विराटनगरका सबै वडामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

 न्यूज विराट
विराटनगरका सबै वडामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ ।

महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत महानगरका १९ वडामा नागरिकको चापअनुसार आगामी असार मसान्तसम्म विवरण संकलन गर्ने कार्य सञ्चालन हुनेछ ।

नगर क्षेत्रमा यही शुक्रबारदेखि सुरु हुने परिचयनपत्र विवरण संकलन गर्ने कार्य प्रत्येक वडाहरुका दुईदेखि तीन स्थानमा गर्नका लागि आवश्यक जनशक्तिलाई तालिम तथा अभिमुखीकरण सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । मोरङ जिल्लाको १७ पालिकामध्ये यसअघि नै १६ पालिकामा परिचयपत्र विवरण अभियान सुरु भैसकेको छ ।

मेयर कोइरालाले स्थानीय पालिकाले पाउने अधिकारअन्तर्गत राष्ट्रिय परिचयपत्र नागरिकले आफ्नै घरआँगनमा सहज ढंगले प्राप्त गर्नु उपलब्धिमूलक भएको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले नेपाली नागरिकताको आधारमा परिचयपत्रको विवरण संकलन गर्नुपर्नेमा जोड दिए । उनले बढीभन्दा बढी जनताले सहज र सरल रुपमा सेवा प्राप्त गर्ने गरी काम गरिने उल्लेख गरे ।

सो अवसरमा महानगरकी उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदराज पोखरेललगायतले राष्ट्रिय परिचयपत्र बिना झन्झट सहज रुपमा वितरण गर्ने प्रतिबद्धता जनाए । छलफलमा १९ वटै वडाका अध्यक्ष, सचिव, विभिन्न शाखा र महाशाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जिल्लामा चार लाख तीन हजार विवरण संकलन भएको जानकारी दिँदै जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक २५० नागरिकको विवरण संकलन गर्ने गरेको जानकारी दिए ।

सम्बन्धित समाचार

आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं, साउन २९ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग,...

जलेर चार बर्षीया बालिकाको मृत्यु

सिन्धुली फिक्कल-५ बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको छ । ओखलढुङगा मानेभञ्ज्याङ-६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाईगोठमा आज दिउसो १ बजे हातमा लाइटर बोकी...

कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ३१ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा ८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा चार महिला र चार पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट...

रोल्पा बम विष्फोट घटनाको अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं, १९ वैशाख-नेपाली कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे अवस्थामा रहेको बम बिस्फोटमा परी ४ अबोध बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार १ विज्ञप्तिमार्फत उक्त घटनाले...

तीन जना नगर प्रहरीलाई महानगरले हटायो, प्रहरी कुटने यादवलाई भने उन्मुक्ति

विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरी हवल्दार रमेश निरौलासहित तीन जना नगर प्रहरीलाई जागिरबाट हटाएको छ । नगर प्रहरीले विराटनगर ७ कोशी अस्पताल अगाडि स्नेहा फार्मेसीका संचालक तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई...

देउवाको बहुमत नपुग्दा प्रचण्ड माधवलाई तनाव

काठमाडौं, मंसिर २८ । नेपाल कांग्रेसको सभापतिकालागि भएको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत जुटाउन नसकेपछि सत्ता गठबन्धनमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तनावमा पर्नुभएको पाइएको छ...

अखिल नेपाल ट्रेड युनियनका उपमहासचिव रायलाई पृती शोक

विराटनगर । अखिल नेपाल ट्रेड युनियन महासंघ उपमहासचिब ओपेन्द्र कुमार रायलाई पृती शोक परेको छ । रायको ७२ वर्षीय बुवा रामजी राय अमातको १४ माघमा निधन भएको हो । रायतको तीन छोरा र बुहारीहरु रहेका...

विराटनगरको घरेलु मदिरा बनाउने भट्टीमा छापा, २ हजार लिटरबढी कच्चापदार्थ बरामद

विराटनगर । विराटनगर महानगरपालिका १२ नम्बर वडामा घरेलु मदिरा बनाउने भट्टीमा छापा मारेर ठुलो परिमाणमा रक्सी बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपेन्द्र पन्जियारको नेतृत्वमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्