विराटनगर । विराटनगरस्थित अरनीको कलेजले ५५ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ४८ जना विद्यार्थी र कलेजमा स्थापना गरिएको छात्रावृत्तिका ७ जना विद्यार्थीलाई कलेज परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो ।
अरनीको कलेजमा अध्यरत ६ जना विद्यार्थीले एमबीबीएसमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भएका छन् । यसैगरी बीडीएसमा तीनजना, बीएससी एग्रीकल्चरमा ७ जना, इन्जिनियरिङ्गमा २६ जना, बीपिएचमा ३, बीएससी एमएलटीमा एक जना र बीएससी नर्सिङमा दुई जना गरी अरनीको कलेज पढने ४८ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुने विद्यार्थीहरुलाई सम्मान गरिएको कलेजका प्राचार्य राजेश कार्कीले बताए ।
एमबीबीएसमा नाम निकाल्नेमा निराजन यादव, राजवेन्द्र कुमार रोय, सन्दिपकुमार मण्डल, शंसाक पराजुली, सुनिल कुमार यादव र राजेश कुमार महतो रहेका छन् । उनीहरुलाई जनही पाँच हजार रुैपैयासहित सम्मान गरिएको छ । यस्तै बीडिएसमा दिलिप पोखरेल, सजिल चौधरी र रीहा गौतम रहेकी छिन् ।
यसैगरी कलेजमा स्थापना गरिएको कोषबाट ७ जना विद्यार्थीलाई प्रदान गरिएको छ । दीवस थापाद्धार स्थापित सुरेन्द्र थापा र रीता थापा छावृत्तिबाट निर माया तामाङ्ग, विकेक रौनियारलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ । यस्तै विभसना किरण रेग्मी, मरिया सिलवाल, पियुष नेपाल र नितेश रौनियारलाई जनही पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको छ । निलहरि भण्डारी छात्रवृत्ति दीक्षा गुरूङलाई प्रदान गरिएको छ ।
सोही अवसरमा कलेजको मुखपत्र अरनीको नामको पत्रिका बिमोचन गरिएको छ । उक्त पत्रिकामा स्कुलका गतिविधी र विद्यार्थीको रचनाहरु समावेश गरिएको छ ।
विद्यार्थीहरुलाई सम्मान कलेजका प्रचार्य राजेश कार्की, कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड व्यवस्थापनका प्रदेश निर्देशक युवराज पौडलले गरेका थिए ।
काठमाडौं, २९ वैशाख-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद तथा छायाँ सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले आगामी आर्थिक वर्षको लागि साउनमा मात्रै पूरा बजेट ल्याउन आग्रह गरेका छन् । संक्रमितबाट पर्ने समस्या र क्षति न्यूनीकरणको उपायका...
काठमाडौं, २० चैत-नेपालमा थप १ जनामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएको छ । योसँगै नेपालमा ६ जनामा कोरोना भाइरस संक्रमण भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी अपडेट दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका...
विराटनगर, साउन ४–सप्तरीको सप्तकोशी नगरपालिकामा प्राबिधिक अनुगमन प्रभावकारी नहुँदा विकासे कामहरु गुणस्तरहित बन्दै गएका छन् । सप्तकोशी नगरपालिकाको वडा नं ४ र ११ मा बनेको पुल र कल्भर्ट क्वालीटि कन्ट्रोल र फितलो अनुगमनका कारण छोटो...
विराटनगर । विराटनगर महानगरपालिकाले अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका छन् । ९ देखि...
विराटनगर । नेकपा एमाले संसदीय दलका नेता तथा पुर्वमुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संविधान र कानुनको हुर्मत लिएर गैरसंवैधानिक रूपमा विश्वासको मत लिएको बताएका छन् । मुख्यमन्त्री उद्धव थापाले बैठकको सभाअध्यक्ष गरेका इस्राइल अन्सारी समेत मत...
काठमाडौं, २० वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकको समय सरेको छ । ४ बजे बस्ने भनिएको बैठक डेढ घण्टा पछि सारेर ५ बजेर ३० का लागि डाकिएको हो । नेकपाभित्र देखिएको विवाद समाधानका...
विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखी दिन आग्रह गरेका छन् ।नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान...
विराटनगर । प्रदेश १ का कृषिमा आधारित उद्यम लक्षित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ सञ्चालन हुने भएको छ । कृषिमा उच्च बृद्धि संभावना भएका उद्यमीले पाँच महिनासम्म एक्सिलरेटर कार्यक्रममा सहभागी गराउन आवेदन माग गरिएको हो ।...