विराटनगर । अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्माण गरिने भएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो ।
शिक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु र प्रगति तथा विविध किसिमका शैक्षिक सूचनाहरु सरोकारवालाहरुलाई सुसूचित गर्ने कोशी प्रदेशस्तरीय पत्रकार भेटघाट कार्यक्रम निर्देशक सुरेश जोशीले प्रदेश र स्थानीय स्तरमा शिक्षा सम्बन्धी सुधारको लागि आवश्यक सुझाव सङ्लकन गर्नुका साथै विद्यार्थी भर्ना , गुणस्तरी शिक्षा पहुंच, नमूना विद्यालय स्थापना लगायतका कार्य भएको जानकारी दिए ।
उनले विद्यालयमा स्यानटरी प्याड, भौतिक पूर्वाधार, कक्षा कोठा भित्र वहिर सुधार लगायतका विषयमा आवश्यक सुझाव सङ्कलन गरी कार्यान्वयन गर्ने दिशातर्फ अघि वढेको बताए । केन्द्रका प्रवक्ता रुद्र न्यौपानेले पहिलो पटक मोफसलमा यस प्रकारको कार्यक्रम गरेको जानकारी दिँदै सङ्घीय शिक्षा ऐन नआएकोमा सरोकारवालाकाहरुले चासो रहेको विचार व्यक्त्त गरे । उनले शिक्षक तालिमको पाठ्क्रमको ढाँचा निर्माण, सामग्री विकास ,मापदण्ड विकास एवं प्रमाणीकरण लगायतका कार्यहरु भएको बताए ।
स्थानीय तहमा कर्मचारीको अपर्याप्ता र क्षमता विकास, जिम्मेवारी तथा कार्यक्षेत्रको अन्यौलता, जनशक्तिको अभाव, नमूना विद्यालय, भौतिक निर्माण सुधार लगायतका केही विषयमा दोहोरो लगायतका समस्या रहेको उनले जानकारी दिए । शिक्षा विकास समन्वय इकाई विराटनगरका प्रमुख टङ्क प्रसाद गौतमले हालै सम्पन्न एसइई परीक्षामा चार सय नक्कली परीक्षार्थी पक्राउ गरी कानूनी अनुसार कारवाही गरेको जानकारी दिए ।
विसं २०७९ मा मुलुकमा आधारभूत शिक्षाको तह परा गर्ने दर ७७ दशमलव एक प्रतिशत रहेको छ भने पाँच देखि १२ वर्ष उमेरका विद्यालय बाहिर रहेका बालबालिहरु तीन दशमलव नौ प्रतिशत रहेको तथ्याङक प्रस्तुत गरिएको थियो ।
विराटनगर । विराटनगर–७ स्थित ग्रेडेड इङ्लिस मेमोरियल सेकेण्डरी स्कुलले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १० की छात्रा कृतिश्री थापा प्रथम भएकी छन् ।‘भाग्यभन्दा परिश्रम ठूलो’ विषयक वादविवाद प्रतियोगितामा पक्षमा आफ्नो तर्क राखेर थापा प्रथम भएकी...
विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ टे«ड एक्स्पोमा निःशुल्क दन्त परीक्षण स्वास्थ्यकर्मीहरुले स्वास्थ्य मापदण्ड पुरा नगरि उपचारमा गर्दै आएको पाइएको छ । शिविरमा आएका विरामीहरुको दन्त परीक्षण उपचारमा खटिने स्वास्थ्यकर्मीहरुले स्वास्थ्य मापदण्डको ख्याल नगरि...
विराटनग, ८ मंसिर–यो वर्षको उत्कृष्ट करदातातर्फको सम्मान जीवन विकास लघु वित्त वित्तिय संस्थालाई प्रदान गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको क्षेत्राधिकार भित्र पर्ने करदातामध्ये जीवन विकास लघु वित्तलाई नवौं कर सप्ताहको अवसरमा सम्मान गरिएको...
विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले गत कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ । सोमबार समितिका...
विराटनगर । विपद प्रतिकार्य योजनाका लागि विराटनगर महानगरले सुरक्षा निकायसहित सरोकारवालासित छलफल आयोजना गरेको छ ।महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा भएको छलफलमा शीतलहर, बाढीपहिरो, आगलागी, भूकम्पलगायत प्राकृतिक तथा मानव सिर्जित प्रकोपको प्रतिकार्यका लागि छलफल आयोजना...
खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन्...
विराटनगर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धीकुमार राजभण्डारीविरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता उद्धव चन्द्र घिमिर र उच्च अदालत विराटनगरका रजिष्ट्रार दिपेन्द्रबावु थपलियाले मन्त्री राजभण्डारीविरूद्ध उच्च अदालत विराटनगरमा अपहेलना मुद्दामा रिट...
काठमाडौं, साउन २६ । अरुलाई लोकतन्त्र र संसदीय व्यवस्थाको पाठ सिकाउने नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा सांसद् पदकै उपहास गरेको छ । माओवादी, जसपा र जनमोर्चासँग मिलेर कांग्रेसले आफ्नै सांसद्लाई रिसोर्टमा बन्धक बनाएर राखेको छ । शंकर...