विराटनगर । भनिन्छ अबको युग व्यवस्थापनको हो । व्यवस्थापन विज्ञान मात्रै होइन कला पनि हो भनेर वेत्ताहरुले भन्दै आएका छन् । यही व्यवस्थापकीय विज्ञान र कला अनि यसका आधारभूत ज्ञान विद्यार्थीमा सञ्चारित गराउँदै आएको एक अब्बल शैक्षिक संस्था हो मेरिल्याण्ड कलेज ।
व्यवस्थापन शिक्षाका लागि उत्कृष्ट सूचीमा पर्दै आएको तथा विद्यार्थी र अभिभावकको पहिलो रोजाईमा पर्ने गरेको यो कलेज विराटनगर – ७ रंगेली रोडमा अवस्थित छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहेनती प्राध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो कलेज धेरैको पहिलो रोजाइमा पर्दै आएको छ ।
२०५९ सालमा स्थापित मेरिल्याण्ड व्यवस्थापन शिक्षामा एक अब्बल शैक्षिक संस्था बनेको प्रमाण एक से एक छन् । स्थापनाकाल देखिनै सधै टप टेनमा पर्न सफल मेरिल्याण्ड पढाई बाहेक अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहँदै आएको छ । व्यवस्थापन संकाय मात्र पढाई हुने मेरिल्याण्डमा प्लस टु, बिबिएस र सिए प्रोग्रामहरु छुटाछुट्टै अत्याधुनिक सुविधा सम्पन्न भवनमा भयरहित वातावरणमा पढाइ हुने गरेको छ ।
२०७८ सालमा कक्षा –१२ को परीक्षामा छात्रा दिया अग्रवालले नेपालमै सर्बाधिक ३.९६ जीपीए ल्याएर सर्वोत्कृष्ट हुन सफल भइन् । यसरी उत्कृष्ट नतिजा आएको कारणले मेरिल्याण्ड व्यवस्थापन शिक्षामा अब्बल सावित भएर नम्बर वान कलेज भएको प्रमाणित भएको छ । त्यस्तै बिबिएसतर्फ सिम्रन अग्रवालले तेश्रो र चौथो बर्षको त्रिभूवन विश्वविद्यालयले लिएको परीक्षामा उत्कृष्ट अंक ल्याएर नेपाल प्रथम भएकी थिइन् । त्यस्तै यसै वर्षको सिए आइकन द्वारा लिएकोे अन्तिम परीक्षामा मेरिल्याण्ड सिए एकेडमीकी छात्रा शालु अग्रवाल बोर्ड प्रथम भएकी छिन् । यसबाट पनि के प्रमाणित हुन्छ भने मेरिल्याण्ड मुलुकको उत्कृष्टमध्येको एक कलेज त हो नै, यसले विराटनगरलाई शैक्षिक हब बनाउन ठूलो योगदान पु¥याएको छ ।
उत्कृष्ट शैक्षिक वातावरण, कडा अनुशासन, समर्पणभावसहितका शिक्षक , एडेक्वेट क्यारियर डेभलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण मेरिल्याण्डका सफलताको सुत्र भएको प्रिन्सिपल लक्ष्मण ढकाल बताउँछन् । ‘एक उत्कृष्ट शैक्षिक संस्थाको मापन गर्ने माध्यम उक्त संस्थाबाट पास भएर गएका बिधार्थीहरु हुन्,’ प्रिन्सिपल ढकालले भने, ‘मेरील्याण्ड पढेर गएका विद्यार्थीहरुले देश विदेशमा हासिल गरेको सफलता नै हो । यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओहदामा पुगेका छन् । समयको माग अनुसारको शिक्षा, विद्यार्थीको उन्नयनको लागि सधै नयाँ योजना ल्याउनुले पनि मेरिल्याण्ड अग्रणी संस्था बन्न सकेको हो ।’ मेरिल्याण्डबाट पास भएर गएका विद्यार्थीहरु नेपालका उत्कृष्ट सूचीमा पर्ने सरकारी तथा प्राईभेट सबै बैंकहरुमा कार्यरत छन् । त्यस्तै आफ्नै व्यापार व्यवसाय गरेर बसेकाहरु पनि छन् । ‘उच्च शैक्षिक वातावरण रहेको र विद्यार्थीलाई करिअर डेभलपमेन्ट अवसरको प्रचुर सम्भावना रहेको यो कलेज हाल पनि काठमाडौं बाहिरका उत्कृष्ट कलेजमा पर्दछ,’ कलेजका प्रिन्सिपल ढकालले भने, ‘दक्ष, अनुभवी र सधैँ माया र हौसला दिने प्राध्यापक र शिक्षकहरु रहनु पनि यो कलेजको सफलता हो ।’
