सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० आयोजना हुने, पहिलो कार्यक्रम सोमबार बिराटनगरमा
आइतबार, ०३ बैशाख, २०८०,
न्यूज विराट
बैशाख ३, काठमाडौँ । सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा आगामी वैशाख ४ गतेदेखि कोशी प्रदेशबाट डिजिटल प्रदेश संवाद कार्यक्रम सुरू हुँदैछ । बिराटनगरको होटेल इस्टर्न स्टारमा आयोजना हुने कार्यक्रम दिउसो १ बजेदेखि संचालन हुनेछ ।
डिजिटल प्रदेश संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल हुनेछ । हरेक प्रदेशमा २ जना बिषय बिज्ञबाट कार्यपत्र प्रस्तुतिको कार्यक्रम रहेको छ भने प्रदेश सरकारका मन्त्रि र मुख्यमन्त्रिको सहभागितामा प्यानल सेसन संचालन हुनेछ ।
संवादमा सम्बन्धित प्रदेशको डिजिटल अवस्था, आगामी दिनमा लिनुपर्ने नीति तथा कार्ययोजना बारे पनि महत्त्वपूर्ण बहस हुने आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए । यस वर्ष ‘फोस्टरिङ डिजिटल्ली सक्षम प्रदेश’ नारा सहित आयोजना हुन लागेको संवाद कार्यक्रममा प्रदेश डिजिटल रुपान्तरणको कति सक्षम छ भन्ने बिषयमा केन्द्रित हुनेछ ।
गत वर्ष पनि आइसीटी फाउन्डेसन नेपालले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना गरेको थियो । यस वर्ष पनि वैशाख ४ गते कोशी प्रदेशको राजधानी विराटनगरमा डिजिटल कोशी संवाद आयोजना हुनेछ । त्यस्तै वैशाख ६ गते मधेश प्रदेशको राजधानी जनकपुरमा डिजिटल मधेस संवाद र वैशाख ८ गते बागमती प्रदेशको राजधानी हेटौडामा डिजिटल बागमती संवाद आयोजना हुनेछ ।
त्यसपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बैशाखको अन्तिम साता डिजिटल प्रदेश संवाद हुने जनाइएको छ । यस वर्ष गण्डकी प्रदेशको पोखरामा प्रदेश संवादको समापन हुने आयोजकले जनाएको छ ।
सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित एक पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ । आयोजकले ग्रान्ड प्रोग्रामको रुपमा जुन तेस्रो साता काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना गर्ने जानकारी दिएको छ । गत वर्षदेखि प्रदेश सहित कन्क्लेभ कार्यक्रम सुरु भएको थियो ।
सातै प्रदेशमा आयोजना हुने कार्यक्रम र सहभागिताको लागि www.digitalsamvad.org हेर्न सकिनेछ । सहभागिताको लागि आफ्नो नाम दर्ता गरेमा निशुल्क सहभागी हुने अवसर प्राप्त हुनेछ ।
काठमाण्डौ, २० असार । अहिले सेयर बजारमा आमसहभागिता निकै बढेको अवस्था छ । हाल रहेका ५० वटा ब्रोकर पर्याप्त नभएको भन्दै चौतर्फी रुपमा ब्रोकर संख्या थप्ने दबाब पर्न थालेको छ । आम चासोको विषय बनेको...
दैलेख, १ बैशाख-जिल्लाको पहिलो पत्रिका ‘धमाका’ले डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार यस वर्ष नमन शाहीलाई प्रदान गर्ने निर्णय गरेको छ । तत्कालीन द्वन्द्वका समयमा हत्यापछि शव बेपत्ता पारिएका पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन्सँगै परिवारलाई न्याय...
रुपन्देही, २३ जेठ-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुसी बजार खोल्दा कोभिड-१९ सङ्क्रमणको जोखिम बढ्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले अहिलेसम्म कोभिड-१९ समुदायस्तरमा नफैलिएका कारण आफूखुसी बजार खोल्दा संक्रमण फैलिए त्यसको जिम्मेवार को बन्ने...
काठमाडौं, १४ असार-महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ७६ हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या आइतबार...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडीए) कोशी प्रदेशको अध्यक्षमा विराटनगरका धनराज काफ्ले निर्वाचित भएका छन् । विराटनगर अस्पताल चोकमा रहेको एपोलो फार्मेसीका संचालन काफ्लेले झापा विर्तामोडमा रहेको ओसन मेडिकियर प्रालिका संचालक नगेन्द्रप्रसाद बराललाई २१...
विराटनगर, २ माघ । एकैपटक ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मालपोत कार्यालय विराटनगरको सेवा बन्द भएको छ । विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत ६ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको र अन्य कर्मचारीहरुमा...
एजेन्सी, जेठ २-चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आपसी सहकार्य गर्ने बिषयमा टेलिफोन वार्ता भएको छ । कोभिड–१९को रोकथाम तथा नियन्त्रणका क्रममा चीन र दक्षिण...
काठमाडौं, ८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।...