उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिनुपर्ने सन्देश दियो : कोइराला
मङ्गलबार, १२ बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताए । उनले युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको उल्लेख गरे ।
“उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी छ । अब युवाहरूलाई अवसर दिँदै जिल्लादेखि स्थानीय तह हुँदै वडा र टोलसम्म संगठन गर्नुपर्ने देखिएको छ,” कोइरालाले भने, “मतदाता र युवाको मनोविज्ञान बुझ्न नसक्दा अहिलेको अवस्था आएको हो । अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्नै पर्छ ।”
नेता कोइरालाले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मत समीक्षा हुने बताए । उनले हारको दोष एकजनामाथि थोपरेर अरु उम्किने अवस्था नरहेको उल्लेख गरे । उनले भने, “हारको जिम्मेवारी सबैले लिनुपर्छ ।” नेता कोइरालाले प्राप्त जनमतलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको प्रस्ट पारे ।
त्यस्तै फरक प्रसंगमा नेता कोइरालाले देशको अर्थतन्त्र अत्यन्तै अफ्ठ्यारो अवस्थामा रहेको बताए । कोइरालाले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । “संसदीय दलको मिटिङमा अर्थमन्त्रीको कुरा सुन्दा देशको अर्थतन्त्र निकै जटिल अवस्थामा छ,” उनले थपे, “तर पनि उहाँले सुधारका लागि सबै किसिमका उपायहरू लगाइरहनु भएको छ ।” नेता कोइरालाले आर्थिक रुपमा नेपाल श्रीलंकाको बाटोमा अहिले नै नगएको प्रस्ट पारे । तर बेलैमा बुद्धि पु¥याएर अर्थतन्त्र सुधारका लागि लाग्नु जरुरी रहेको उनले औंल्याए ।
संखुवासभा, ४ असोज । भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका...
एजेन्सी, बैशाख ३१-स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोना भाइरसलाई परास्त...
विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले आज सोमबार शपथ लिँदै छन्, जहाँ अधिकांशले राष्ट्रिय कामकाजको भाषा नेपालीमा शपथ लिँदा पाँच जनाले भने मातृभाषा रोजेका छन् ।ज्येष्ठ सदस्य गयानन्द मण्डलले दिउँसो १ बजे प्रदेशसभामा...
विराटनगर । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै...
काठमाडौं, १८ माघ । सोमबार दोहोरो अंकले घटेको शेयरबजार परिसूचक नेप्से कारोबारको तेस्रो दिन मंगलबार १९.२९ अंकले बढेको छ । आज बजार बढेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेर ५४२.९० बिन्दुमा पुगेको छ । सोमबार २८७५.०५...
विराटनगर, १९ भदौ । मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) बाट पूर्वमन्त्री भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट सुनिल शर्माबिच प्रतिष्पर्धा हुने पक्का भएको छ । सो क्षेत्रबाट एमालेले ढकाल र शर्मालाई...
विराटनगर, १३ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर, साउन ८–प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ५ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार एक प्रहरी अधिकृतमा कोरोना संक्रमण संक्रमण पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप ४ जनामा...