प्रिन्सिपल लक्ष्मण ढकाल
अहिले पनि मेरिल्याण्डबाट पास भएका विद्यार्थीहरु देश विदेशमा नाम राख्न सफल छन् । कलेजले विद्यार्थीलाई नियमित मूल्यांकन गरी वर्षभरी विशेष कोचिङको व्यवस्था गर्ने कलेजमा शतप्रतिशतसम्म छात्रवृत्तिको पनि व्यवस्था छ । गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण विराटनगरका मात्र नभएर पूर्व मेचीदेखि मधेश प्रदेशको जनकपुर, सिरहा, सप्तरी, वागमती प्रदेश र अन्य विभिन्न जिल्लाहरूका विद्यार्थीको रोजाई नै मेरिल्याण्ड बनेको छ ।
प्रशस्त भौतिक पूर्वाधार, सीसी क्यामरा जडित सुहाउँदो कक्षा कोठाहरूमा विद्यार्थी भयरहित वातावरणमा अध्ययन गर्दै आएका छन् । शुद्ध पिउने पानी, स्वस्थकर क्याफेटेरिया, विद्यालयले स्थानीय र टाढाका विद्यार्थीको सहजताको लागि कलेजको यातायातको व्यवस्था गरेको छ । दिनभरी अध्ययन गरेपछि गन्तब्यसम्म पु¥याउन कलेजमा १८ वटा बस रहेको छ । सुविधासम्पन्न अत्याधुनिक कम्प्यूटर ल्याब कलेजमा वर्षभरि नै विद्यार्थीहरुलाई निः शुल्क कोचिङको व्यवस्था पनि छ । निरन्तर शैक्षिक परामर्श, विद्यार्थीहरूमा भएका प्रतिभा प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलापहरूको साथै निरन्तर कृति विकास प्रशिक्षण मेरिल्याण्डका प्रमुख विशेषता हुन् । यसरी गुणस्तरीय शिक्षासँगै, समयसापेक्ष व्यवहारिक र रोजगारमुखी शिक्षा दिएको कारणले अभिभावक र विद्यार्थीको रोजाइमा मेरिल्याण्ड परेको कलेजका अध्यक्ष गुणराज ढुंगेलले बताए ।
मेरिल्याण्ड कलेज देरभरकै वेष्ट १० प्लस टु को सूचिमा परेको थियो । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् र हालको राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा हासिल गरेको शैक्षिक परिणाम, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता केन्द्रविन्दु नामक सञ्चार माध्यमले गरेको अध्ययन –अनुसन्धान गरेको थियो । सोही अनुसन्धानका आधारमा मेरिल्याण्ड उत्कृष्ट १० भित्र समेटिएको हो । कान्तिपुर पब्लिकेशनको एक दशकको मूल्याङ्कन र विभिन्न सरकारी तथा गैर सरकारी संस्थाको मुल्याङ्कनमा पनि मेरिल्याण्ड नेपालभरिका सात हजार भन्दा बढी शैक्षिक संस्थामध्ये सधैँ उत्कृष्ट दशमा पर्दै आएको छ ।
प्रत्येक बर्ष करिब नौ सय विद्यार्थी मेरील्याण्डमा भर्ना हुने गरेका छन् । अहिलेसम्म करिव १७ हजार विद्यार्थी प्लस टुमा र विविएसमा करिव २ हजार विद्यार्थी उतिर्ण गराउन सफल भएको छ ।
