विराटनगर । विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । आइतबार एक कार्यक्रम आयोजना गरी विराटनगर महानपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषिणा गरिएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको विशेष समारोहमा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरियो । विराटनगर महानगरपालिका कोशी प्रदेशमा रहेका स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको छ । विराटनगर महानगरपालिकामा १७ हजार ५०२ बालबालिकाहरुलाई खोप लगाइसकिएको छ । १७ हजार ५०२ बालबालिकाहरुमध्ये १ हजार ५९२ जना बालबालिकाहरु पूर्ण खोप लगाउनबाट छुटेका थिए । उनीहरुलाई घरघरमै पुगेर स्वास्थ्यकर्मीहरुले खोप लगाइसकेपछि मात्रै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । जिल्ला समन्व्य समिति मोरङका अध्यक्ष अजम्बर राईले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्दै मेयर नागेश कोइराला, उपमेयर शिल्ला निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई प्रमाणपत्र प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको बताए । विराटनगर प्रदेशको राजधानी र कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले पूर्ण खोप सुनिश्चितता भएको पालिका हुनु गौरवको विषय भएको चर्चा गरे । ‘आज विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको छ,’ उनले भने, ‘प्रदेशको राजधानी पनि यहीं भएकाले राम्रा कामको केही प्रतिशत जस हामीलाई पनि आउँछ । विराटनगरको विकासका लागि प्रदेश सरकारले सधैं सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’ डिजिटलाइज गरेर नयाँ जन्मिने बालबालिकाहरुको अभिलेख राख्नुपर्नेमा उनले सुझाव दिए । मेयर नागेश कोइरालाले सबैको साथ र सहयोगले नै विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्न सफल भएको बताए । कार्यक्रममा कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बू, संघीय सरकारका स्वास्थ्य सचिव डा. रोशन पोखरेल, जिल्ला समन्व्य समिति मोरङका अध्यक्ष अजम्बर राई, विराटनगर महानगरपालिकाकाकी उपमेयर शिल्ला निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, सुनसरीको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, बर्जु गाउँपालिकाका अध्यक्ष जिवछकुमार रायलगायतले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे ।
जन्मिएको १५ महिनाभित्र ७ पटकसम्म १३ प्रकारको खोप बालबालिकालाई अगाइसकेपछि मात्रै खोपको मात्रा पूरा हुने गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए । कार्यक्रममा विराटनगर वडा नम्बर १ का काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, ६ का हरिशचन्द्र सहनी, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, ९ का विश्वनाथ भगत, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र नेउपाने, १२ का हिरालाल कामत, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धव भुजेल, १७ का समिम कमर मिया, १८ का जितेन्द्रकुमार साह र १९ का श्याम घिमिरेलाई मेयर कोइराला र उपमेयर कार्कीले पूर्ण खोप सुनिश्चितता वडा भएको प्रमाणपत्र प्रदान गरेका थिए ।
विराटनगर । चिया पारखीहरूको लागि विराटनगरमा २५ बढी स्वादमा चिया पस्किने चिया वालाज् फेमिली क्याफे सञ्चालनमा आएको छ । नयाँ अवधारणका साथ विराटनगर ९ भानु टोलको कलेज रोडमा क्याफे सञ्चालनमा ल्याइएको हो । क्याफेमा साधारण...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आरडीटी विधिबाट गरिको परीक्षण्मा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको आरडीटी परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो । आरडीटी पोजिटिभ आएपछि पीसीआर परीक्षण गर्न उनको स्वाब मंगलबार राति...
विराटनगर, ५ भदौ । डेन्टल चिकित्सकहरूको संस्था नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. प्रेक्षा दली निर्वाचित भएकी छिन् । डा. प्रेक्षा गोलाप्रथाद्वारा निर्वाचित भएकी हुन् । विराटनगरमा शनिबार सम्पन्न भएको निर्वाचनमा डा. प्रेक्षा र उनकी...
वीरगञ्ज, १७ वैशाख-नेपालमा बुधबार थप ३ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका २ र पर्साका १ जनामा नतिजा पोजिटिभ देखिएको हो । आज कोरोना पोजिटिभ देखिएका संक्रमित भारतको दिल्लीमा...
काठमाडौं, २४ वैशाख-लक डाउनका कारण निर्माण कार्य स्थगित भएका आयोजनाहरु सुचारु हुन थालेका छन् । लक डाउनले निर्माण सामग्री ढुवानीमा समस्या भएपछि बन्द भएका कतिपय आयोजनाहरुको निर्माण कार्य सुरु भएको छ । लक लकडाउनपछि रोकिएका...
विराटनगर, चैत १८–प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का तीन दर्जन बढीको नमूना संकलन गरिएको छ । आज सम्ममा १० महिला सहित ४६ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १...
काठमाडौं, १२ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गरेका छन् । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहेका इस्लाम समुदायका...
काठमाडौं, १८ साउन । नेपालमा थप ३ हजार १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...