ग्रामथान गाउँपालिकाका कर्मचारी विवाहमा रमाउँदै, सेवा प्रवाहमा समस्या

 न्यूज विराट
ग्रामथान गाउँपालिकाका कर्मचारी विवाहमा रमाउँदै, सेवा प्रवाहमा समस्या

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अधिकांश कर्मचारीहरू विवाहमा जन्ती जाँदा सेवा प्रवाहमा समस्या देखिएको छ । गाउँपालिकाको योजना शाखाका पाँचौँ तहका कर्मचारी केदार त्रितालको विवाहमा ग्रामथान गाउँपालिकाका अधिकांश कर्मचारी जन्ती गएको कारणले सेवा प्रवाहमा समस्या देखिएको हो ।

गाउँपालिकामा ४० जना कर्मचारीको दरबन्दी रहेकोमा आज एक दर्जन कर्मचारी मात्र कार्यालयमा हाजिर छन् । ४० मध्ये करिब १० जना प्राविधिक रहेकोले उनीहरू फिल्डमा रहेका छन् । दुई दर्जन कर्मचारी विवाहमा जन्ती गएको पाइएको छ । करिब ६ वटा शाखामा जिम्मेवारी समालेका प्रमुख नभएको कारणले सेवा लिन गएका सेवाग्राहीले सेवा नपाएको गुनासो गरेका छन् ।

कार्यालय हाजिर नभई जन्ती जानेहरूमा लेखा अधिकृत सातौँ तहका निलेश सापकोटा, योजना शाखाका प्रमुख छैटौँ तहका टेकनाथ घिमिरे, शिक्षा शाखा प्रमुख छैटौँ तहका भीम प्रसाद न्यौपाने, सूचना तथा संचार प्रविधि अधिकृत सूचना शाखाका नारायण चौधरी, प्रशासन सहायक प्रशासन शाखा माला सापकोटा, वातावरण तथा विपत् व्यवस्थापन शाखाका नासु गोमा पौडेल, प्रशासन सहायक प्रशासन शाखाका सुशीला दाहाल, कम्प्युटर अपरेटर प्रशासन शाखा आशिष् श्रेष्ठ, कृषि प्राविधिक कृषि शाखाका सुरेन कुमार माझी, महिला तथा बाल बालिका शाखाकी लक्ष्मी धिताल रहेका छन् । उनीहरू जन्ती गएको बुझिएको छ । एकै पटक ठुलो संख्यामा कर्मचारी जन्ती जाँदा सेवा प्रवाहमा समस्या देखिएको स्थानीयले बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार साह पनि आज बिदा लिएका छन् । उनले छैटौँ तहका कर्मचारी बालकृष्ण ढकाललाई निमित्त प्रमुखको जिम्मेवारी दिएर विराटनगरमा जिल्ला समन्वय समितिको काममा आएको बताए । ‘गाउँपालिकाको कर्मचारीको आज विवाह हो । त्यही भएर धेरै साथीहरूले बिदा लिनुभएको छ,’ उनले भने, ‘तर, कार्यालयबाट सेवा प्रवाहमा कुनै कठिनाइ भएको छैन । धेरै कर्मचारी साथीहरू फिल्डमा पनि हुनुहुन्छ ।’

ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणावती देवी थारुले हाजिर चेक नगरेको कारणले कति कर्मचारी कार्यालय आए आफूलाई थाहा नभएको बताइन् । ‘आज गयल भएको कर्मचारीको आजको तलब कट्टा हुनेछ । कार्यालय कर्मचारी नभएको विषयमा आफूलाई पनि जानकारी भएन,’ उपाध्यक्ष थारुले भनिन्, ‘भोलिदेखि हाजिरदेखि कर्मचारी आए नआएको कडाइ गर्नेछु ।’ सेवा लिन आएका सेवाग्राहीलाई बन्चित हुन नदिने उनले बताइन् । ‘गाउँपालिकाको कर्मचारीको विवाह कारण आज थोरै कर्मचारी आएको अनुगमनपछि मैले पनि देखे,’ उनले भनिन्, ‘भोलिबाट यस्तो समस्याको अन्त्य हुनेछ ।’

सम्बन्धित समाचार

राजपा-समाजवादी एकतापछि प्रदेश २ मा उठ्यो मन्त्री फेरबदलको माग

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि प्रदेश २ सरकारमा रहेका पात्र परिवर्तनको माग उठ्न थालेको छ । नेताका कोटाको आधारमा मुख्यमन्त्री र मन्त्रीहरू बनेकाले जनताको चाहनाविपरीत कार्य भइरहेकाले काम गर्ने सशक्त...

कर्णाली प्रदेशमा लकडाउनका बेला ३१ जनाले गरे आत्महत्या

सुर्खेत, २८ वैशाख-कर्णाली प्रदेशमा लकडाउनको एक महिनामा ३१ जनाले आत्महत्या गरेका छन् । लकडाउन भएको ११ चैत्रदेखि हालसम्म ३१ जनाले आत्महत्या गरेका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लामा झुन्डिएर २५...

बसकाे झ्यालबाट हाम फाल्दा एक जनाकाे मृत्यु

इलामको गोदकमा अनियन्त्रित अवस्थामा रहेकाे बसकाे झ्यालबाट हाम फाल्दा साेही बसले किचिएर एक जनाकाे मृत्यु भएकाे छ । इलाम नगरपालिका–१० गोदकस्थित मेची लोकमार्गमा सोमबार राति १० बजेतिर याे घटना भएकाे हाे । ना ४ ख ६२४८...

प्रदेश १ मा सोमबार ६ संक्रमित थपिए, १५ डिस्चार्ज

विराटनगर, असार २२–प्रदेश १ मा सोमबार ६ जना पुरुषमा कोरोना संक्रमित थपिएका छन् । झापामा ४, खोटाङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा...

कालिकोटमा २०१ जनालाई क्वारेन्टाइनमा राखियो

सुर्खेत, वैशाख ११-कालिकोटमा बाहिरबाट आएका २ सय १ जनालाई क्वारेन्टाइन राखिएको छ । जिल्ला बाहिर अलपत्र रहेकालाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको हो । बाहिरी जिल्लाबाट कालिकोटमा बुधबार मात्र ३ सय ३३ जना भित्रिएको जिल्ला प्रशासन...

ओली-प्रचण्डको कुर्सीको नयाँ व्यवस्थापन

काठमाडौं, २० वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कुर्सी...

कमेडी च्याम्पियनको फिजिकल अडिसन सुरु, ६ फेब्रुअरीदेखि प्रसारण हुने

'कमेडी च्याम्पियन सिजन २' को फिजिकल अडिसन सुरु भएको छ । बुधबारदेखि निर्माण टिमले फिजिकल अडिसनको छायांकन सुरु गरेको हो । फिजिकल अडिसनको छायांकन चार दिनसम्म गरिनेछ । कमेडी च्याम्पियनको दोस्रो सिजनका लागि निर्माण टिमले...

साहित्य क्षेत्रमा प्रदान गर्ने तीन पुरस्कार स्थापना

विराटनगर । साहित्य क्षेत्रमा प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ । मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरबाट आयोजित पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रममा उक्त साहित्य–...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्