कोशी प्रदेश र मधेश प्रदेशका विद्यार्थीका लागि पहिलो रोजाई पनि मेरिल्याण्ड रहेको जनकपुरका श्याम महतोले बताए । व्यवस्थापन शिक्षा अब्बल कलेज भएका कारणले छोरालाई मेरील्याण्डमा पढाएको उनले बताए । विराटनगर शैक्षिक हब प्रमाणित भैसकेको र शैक्षिक हब बनाउन मेरिल्याण्डले खेलेको भूमिका समाजले उच्च मुल्याङ्कन गरेको कुरा जगजाहेर छ । ‘मेरिल्याण्ड कलेजले विद्यार्थीलाई महत्व दिने कुराले म अत्यन्त प्रभावित छु,’ जनकपुरबाट अध्ययनका लागि मेरिल्याण्ड आएकी आयुषा साहले भनिन् । त्यस्तै धनकुटाका अभिभावक किशोर राईले आफ्नो छोरीले स्कुलभन्दा राम्रो पढेको भन्दै खुसी व्यक्त गरे ।
विराटनगर, असार २३–मोरङको कटहरीमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम तथा न्युनिकरणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रम गरिएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेको प्रदेश निर्वाचन क्षेत्र विषेश कार्यक्रम अन्तर्गत विराटनगर न्युज मिडिया गु्रप...
विराटनगर, २४ फागुन । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जनालाई सम्मानित गरिएको छ । सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रुपमा कार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड...
विराटनगर, २९ कात्तिक । विराटनगरको सीमा क्षेत्रबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन् । आज विहान ११ बजे विराटनगर–१६ स्थित नेपाल–भारत सीमा नजिकैको दरैया बस्तीबाट गोरखाको शहिद गाउँपालिका–७ का २२ बर्षीय मनिष श्रेष्ठलाई प्रहरीले पक्राउ...
विराटनगर । कोशी प्रदेश सरकारको बेवास्ता कारण नाजुक बनेको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुको करार म्याद थप नभएको एक महिना भएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले काम गर्ने चिकित्सक...
विराटनगर । विराटनगर–४ एयरपोर्ट रोडस्थित तृष्णा केभिङ टेल्सले अत्यधिक नाफा खाएर सामान बिक्री गर्ने गरेको फेला परेको छ ।विराटनगर महानगरपालिकाको अनुगमन टोलीले अनुगमन गर्दा १७ रुपैयाँमा खरिद गरेको पिउने पानी ५० रुपैयाँसम्ममा बिक्री गरेको पाइएको...
एजेन्सी, बैशाख १०-भारतमा कोरोनाको संक्रमितको संख्या उच्चगतिमा वृद्धि भएको छ । पछिल्लो १ दिनमा मात्र भारतमा १ हजार ५ सय ४१ जना नयाँ संक्रमित देखिएका छन् । भारतमा हालसम्म २० हजार ८० जनलाई कोरोना पुष्टि...
संकटका बेला कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाएर आफ्नो व्यक्तिगत सामान ल्याउन सफल भएका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ५ करोड लगानी गरेर २० हजार थान थर्मल गन नेपाल भित्र्याएका...
विराटनगर । तिजको अवसरमा विराटनगर– ५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुलले डान्स प्रतियोगिताको आयोजना गरेको थियो । स्कुलमा अध्ययनरत नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीले प्रतियोगितामा भाग लिएको मन्टेश्वरी इन्चार्ज मेलिना ओलीले जानकारी दिइन् । प्रतियोगितामा...