरेलु उद्योग प्रशिक्षण कार्यालय, काठमाडौंले एक हप्ते उद्यमशीलता विकास तालिम सुरु गरेको छ । एभरेष्ट आर्ट फ्यूजनको व्यवस्थापन एवम् संयोजन र पथरीशनिश्चरे...

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार

काठमाडौं, २९ साउन-प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीच लामो समयको संवादहीनता अन्त्य गर्दै बालुवाटारमा भेट भएको...

तोकियो पानीको मूल्य, १ बोतलको १६ रुपैयाँ

काठमाडौं, २६ साउन-व्यापारीले अब १ बोतल पानी बेच्दा १६ रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ बोतल पानीको अधिकतम मूल्य १६ रुपैयाँ तोकेको छ । बोतलको पानीमा प्रतिकार्टुन...

भारत–चीनबीच सीमा क्षेत्रमा तनाव, सीमा क्षेत्रमा थप सैनिक परिचालन

एजेन्सी, जेठ ८-भारत र चीनबीच सीमा क्षेत्रमा तनाव चुलिएको छ । लद्दाखस्थित सीमा क्षेत्रमा तनाव बढेपछि सैनिकको संख्यामा वृद्धि गरिएको छ । भारत र चीनका सेनाबीच दुई साताअघि झडप भएपछि दुई देशको सीमा क्षेत्रमा विवाद...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुईका दरले वृद्धि गरेको हो ।...

रेलमार्ग परियोजनाको काम अघि बढाउन पहल

विराटनगर, १ पुस–प्रदेश १ का सामाजिकविकास मन्त्रीजीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अबरुद्ध भएको रेलमार्गको परियोजना अघि बढाउन पहल सुरु गरेका छन् । मुआब्जाविवादका कारण लामो समयदेखि अबरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन उनले मन्त्रालयमा...

मोरङ ४ मा अमनलाल मोदीको अग्रता कायमै

विराटनगर । मोरङको क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले आफ्नो अग्रता बढाएका छन्। २ हजार १ सय ४४ मत खसेको मध्ये २ हजार १० मत सदर भएको मोरङ क्षेत्र नं. ४ का निर्वाचन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्